शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • नेपाली कांग्रेस बुढीनन्दा नगरपालिकाको सभापतिमा खड्का निर्बिराेध

नेपाली कांग्रेस बुढीनन्दा नगरपालिकाको सभापतिमा खड्का निर्बिराेध

  • आइतवार, अशोज १०, २०७८
नेपाली कांग्रेस बुढीनन्दा नगरपालिकाको सभापतिमा खड्का निर्बिराेध

बाजुरा — नेपाली कांग्रेस बुढीनन्दा नगरपालिको सभापतिमा डबल बहादुर खड्का निर्विरोध निर्बाचित भएका छन् । आइतवार नेपलाी कांग्रेस बुढीनन्नदा नगरपालिको दोस्रो अधिवेशन बाट खड्का निर्विरोध चयन भएका हुन ।
उक्त कार्य समितिमा सभापति डबल बहादुर खड्का रहने गरि ५७ सदस्यीय कार्य समिति गठन गरिएको मतदान अधिकृत नवराज देवकोटाले बताएका छन ।

मतदान अधिकृत देवकोटाले दिएको जानकारी अनुसार सभापतिमा डबल बहादुर खड्का, उपसभापतिमा डम्वर रोकाया, टेक बहादुर रोकाया,सचिवमा नवराज मल्ल,नन्दकला सार्की,कोषाध्यक्षमा पान्छा कार्की,सह–सचिवमा रामचन्द्र कार्की,ललीजंग भट्ट, गरि ५७ कार्य समिति गठन गरिको छ । जिल्लाका ९ वटै स्थानिय तहमा असाेज ९ गते देखी नै  अधिवेशन सुरु गरिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार