शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • प्रवाशी नेपालीहरु आज पनि अपहेलित छन!

प्रवाशी नेपालीहरु आज पनि अपहेलित छन!

  • आइतवार, अशोज १०, २०७८
प्रवाशी नेपालीहरु आज पनि अपहेलित छन!

सुरेशकुमार पान्डे — हुन त हामि नेपालीहरु आफ्नै देशमा पनि अपहेलित हुँदै आएकाछौ।मानिसहरुलाई कथित जातमा बांटेर एक आर्कामा दरार पैदा गरेर शामन्तिहरुले राजगर्दै आएका छन।कसैलाई पानी नचल्ने कसैलाई भात नचल्ने कथित ठुलो जातिले दलितहरु लाई तपाँई भनेर सम्मानजनक सम्बोधन गर्न नहुँने जस्ता कयौँ घृणित ब्यबहार हाम्रै देशको समाजमा हुँदै आएको त छँदैछ।अहिले देशमा गणतन्त्रत्मक ब्यबस्थाछ तर पनि जनतालाई खासै सुबिधा छैन।सम्बिधानमा समाबेसी र समाजवाद अनमुख सासन ब्यबस्था लेखिएपनि वास्तबमा ब्यबहार उस्तै पुरानो सामन्तवादी नैछ।त्यो देशभित्रको समस्याहो तर हामि परदेशमा बस्नेहरु खास गरेर भारतमा आ-आफ्नो परिश्रम गरेर बाँचेका हरुको बिचमा पनि थुप्रै समस्याहरुछन।जस्लाई सरकारले कुनैप्रकारले पनि सम्बोधन गर्ने प्रयात्न नै गर्दैन।जुन सरकार आए पनि भारतस्थित नेपालीहरुको कुनै सुनाई गर्दैन।यद्मापि हामी भारतमा बसेका नेपालीहरुले पञ्चायति ब्यबस्था देखि राष्ट्रीयता जनतन्त्र र जन जीवीकाको लागि शंघर्ष मात्र गरेकाछैनौ आर्थिक नैतिक र भौताक सहयोग गरेर लगातार देशमा चल्ने जनआन्दोलनलाई सहयोग गर्दै प्रत्यक्ष शंघर्षमा पनि भाग लिएकाछौँ।
भारतमा बसेपनि राष्ट्रीयताको पक्षमा लगातार आवाज भारतकै भुमि बाट भय पनि भारतले गर्दै आएको अतिक्रमण र स्वभिमान माथिको हस्तक्षेपको बिरुद्ध शंघर्ष गर्दै आएकाछौँ।
हामि नेपालीहरुको लागि दुबै देशबिचको कथित शान्ति तथा मैत्रि सन्धि अघोषित रुप बाट खारिज भैसकेको महेशुर्ष भयकोछ।त्यो मात्रहोईन लागुनै हुन नसकेको हामिले महेशुर्ष गरेकाछौँ।यदि सन्धि लागु हुन्थ्यो भने नेपाली नागरिकता प्रमाण पत्रले भारतमा आधारभुत आबस्याकता परि पुर्ति हुँनेथियो।हामि नेपालीहरुलाई भारतिय आधार कार्ड अँझ पान कार्ड बनाउँन पर्नेथिएन।त्यो बिन आज एउटा समान्य सरकारी होस्पिटलमा जोरो चेक हुँदैन।खाना पकाउँने एलपीजी पाईदैन त्यो मात्रै होईन किरायाम क्वाटर पाईँदैन।यो अबस्थामा हामिले जसरी तसरी त्यो डोकोमेन्ट हासिल गर्ने प्रयात्न गर्छौँ।उक्त मैत्रि सन्धिलाई सरकारले अध्यायन गरेर त्यसको मर्म बुझ्न सकेको भए साहिद सुगौलि सन्धिबाट कटेको भुभागको माग गर्थ्यो होला।तर त्यो सन्धि हाम्रो देशको लागि कतै लागुभयको देखिदैन।अनि त्यो मैत्रि सन्धिको के काम भयो।भारतले नेपाललाई फिजि बनाउँनको लागिनै त्यो सन्धि एकतर्फा कार्यन्वयन हुँदै आएकोछ।
अहिले फेरी मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधान मन्त्री शेरबहादुर देउवा लाई ज्ञापन पत्र बुझाएकाछन।हामिले त नयाँ नयाँ सरकार आउँछन अनि उनैलाई ज्ञापन दिने र उनको अगाडि दुखासो पोख्ने कार्य मात्र हुँने भयो।तर सरकारले ज्ञापन पत्र स्विकार गरेर रद्धिको टोकरीमा फ्याँकेर मस्त निन्द्रामा सुत्छ।पहिले पनि कयौँ पल्ट ज्ञापन दिंदै आएकाछौँ।तर ति सबै ज्ञापन पत्र डस्टबिनमा थन्किए।यो बिड्मबनानै हो भारत स्थित नेपालीहरुको संगठनले कयौँ समस्याहरु जो सरकारले गर्नुपर्ने थियो त्यो गर्दै आएकाछौँ।यदि भारतमा संगठन हुँदैनथ्यो भने आज नेपाली श्रमजीवीहरुको अबस्था कस्तो हुनेथ्यो हर कसैले अन्दाजा लगाउँन सक्छ।आज पनि नेपालीहरुको दर्दनाक अबस्थाछ भारतमा कोविडको खोप कयौं ठाउँमा मूल प्रवाहका कार्याक्रता हरुको पहेलमा लगाउँन मद्त गरेकाछन।बिना आधार काड भारतमा खोप समेत लगाउँदैनन् यस्तोमा नेपालीहरुको अबस्था कस्तोछ होला?वास्तबमा भन्नुपर्दा दयानिय बस्थामा नेपाली श्रमजीवीहरुछन।दिनौँ अकालमै मर्छन जस्को खोजबिन सरकारले गर्दैन।मर्यो आर्काको छोरा नेताहरुलाई कुनै सरोकारछैन।जीवन भरि नोकरी गर्छन अनि मर्छन काम गर्दा गर्दै पिन्सिनको लागि बिधुवाले दरदरको ठोक्कर खानुपर्छ।रिटायर्ड भएपछि पेन्शिन लिन भारतमा आउँनु पर्छ।आजको यो वैज्ञानिक युगमा पनि नेपालीहरुको यस्तो दर्दनाक अबस्थाछ।अनि हाम्रो लागि सरकार कालो आउसकी गोरो के मत्लब।पहिले ओलिलाई एमबेसीमा स्वगत गर्यौँ मिठा मिठा गफ लगाए अब हामिले प्रकृया पुरागरेर नेपालीहरुलाई आफु बसेको ठाउँबाट मतदान गर्ने ब्यबस्था गर्छौँ भनेर खुबै तालि पिटेका थ्यौँ।माछो माछो भेगुतो गराए।भोट लिनको लागि नेताहरुले भारतस्थित नेपालीहरुलाई खोज्छन तर एउटा पनि हाम्रो समस्य समाधान गर्दैनन्।हजारौँको संख्यामा भारतको सरकारी सेवाबाट सेवामुक्त भयका तिस चालि बर्ष आफ्नो योगदान दिएका नेपालीहरुलाई आफ्नै देशमा पेन्शनको ब्यबस्था समेत हाम्रो सरकारले गर्न सकेकोछैन।
कयौं दुर्घटनामा परेका हुन्छन उनिहरुको कुनै खोजबिनछैन नेपाली नागरिक त सडकमा घुम्ने वेबारीस पसु जस्तै भयकाछन।अनि हाम्रो लागि यि सरकारहरुको केकाम?हामालाई बिदेशमा भौंतारिन बाध्य बनाएको सरकारलाई भोट दिनु भन्दा चुनावलाई नै बहिस्कार गरे कसोहोला?वास्तबमा एक पल्ट भोट हाल्न स्वदेश जाने पैसाले बाल बालिकाको स्कुलको फिस तर्न सक्किन्छ।नयाँ लुगा सिलाउँन सकिन्छ।त्यसकारणले अहिले यदि निर्वाचन हुन्छ भने यात सरकारले किराया भाडा र छुट्टिको ब्यबस्था गर्नु पर्छ या आफु बसेको ठाउँ बाट मतदानको ब्यबस्था मिलाईदिनु पर्छ।अरु सम्पुर्ण नेपाली मजदुरहरुको बिमाको निसुल्क ब्यबस्था गर्ने र भारतमा रहेका समाज सेवा गर्दै आएका सामाजिक संगठनलाई उनिहरुले दिएको योगदान अनुसारको सम्मान पनि सरकारले दिनुपर्नेहो।तर सरकारले यस बिष तर्फ ध्यायन पुराउँन सकेकोछैन वा चाहाँदैन।नेपालीहरुले भारतमा सरकारले गर्ने काम गर्दै आएको कुरा कसैबाट लुकेको छैन।

चर्चामा

सम्बन्धित समाचार