बिहिबार, बैशाख १३, २०८१

स्वर्ग र नर्क!

  • शनिबार, अशोज ९, २०७८
स्वर्ग र नर्क!

सुरेशकुमार पान्डे — हिंजो आज सोह्र श्रद्धा सुरु भयकोछ।हामि सबैले आ-आफ्ना पित्रि(पुर्वज)हरुलाई सम्झिने गर्छौँ।शम्झिने परिभाषा फरक फरक हुनसक्छ।उदेश्य भने आ-आफ्ना पुर्वजहरुलाई शम्झिने सम्मान गर्नेनै हो।
हामि खास गरि परदेशमा श्रमजीवी बनेर बसेका हरुले पनि पित्रिहरुको सम्मानमा केही गर्न नसके पनि तस्विरहरुमा फुल माला लगाएर भएपनि सम्मान गर्ने गर्छौँ।तर हाम्रो बुबाको भने एउटा तस्विर पनि भेटिएन तस्विर घरमै पनि छैन।हामि सानै छँदा बुबा बित्नुभयो बुवाको अनुहार अलि अलि प्रछाई जस्तो आँखाको ओरिपरि डुल्छ।कयौं पल्ट तस्विरलाई कागजमा उतार्ने जमर्को गरें तर पनि असफल भएं।मलाई मानिस मरेपछि स्वर्गमा जान्छन भन्ने कुरामा कत्ति बिस्वासछैन।जीवित हुँदा हामि सानै थियौँ त्यहि भयर पनि बाबालाई खासै सुःख दिन सकिएन।तर बाबाले देखाएका कयौं राम्रा कामलाई आफुले ब्यबहारमा अगाल्ने सुरु देखिनै प्रयात्न गरें।प्रत्यक मानिसमा राम्रा नराम्रा गुण र बैगुणहरु हुन्छन ति मध्य आफुलाई राम्रो लागेको बाबाको गुण अर्कालाई सहयोग गर्ने,देशभक्ति भावनाको बिकास गर्ने र नराम्रो कृर्याकलाप नगर्ने,आफु भन्दा ठुला र सहि बोल्ने ब्याक्तित्वको कदर गर्ने आदि बाबाका बिचारलाई मैले आफ्नो ब्यबहारमा ढाल्ने सकभर कोसिश गर्दै आएकोछुँ।
मलाई मेरा बाले भौतिकवादी बन्ने प्रेणा दिनु हुन्थ्यो त्यसैलाई पहिलो शिक्षाको रुपमा लिएर म अगाडि बढ्दा सानैमा भौतिकवाद तर्फ जान तगारो बनेको मध्य पहिलो ब्रहामण बादी निशान जनैलाई नभिर्ने निर्णय गरियो र भिरिएन पनि।यसको बाफत मैले समाजमा आफ्न्तिमा थुप्रो आलोचना खेप्नु पय्रो।त्यसैको लागि मलाई अंझैपनि संघर्ष गर्नु परेकोछ।हाम्रो बुबाले हामि आठ भाईबैनालाई बराबरी शिक्षा दिने प्रयात्न गर्नु भयो।उँहाले भन्नु हुन्थ्यो “सबैभाबिनाले एउटै थालमा भात खानुपर्छ”त्यसरी भएको सच्चा आपसि एकता हो।कुनैपनि जातिमा अपमान गर्नु हुँदैन,जुनसुकै जातिका भएपनि उनिहरु पहिलै मानिस हुन्छन जो एउटै शन्तानका हुन्छन।यि सबै हाम्रा बाबाले हामिलाई सिकाएका मध्य गुणहरु हुन जसलाई मैले आफ्नो ब्यबहारमा उतार्दै आएकोछुँ।हाम्रा बाबाको आउँने खष्टीमा श्रद्धा हो। धेरै बर्ष पहिले हाम्रो दाजु जो (अहिले हाम्रो बिचमा हुँदैन)उँहा र मेरो छलबल भयो म त्यो बेला अलि सानै थिएं,दाजु श्रद हामिले यो प्रवासमा कसरी गर्ने?गर्छौँ नी यँहा पनि!दाजुले भन्नु भयो अनि हामि जमुनाजी गएर बाको श्रद्ध गय्रौँ।उँहाले सदैभरी श्रद्ध गर्नु हुन्थ्यो,म खालि उपस्थित हुन्थे।तर अहिले हाम्रा दाजु पनि स्वर्गिय हुँनु भयो।सश्र्दाको अर्थ बाहुन बोलाएर पिण्ड पल्टाएर मात्र सम्पन्न हुँदैन श्रद्धाको अर्थ सम्मान हो जस्लाई हृदयबाट गरिन्छ,देखावटी रुपमा होईन।
