शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • गोल्फुटारमा वडा कार्यालयको शौचालयमा शव फेला

गोल्फुटारमा वडा कार्यालयको शौचालयमा शव फेला

  • आइतवार, अशोज १०, २०७८
गोल्फुटारमा वडा कार्यालयको शौचालयमा शव फेला

बूढानीलकण्ठ नगरपालिका– ८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए ।

उनका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले घटनास्थलमा आएर लास जाँच गरिरहको छ शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए ।

चर्चामा

सम्बन्धित समाचार