शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • खिचलो देख्दा दिकदार भयो

खिचलो देख्दा दिकदार भयो

  • बिहिबार, अशोज ७, २०७८
खिचलो देख्दा दिकदार भयो

राजनीतिको दिनदिनैको खिचलो देख्दा दिकदार भयो,
नेताहरुको गैर जीम्मेदारीले गर्दा देश नै नाङ्गेझार भयो।

कस्को हिम्मत थियोर हाम्रो देशलाई कोखे नजरले हेर्ने,
लाछि दलाल देशका नेताले गर्दा त्यसतो आधार भयो।

जनताले प्राणको बलिदान दिएर ल्यायौँ गणतन्त्र लाई,
सत्ता र भत्ताकै लोभमा सदै ब्यबस्था पनि बेकार भयो।

हो यो देशमा पनि नौलो जनवादी क्रान्ति नै चाहिकोछ,
तर सधै अवसरबादीले गर्दा नै बर्ग शंघर्षमा दरार भयो।

थिए भोका नाङ्गा होनहार देशभक्त क्रान्तिकारी देशमा,
उनैको होनर अवसरबादी सत्ता मा पुग्ने हतियार भयो।

हजारौं हजार युवालाई बलिचडायो अनि पुग्यो सत्तामा,
बचेका क्रान्तिकारीेले पार्टीनै टुक्रा टुक्रापार्न हतार भयो।

चर्चामा

सम्बन्धित समाचार