मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • पक्का पक्कि जनताहरुको ताकत हामिसँगछ,

पक्का पक्कि जनताहरुको ताकत हामिसँगछ,

  • शुक्रबार, अशोज १, २०७८
पक्का पक्कि जनताहरुको ताकत हामिसँगछ,

पक्का पक्कि जनताहरुको ताकत हामिसँगछ,
यो देश भरीका जनता सतप्रतिसत हामिसँगछ।

सहयोगको फोहोर बोकेर आए पनि बम गोला,
देश निर्धन गरिब भए पनि ईज्जत हामिसँगछ।

अंग्रेजले सुगौलिमा सन्धिगरेर भुभागनै खोस्यो,
त्यो घाउ भरिएको छैन पुरानो खत हामिसँगछ।

साम्राज्यवाद सँग त बम बारुद हुनसक्छ सधै,
बिना हतियार पनि लड्ने हिम्मत हामि सँगछ।

हो यो मुटुमा दन्किएको छ आक्रोशको ज्वाला,
सदियौँ नसा नसामा उम्लेको रगत हामिसँगछ।

सेतेले कहिलै बिर्सन सक्दैन युद्धा नाला पानी,
अंग्रेज ले गर्दा उब्जिएको हालत हामि सँगछ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार