शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सम्बिधान दिवशको बारे!

सम्बिधान दिवशको बारे!

  • मङ्लबार, अशोज ५, २०७८
सम्बिधान दिवशको बारे!

सुरेशकुमार पान्डे — आज असौजको तिन गते नेपालको ईतिहाशमा पहिलो जनताले चुनेका प्रतिनिधि द्वारा बनाईएको सम्बिधानहो।भदौ ३०गते दोस्रो समँबिधान सभाले निर्माण गरेपछि सम्बिधानको दुई तिहाई भन्दा बढि ९०%संसदिय सदस्यले पारित गरी पुसको १गते पठाए र पुषको ३गते तत्कालिन राष्ट्रपति रामबरण यादवले हश्ताक्षर गरेर सम्बिधान २०७२लागु भएको घोषण गरेकाथिए।यो सम्विधानमा३५भाग,३०८धारा ९वटा अनुसुचिहरु रहेकाछन।नेपालको ईतिहासमा पहिलो पल्ट धर्म निरपेक्ष राष्ट्र घोषणा भयो।जनताको माझमा गएर देशको लागि निर्माण गरेको पहिलो सम्बिधान र विस्वको सबैभन्दा पछिल्लो सम्बिधान हो भनेर भनिन्छ।हुन त यो २०६३सालको अन्तरिम सम्बिधानलाई नै प्रतिस्थापना गरेकोछ।
हुन सक्छ सम्बिधानले सबैका समस्यालाई सम्बोधन गर्न सकेको छैन होला त्यो आफ्नो ठाउँमाछ।एउटा क्रान्तिकारी पार्टीको लागि त झनै यो सम्बिधान अप्राप्तनैछ।जस्ले आमूल परिवर्तन गर्ने जिम्मा लिएका हुन्छन उन्को लागि यो पुँजिवादी बुजुर्वा प्रकारको सम्बिधानले जनताको समस्यालाई समाधान गर्ला भन्ने सोंचेका पनि हुँदैनन्।तर भौतिकवादी बिचारधाराले पनि प्राप्त भयको एक प्रतिसतमा टेकेर उनान्नसए प्रतिसतको लागि शंघर्ष गरेका हुन्छन।त्यो हिसाबले यो सम्बिधानमा बिगतका सबै सम्बिधान भन्दा प्रगतिशिल प्रकारको त छनै यो सम्बिधानले देशमा धर्मनिरपेक्ष र गणतन्त्र जस्तो जनताको अधिकारलाई समेटेकोछ।नेपालको ईतिहाशमा यस्तो सम्बिधान बनेको थिएन त्यसकारणले पनि यसमा भएका कयौँ उपलब्दिहरुलाई अनदेखा गर्नु आफैमा गलत हुन्छ।सम्बिधानमा रहेका गयौँ कम्जोरीहरुको बारेमा आवाज उठाउँने नागरिकको अधिकारहो।जस्तै संघियताको लगातार जनता द्वारा बिरोध हुँदै आएको पनिछ।कयौँ प्रज्वोलित जनअधिकारहरु लाई जोगाएर अरु अधिकारको माग गर्नुलाई गलत भनिदैन।
तर जुन प्रकारले राजधानिमा सम्बिधानको बिरोधमा जुलुस,तराईमा सम्बिधानका प्रतिहरुलाई आगो लगाउँने र कालो दिनको रुपमा बिरोध सभा गर्दै आएको देखिन्छ।यो पद्धतिले देशमा शान्ति सुब्यबस्था आउँदैन बरु देश गृहयुद्ध र अराजकताको भमोरिमा जाकिन्छ।
हामिले भन्छौँ हाम्रो सम्बिधान कुनै क्रान्तिकारी सम्बिधान होईन एउटा पुँजिवादी प्रकारको सम्बिधानहो तरपनि अहिलेको अबस्थामा यो बिगतका तमाम सम्बिधानहरु भन्दा कताहो कता प्रगतिशिलछ।यसलाई देशमा सँस्थागत गरेर जानुपर्छ।तर यो भित्र रहेका संघियता लगाएत कयौँ तुर्टीहरुछन त्यसको बिरोध गर्दै जन अधिकारलाई कार्वन्वयन गर्दै जानुपर्छ।
हाम्रो देशमा १०४बर्ष राणाहरुले आफ्नै तानासाहि लाधे उनिहरुको ऐयासिमा लोकतन्त्र प्राय मृत थियो तर पनि जनताले शंघर्ष गर्दै आए त्यसैको परिणाम बिस.१९१०मा जंगबहादुर राणाले मुलुकि ऐनको घोषणा गरेका थिए।उनिहरुको बिधि बिधान उन्कै प्रकारको थियो।तरपनि २००४सालमा पद्धम संशेरले सम्बैधानिक बिकासको सुरु गरेकाथिए।२००४साल माग १३गते बिदेशि सम्बिधान बेत्ता बोलाएर बनाएको सम्बिधान घोषणा पनि गरे।तर उनिहरु बिचको आपसि झग्डाले पद्धम संशेर भारत पलाएन भएपछि मोहन संशेरले त्यसलाई लागुनै हुन दिएनन्।
