शुक्रबार, बैशाख १४, २०८१

( गजल )

  • शनिबार, अशोज ९, २०७८
( गजल )

सुरेशकुमार पान्डे ।

जुम्ला हुम्ला जाजर कोट मा हेरौं हालत कस्तोछ,
हिमाल पहाड मधेसी जनताको ईज्जत कस्तोछ।

बिकास छैन सतहत्तर जील्ला,सात प्रदेश बनाए,
जनता लाई सोध अबस्था सत प्रतिसत कस्तोछ।

राजनीति सेवाहो कि पेसाहो भन नेता हामिलाई,
संसार लाई सोध आज देशको हकिगत कस्तोछ।

दुनियाँ घुम्यो चन्द्रमा,हाम्रै देशमा छुवाछुत बाँकी,
अपहेलित असमानता झेल्नेलाई बखत कस्तोछ।

ए नेता होशमा आउ सधै रहिरहन्न मात जीतको,
फर्केर आउ गाउँ घर अनि बुझ जनमत कस्तोछ।

देशलाई बनाउ आत्म निर्भर समयकै मागहो यो,
भोका नाङ्गालाई सोध कामको जरुरत कस्तोछ।

चर्चामा

सम्बन्धित समाचार