प्रत्येक पल्ट उँहाको सम्झना मा केहि शब्दहरु कोरेको हुन्छुँ।उँहाले देखाएको बाटोमा कति ब्यबहारिकता प्रदान गर्न सकें त्यसबारे अध्यायन गर्छु।मलाई आध्यात्मिक बिचार धारामा कत्ति बिस्वासछैन त्यसैले मेरो हिसाबमा मेरा बाबाले दिनुभयको उपदेश बिचारनै हाम्रो बिचमा प्रेणा बनेर हामिलाई ज्ञान दिएकोछ भन्ने लाग्छ।उँहालाई त्यो कथित स्वर्गमा पठाउँनको लागि मैले जीउँदो समाजलाई नर्कमा ढेकल्न सक्दैन।हामिले रुढीवादी र कु- सँस्कारलाई समाजमा फैलाएर कथित धर्मको नाममा अशिक्षित र समाजलाई कु सँस्कार भिराएर पुरा समाजलाई दुसित बनाउँने अधिकार पनि छैन।जस्लाई जस्तो आस्थाछ उस्ले त्यहि प्रकारले आ-आफ्ना पित्रिहरुको सम्मान गर्नु पर्छ।तर समाजलाई गलत र भ्रमित गर्नु हुँदैन भन्ने मलाई लाग्छ।हामि जम्मिएका सबै लाई एकदिन अबस्य पनि मर्नै पर्छ मरेपछि हामिलाई घाटमा लगेर आगोमा पोलेर खरानि पारिन्छ।यो आफ्नै आँखाले पटक पटक देखेकोछ हामिसबैले देखेका कुराको भोगेका कुराको बिस्वास गर्नुपर्छ।त्यहि भौतिकवादी चिन्तनहो।
स्वार्ग र नर्क यहि समाज भित्रछ हामिले राम्रो काम गर्छौं भने यहि समाजले हामिलाई हामि मरेपनि मर्न दिंदैन त्यहि स्वर्गहो।नराम्रो कृयाकलाप गर्नेलाई जीउँदै मानिसले मरेको बराबर सम्झिन्छन त्यो नर्कहो भन्ने मलाई लाग्छ।त्यसकारणले आ-आफ्ना कुलकुलानि देउ पित्रिको सम्मान देखाउँने हिसावले होईन हृदय देखुन गरौं।सके सम्म आफुलाई जनम दिने बा आमाको जीवीत छँदा स्यारसुसार गरौं औषधि उपचार गरौँ त्यहि आफ्नो आमा बा लाई स्वर्ग तुल्य हुन्छ।जीउँदा छँदा अपमान गर्ने अनि मरेपछि दानपुन्य गरेर स्वर्ग पठाउँनेहरुको बहुमतछ समाजमा जो गलतहो भन्ने मलाई लाग्छ।
हामि यो देखावटी रुवाबास नगरेर सहिमाईनेमा पित्रहरुलाई सम्मानगरौँ।श्रद्धामा अन आबस्याक खर्च गरेर दिएको दान पुन्नले पुर्वजलाई सम्मान भन्दा अपमाननै हुन्छ।शन्तानलाई रिणमा नलगाउँन आमा बाले आफ्नो रगत पसिना एकगरे अहिले मरेपछि आफु रिणमा पर्नुपनि पुर्वजको अपमाननैहो।
हृदयमा सम्मान र आँखामा आमा बाको अनुहार मष्तिकमा उनिहरुको बिचार छोरा छोरीले दिएको सम्मान हो भनेर बुझ्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार