शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • धनगढीको नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु

धनगढीको नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु

  • आइतवार, अशोज १०, २०७८
धनगढीको नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु

धनगढी — धनगढीको नवजीवन अस्पतालमा तनाव सिर्जना भएको छ। अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव भएको हो। डोटीको शिखर नगरपालिका -६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो।

उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेका छन्। कल्पनाले जन्म दिएको शिशुलाई एनआईसीयूमा राखिएको अस्पतालले जनाएको छ। अस्पतालमा तनाव भएपछि प्रहरी परिचालन गरिएको छ।

अस्पतालका डा. निरज अर्यालले अत्याधिक रत्तश्रावका कारण सुत्केरीको मृत्यु भएको बताए। ‘नर्मल डेलिभरी भएको हो,’ उनले भने, ‘सुत्केरीको रगत ग्रुप पनि ए नेगेटिभ रहेछ। त्यो ग्रुपको रगत पाउनै मुस्किल भयो। हर प्रयास गर्दा पनि जेगाउन नसकिएकाे डा. अर्यालकाे भनाइ रहेकाे छ ।’

चर्चामा

सम्बन्धित समाचार