शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • इन्डेक्सन चुलाको उपयोग बारे!

इन्डेक्सन चुलाको उपयोग बारे!

  • शुक्रबार, अशोज ८, २०७८
इन्डेक्सन चुलाको उपयोग बारे!

सुरेशकुमार पान्डे — अहिले सरकारले एल पिजिको बिक्लपमा इन्डेक्सन चुलोलाई प्रयोग गर्ने हिदायत दिएकोछ।बिभिन्न समाचारहरुमा इन्डेक्सन चुलाको बारेमा प्रचार पनि ब्यापक भयको देखिन्छ।हामिले प्रयोग गर्ने बिधुत यति महंगोछ जस्को सामन्यतःपंखा र एल ई डि ब्लुफ जलाउँदाको खर्च पुरागर्न गारोछ।अनि बुधुतबाट चल्ने ईण्डेक्सन चुला एक प्रकारको हिटरनै हो।जसको एलिमैन्ट १००/१५००/२०००को हुन्छ यदि त्यो लगातार एक डेढ् घन्टा चल्छ भने कम्तिमा पनि दिनको पाँच छे युनिट बिधुत खर्च हुन्छ।कम्तिमा मैनामा दुई तिन सए बिधुत हिटरको अनि पंखाको ब्लफको गर्दा मैनामा पाँच सए युनिट भन्दा माथिको बिल भुक्तान गर्नुपर्छ।त्यो एउटा बिषयहो आर्को बिषय इन्डेक्सन हिटरमा जुन सुकै भाँडाले काम गर्दैन यहको लागि फलाम,स्टिल आदिको भाँडाहरु प्रयोग गर्नुपर्छ।यो किट आलमुनियम जस्ता भांडाको कामछैन।
तेस्रो र अहेम बिषय केहो भने अहिले बिधुतको उत्तपादन बढे पनि बिधुतिय उपक्रतको क्षामता बढेकोछैन।सरकारले पहिले बिधुतका ट्रस्फार्मरहरुको क्षामता बढाएर भिधुतको झरझर भएका तारहरु बद्लिनुपर्छ।कयौं ठाउमा अहिलेपनि एकफेश बुधुत,कयौँ ठाउँ दुई फेश बिधुतिय सप्लाई दिएकाछन।एउटा फेसमा लोड परेर पटक पटक ट्रान्सफार्मर का फेस उड्नाले, तार छिन्नाले,बिधुत जाने गर्छ।पानीको मोटर मात्र एक फेसको एक डेढ हार्स पावरको चलाउँदा मिटरको सुईच डाउँन हुन्छ त्यो बोल्टेज कम भएरहो।बिधुतको पावर कम र लोड धेरैभयो भने के हुन्छ?बिधुत्तबाट चल्ने उपकर्णहरु सड्छन जस्तै टीवी रेफ्रिजेटर,पंखा मोटर आदि।सरकारी उपकर्णपनि सड्नसक्छन,जस्तो कि ट्रसफार्मर पनि सड्न सक्छ।सबैभन्दा पहिले सरकारले बिधुतको उत्तपादनमा बृद्धिगर्ने र बिधुतिय उपकर्णहरुको क्षामता बढाउँने गर्नुपर्छ।
साथै गाउँमा कतिपय बिना पोलका घाराहरु गाडेर बिधुत सपलाई भयकोछ।कतिपय ठाउँमा एल टी लाईन अब्यबस्थित छन जस्तो तारहरुमा बेटन बाँधिएकाछैनन् जस्का कारण तेज बतास चल्दा आपसमा मिलेर छिन्छन,पानी पर्दा पोलमा करेन्ट आउँछ र त्यसबाट दुर्घटना हुनेगर्छ।एल टी को तारलाई (प्रसारण लाईनलाई) ब्यबस्थित गर्ने तारलाई टाईट गर्ने र त्यसमा बेटन बाँध्ने ताकि छिनेपछि त्यो तल जमिनमा नखसुश।बतासमा पनि त्यो आपसमा भिड्नेछैनन्।अहिले कयौँ ठाउहरुमा बिधुतको लाईन अब्यबस्थितछ त्यसलाई सुधार्ने र घरेलु (डोमेष्टिक कनेकस्नमा) बिधुतको सुल्कमा पनि कटौती गर्ने त्यसपछि बोल्टेजलाई बढाएर बल्ल यो ईन्डेक्सन हिटरको बारेमा प्रचार गर्दा ठिक होला। अहिले यो इन्डेक्सन चुलाको प्रचार गरेर यसको बिक्रि त अबस्य पनि होला तर एक दुईमैना पछि जनताले यसलाई (हिटरलाई)सन्दुकमा हालेर थन्काउँनेछन।जब यसको प्रयोग बाट आएको बिधुत बिल भुक्तान गर्न सक्दैनन् त्यसपछि यसलाई जनताले थन्काईदिन्छन।
अहिले यसको प्रचार गरेर बिक्रिमा भने कम्पनिको खुबै फाईदा हुनेछ।किन कि देशका जीम्मेवार ब्याक्तिहरुले यसको प्रचारगर्दा कम्पनिको ब्राण्डको बिक्रि अबस्य पनि बडेर जानेछ।
अहिले बरु धेरै जमिन भयकाले बिधुतको एपि कनेक्सन लिएर पानीको ट्युवेल चालु गर्ने र स़िचाई गर्ने त्यसो भयो भने बिधुत्को खपत पनि हुन्छ र पानी बाट सिंचाई भयो भने उत्तपादनमा पनि बृद्धि हुनसक्छ।हाम्रो देशका ६५%पहाडि भूभागमा लगभग सिंचाई नहुँने खेत बारिहरु बढिछन।त्यस्ता बारीमा हिंउदामा हुँने खेतिको मात्रा धेरै कमछ।कहिले पानी नपर्दा बर्षे खेतिपनि प्रभावित भयका हुन्छन।सिंचाईको ब्यबस्था भयो भने किसानहरुलाई बिदेश भाग्नु पनि पर्दैन।बिधुतको उत्तपादन धेरै भयकै राम्रो हो।तर त्यसलाई खपत गर्ने आधार तैयार पार्नुपर्छ।अहिले एलपीजीको विक्लपमा यो ईन्डेक्सन चुला हुन सक्दैन।त्यसकारणले यसलाई स्तिमाल कहिले कसो गर्ने उदेश्यले किन्छन भने त्यो छुट्टै कुराहो तर एलपीजी लाई हटाएर यो हिटरलाई प्रयोग गर्नु भनेको आफ्नो खर्चमा बृधि गर्नुहो त्यो पनि देश कयौं ठाउँहरुमा ब्यबस्थित हुनसक्दैन।हुन त हामिलाई एल पीजी ग्यास पनि धेरै महंगो पर्छ बरु एल पीजी लाई सरकारी नियन्तरणमा ल्याएर यहको रेट निर्धारित गर्ने र जनतालाई सुबिधा दिने हिसाबले यसको बितरणलाई ब्यबस्थित गर्नुपर्छ।छिमेकमा अहिले पनि सरकारले एलपिजिको सब सिडि दिएर सरकारी रेटमा नागरिकलाई सुबिधा दिएकोछ।तर हाम्रो देशमा सबै भन्दा महेंगो एलपीजी किन्नुपर्छ।सरकारको कत्तिपनि योगदान छैन।त्यो पनि ब्यबस्थित गर्नुको सट्टा इन्डेक्सन हिटरका कुराहरु अगाडि सारेर जनतालाई अर्को भुमोरीमा फसाउँने प्रयात्न हुँदैछ।

चर्चामा

सम्बन्धित समाचार