मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • प्रेमीको सहयोगमा पतिको हत्या, १७ दिनपछि पत्नी पक्राउ

प्रेमीको सहयोगमा पतिको हत्या, १७ दिनपछि पत्नी पक्राउ

  • बुधबार, अशोज ६, २०७८
प्रेमीको सहयोगमा पतिको  हत्या, १७ दिनपछि पत्नी पक्राउ

भारत पुर्‍याएर आफ्नै पतिको हत्या गरेको आरोपमा गोलबजार नगरपालिका–४ निपनिया कुटीकी ३८ वर्षीया हरिहरदेवी महरा पक्राउ परेकी छन् । १७ दिनअघि ३९ वर्षीय पति दुखरन महरा मोचीको हत्यामा संलग्न रहेको आरोपमा सिराहा प्रहरीले हरिहरदेवीलाई मंगलबार सार्वजनिक गरेको हो ।

प्रहरीले उनलाई आइतबार पक्राउ गरेको थियो । दुखरनको शव गत १८ भदौमा भारतको बिहार जयनगरस्थित बरही गाउँको नहरमा घाँटी रेटिएको अवस्थामा भेटिएको थियो । अनुसन्धानको क्रममा पत्नीको संलग्नता पुष्टि भएपछि पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले  बताए ।

करिब १० वर्षअघि वैदेशिक रोजगारबाट फर्किएदेखि पति–पत्नीबीच झगडा हुने गरेको थियो । आफूले विदेशमा दुःख गरेर कमाएको पैसा अनावश्यक रूपमा खर्च गरेको भन्दै दुखरनले झगडा गर्ने गरेका थिए । प्रहरीको अनुसन्धानमा खुलेअनुसार घरझगडा कुटपिट हुँदै किराना पसलमा आगजनीसम्म पुगेपछि पतिको शारीरिक र मानसिक यातनाको कारणले हरिहरदेवीले दुईपटक आत्महत्याको प्रयास गरेकी थिइन् । ‘पतिको लगातारको यातनापछि हरिहरदेवीले दुईपटक आत्महत्याको प्रयास गरेको अनुसन्धानको क्रममा खुलेको छ,’ डिएसपी बुढाथोकीले भने, ‘आत्महत्या गर्न पनि नसकेपछि योजनाबद्ध रूपमै पतिको हत्या गरेको खुलेको छ ।’

प्रहरीको अनुसन्धानबाट खुलेअनुसार हरिहरदेवी करिब दुई वर्षअघि पाठेघरको शल्यक्रिया गर्न पतिसँगै जयनगर गएकी थिइन् । त्यसक्रममा हरिहरदेवीको भारतीय एम्बुलेन्सचालक मुकेश यादवसँग चिनजान भएको थियो । चिनजान प्रेममा परिणत भयो । दुखरनले सधैँ यातना दिने गरेको बताएपछि हत्याको योजना बनेको थियो । मुकेशले हत्याको लागि ३०–४० हजार लाग्ने बताएका थिए ।

चर्चामा

सम्बन्धित समाचार