जनताले शंघर्ष गरेर राणाहरुलाई फाले२००७,सालमा तर फागुन सात गते राज त्रिभुवनले राजनीति पार्टी र देशका जनतालाई उल्लु बनाए।उन्ले नेपालको सम्बिधान शभाले तजुर्मा गरेअनुसार गणतन्त्रत्मक हुन्छ भने।त्यो बेला तत्कालको लागि लागु गर्ने उदेश्यले २००७चैत्र१७गते अन्तरिम बिधानको घोषणा गरे।त्यसैलाई उन्ले नौ बर्षमा ६पल्ट संसोधन गरेर आफ्नो राज चलाए।सबैजसो जन अधिकार कुन्ठित गरेर आफ्नो हातमा ल्याए।
२०१५सालमा पहिलो पल्ट संसदिय ब्यबस्था अनुसारको सम्बिधान२०१५फागुनको १गते घोषणा भयो।भगवति प्रसाद सिहँको कार्य अधक्षातामा गठित टिमले सम्बिधान मसौदा बमोजिम बेलायति सम्बिधान बेत्ता Sar lvor Jennings समेतको सल्हामा बनेको सम्बिधान१०भाग७७धाराको थियो।जो पछि २०१७सालमा राजा द्वारा कु गरियो।त्यो राजा महिन्दरको तानासाहलाई बैधानिकता दिन बिस.२०१९ पुषको१गते घोषित गरियो।जस्ले सम्बिधान बाट बहुदललाई निकालेर निर्दलिय ब्यबस्था कायम गर्यो।यो सम्बिधानलाई२०२३माग २४गते,२०३२मंसिर२६र२०३७पुष१गरि तिन पल्ट सम्म संसोधन गरियो।जनताको जस्तै जस्तै बिरोध हुन्छ राजाले आफ्नो सत्तालाई टेकाई राख्न सम्बिधानमा संसोधन गरेर अधिकार दिएको जस्तै गर्दै घुमाई फिराई गरेर सार्वभौम शक्ति आफ्नो हातमा राख्छ।यहि द्वौरान देशमा ऐतिहाशिक जनाआन्दोलन २०४६सम्पन्न भयो।त्योबेला पनि राजाले जनतालाई अधिकार दिएको जस्तो गय्रो सम्बिधान सुधार आयोग गठन गय्रो।२०४७को२८गते बैसाखमा राजाले विस्वनाथ उपाध्याको अध्यक्षातामा सम्बिधान सुधार सुझाब आयोग गठन गय्रो।त्यो राजाले बनाएको सम्बिधानको बिरोध भयपछि जेठ१गते त्यो बिघठन गरेर पुनःजेष्ठको१६आर्को आयोग गठन गय्रो।जस्को अध्यक्ष उनै विस्वानाथ उपाध्यानै थिए।जस्लाई २०४७कार्तिक २३गते नारायण हिटि राजदरवार बाट एउटा समारोहको आयोजना गरेर राजा बिरेन्दरले घोषणा गरेकाथिए।त्यो बेला नेकपा मसालले त्यो राजाले गरेको नाटकलाई गलत भयो भन्दै सम्बिधान सभाको निर्वाचन गर्नु पर्नेमा जोड दिएको थियो।तर कुनैपनि पार्टीले त्यो मागलाई स्विकार गरेनन्।स्वायम निर्मललामा समेत सम्बिधान सुधार आयोगमा गएका थिए।यद्द्यपि पछि दिल्लिमा भएको एउटा सयुँक्त जुलुसमा आत्मलोचना गर्दै सम्बिधान सभामा जानु आफुबाट भुलभएको बताएकाथिए।त्यो बेलाको सम्बिधानले सार्भौम सत्ताको एकलौटे वारिस राजालाईनै गराएको थियो।जो पछि राजाले शाहि घोषणा गरेर जनताको अधिकार खोसेका थिए।यसरी जनतालाई सधैभरी माछो-माछो भ्यगुता गराउँदै आएको ईतिहाश हाम्रो माझमा हुँदा हुँदैपनि२७२को सम्बिधानले त केहि जनतालाई अधिकार दिएको पनिछ।बरु त्यो सम्बिधानलाई बद्नाम गर्न कयौँ प्रतिगामि सक्तिर छिमेकि समेतले ठुलो प्रयात्न गर्दै आएको बेला सम्बिधानलाई सँस्थागत गर्ने ब्यबहारले ऐतिहाशिक महत्व राख्दछ।अहिलेको सम्बिधानलाई त्यो आधारमा सम्मान गर्नुपर्छ र यसको रक्षा पनि गर्नैपर्छ।
आज यो सम्बिधान निर्माण गरेर लागु भयको पनि छे बर्ष बिति सक्ता अँझै पनि सम्बिधानको मर्म बुझ्न नसक्नु बिढम्वनानै हो।कुनै पनि देशमा एउटा सम्बिधानको खाँचो हुन्छ जस्को सम्मान गरेरनै हामिले राष्ट्रीयता जोगाउँन सक्छौँ।अन्तमा सम्बिधान दिवसको अवसरमा सम्पुरण देशवासीहरुलाई बधाई तथा शुभ कामनाछ।

चर्चामा

सम्बन्धित समाचार