बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • महाकाली नदीमा डडेल्धुराका एक युवक बेपत्ता

महाकाली नदीमा डडेल्धुराका एक युवक बेपत्ता

  • आइतवार, अशोज १०, २०७८
महाकाली नदीमा डडेल्धुराका एक युवक बेपत्ता

डडेल्धुरा — महाकाली नदीमा नुहाउने क्रममा डडेल्धुराका एक युवक बेपत्ता भएका छन्। शनिबार दिउँसो भारतको भुवागाउँ भन्ने स्थानमा नुहाउने क्रममा परशुराम नगरपालिका ५ का १८ वर्षिय दिपक नाथ बगेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

उनी एक साता अघि मात्रै भारतको भुवागाँउमा मजदुरी गर्न भनी गएका थिए। उनको खोजीकार्य भईरहेको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।

चर्चामा

सम्बन्धित समाचार