मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

  • मङ्लबार, अशोज ५, २०७८
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली हुन् । उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार