शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • देश देशभक्तले मात्रै जोगाउँन सक्छ!

देश देशभक्तले मात्रै जोगाउँन सक्छ!

  • शुक्रबार, अशोज १, २०७८
देश देशभक्तले मात्रै जोगाउँन सक्छ!

सुरेशकुमार पान्डे — पुर्व प्रधान मन्त्री के पि शर्मा ओलि ज्युले भन्नु हुन्छ कम्युनिष्ट पार्टीले मात्रै देश जोगाउँन सक्छ।”यो पक्का हो यसमा हाम्रो पनि अर्को मत छैन,तर देशमा कम्युनिष्ट पार्टी हुँनु पय्रो।के देशमा कम्युनिष्ट पार्टी छ?यदि छैन भनि त उँहाले भनेनुसार देश बच्नेनै भयन।त्यसैले अब देश बचाउँनको लागि कम्युनिष्ट न जन्मिदा सम्मलाई भएपनि कम्तिमा देशभक्त हुँनु पर्छ।
यदि देशभक्तहरुको एकता हुँदैन भने देश पुर्व कम्मुनिष्ट भनौदाहरुले भनेको जस्तै “देश-मर्ज”हुँन सक्छ।त्यसैले देशमा फिलहाल देशभक्तको खांचोछ जो देशको झण्डा उठाएर काला पानी लगायतका सिमानाहरुमा दिनोरात खट्न सकुश र मात्रृत्वको रक्षागर्न सकोस।जंगे पिलर ढालिए र सारिए पनि अनि हराएर गए त्यसको खोज खबर भएन।सत्तामा बसेपछि बिदेशीले गरेको अतिक्रमण नदेख्नेले सत्ता बाहिर हुँदा साथ राष्ट्रीयताको चिन्ता गर्न थाल्नु भयो।
अहिले त ओलि जी ले पनि आफुलाई कम्युनिष्ट सम्झिनु भयकोछ जस्तो लाग्छ आफुलाई।जव उँहा सत्तामा हुँनुहुन्थ्यो त्यो बेला महाराजा श्रि तिन नै आफुलाई सम्झिनु भयो।मन परि गर्नु भयो देश र जनताको अधिकार सँग पुरा खेल खेल्नु भयो।
जनताले उँहालाई कम्युनिष्ट सम्झिने भुल अबस्य पनि गरेका हुँन।तर उँहा त्यो बेला आफुलाई देशको सबथोक सम्झिनु भयो।त्यसैले कति राम्रो जनताको समर्थन बाट दुई तिहाईको सरकार पनि अपच भयो।उकुसमुकुस भयो र सरकारलाई बिघटन संसदलाई बिघटन गरेर चुनावी ताल ठोकनु भयो।सर्वोच्च समेतलाई वार्गेनिङ्ग गर्नु भयो।ओलि जी अब त्यो दिन फर्किएला?कल्पना गर्नुस।मलाई त कत्ति पनि लाग्दैन हजूरको फेरी पनि पुर्ण बहुमतको सरकार बन्ला जस्तो।
तपाईहरु यदि कम्युनिष्टनै हो भने कम्युनिष्टको सिध्दान्तलाई अगाल्नु पर्ने थियो।कम्युनिष्टले सबै भन्दा पहिले बर्ग संघर्ष गर्छन।तपाई हरुको त सरकार थियो।भुमि हिन किसानहरुलाई भुमि दिनु पर्ने किसानहरुलाई जस्को जोत उस्को पोत गराउँनु पर्ने कम्तिमा ठुलठुला जमिदारहरुको जमिन लाई राष्ट्रीयकरण गर्नु पर्ने,देशमा उद्दोग कलकारखानाको बिकास गरेर युवाहरुलाई देशभित्र रोजगारको ब्यबस्था गर्नु पर्ने।देशमा बिदेशीहरुको अतिक्रमणलाई रोकेर सिमानालाई ब्यबस्थित गर्ने।जातिय लैङ्गिय असमानतालाई निर्मुल पार्नुपर्ने।देशमा किसोरी हरु बलत्कृत हुन्छन हत्या हुन्छ तर सरकार ति अप्राधीहरु लाई भेटाउँदैन।देशमा अतिक्रमण हुन्छ सामन्य नागरिकले त्यसको बिरोध खाडि बाट गर्छ देशभित्रको सरकारलाई थाहाछैन।बिदेशमा बसेका नेपाली श्रमजीवीहरुको अत्वपत्तो छैन।आखिर कम्युनिष्ट बिधान र घोषणा पत्रमा त गरिब मजदुरको पार्टी लेखेकोछ नि खै त ईनसाफ गरिबलाई? आखिर कम्युनिष्टले गर्नुपर्ने काम त थियो त्यो पुरा गर्नु त काँछ काँ बरु बिदेशी सँग असमान सन्धि र सम्झौता गर्दा कत्ति पनि लाज लाग्दैन।नेताहरु सत्ताको बाहिर हुँदा कम्युनिष्ट क्रान्तिकारी धाग लगाउँछन।सरकारको खुब बिरोध गर्छन आफुलाई खाटिको कम्युनिष्ट सम्झिन्छन तर जस्तै सरकारमा जान्छन उनिहरुले आफुलाई साशाक महाराज जस्तै सम्झिन्छन।बिदेशीका अगाडि कटपुतली बन्छन् नतमस्तक हुन्छन।यो उनिहरुको कम्युनिष्ट नैतिकताहो की निम्न स्तरको बुजुर्वा राजनीति? त्यो ब्यबहारले पुष्टी गरेकैछ।कसैले धाग नलगाए पनि हुन्छ।बाबुरामको सरकार जनताले देख्यो,प्रचण्डको सरकार पनि जनताले देख्यो,ओलि जिको सरकार कस्तो थियो भन्नै पर्दैन।अहिले होईन कम्तिमा पाँचपटक शेरभहादुर ज्युको सरकार पनि जनताले हेर्दै र भोग्दैछन।
अहिले कांग्रेस र कम्युनिष्टका कुरा भन्दा एउटा नागरिकले कम्तिमा देशभक्तका कुरा गर्दा हुन्छ।तपाईहरु कुन कम्युनिष्टमा पर्नु भयो त्यो हजूरहरुले जनतालाई अब नभने पनि हुन्छ।जनताले अब वल्ला घरे पल्ला घरेहरुको कम्युनिष्ट धाग सुनेर वाक्क परिसकेका हुनसक्छन।
अहिले हाम्रो देशलाई देशभक्तको आबस्याकता छ किन भने देशभक्त मात्रै एउटा यस्तो शक्तिहो जस्लाई सबैभन्दा पहिलि देशको चिन्ता हुन्छ।त्यसैले यि अवसरवादी राजनेताको भन्दा देशभक्त जनताको भरपर्न सकिन्छ।अहिले एउटा एमसीसीले नेपाललाई यसरी हल्लाई दियो,नेताहरुको दोहोरो भुमिकाले गर्दा जनतालाई र यो देशलाई सधै सङ्कट आई लाग्छ।
हाम्रो अखण्ड देशलाई सात प्रदेशमा बांटेका नेतालेनै हुन,आफ्नो स्वार्थका लागि संघियता रोजे देशलाई होईन।संघियता न त जनताको हितमाछ न देशको मात्र मन्त्री मुख्य मन्त्री बन्नलाई संघियतामा नेताहरु फुरुक्कैछन।देश टुक्रा परे पनि यिनिहरुलाई केहि सार छैन।आफुले मन्त्री खान पाए पुग्छ।
देशका जनता बिदेशमा काम खोज्न जान्छन दिनौँ उनिहरुको लाश बन्द बाकसमा फर्किन्छ।नेतालाई केहि मत्लबछैन।मैनपावरलाई लुटको लैसन्श थमायो पढे लेखेका युवाहरुलाई राहदानि थमायो।त्यसपछि आफ्नो जीम्मा पुराभयो।बिदेश बाट आएको रेमिटेन्सिले धानेको देश आठौटा सरकार नौवटा सदन त्यसैमा चलेकाछन।धिकारछ हाम्रा नेताहरु लाई देशको बिकास गर्नुको सट्टा बिनास गरेकाछन।अंझ आफुलाई कम्युनिष्ट भनेर जनतालाई छक्काउँदैछन।ओलि जी कम्युनिष्टको लोगो ओडेर र केहि उखान टुक्काले मात्रै कम्युनिष्ट बनिदैन त्यसको लागि ब्यबहारमै ढाल्न सक्नुपर्छ।देशका जनतालाई र देशलाई कम्युनिष्टको खाँचो महेशुर्ष भएर त हजुरहरुले जनताको आँखामा छारो हाल्न सफल हुनुभयकोछ।अब देशका जनताहरुले बुझेकाछन को शत्रु हो को मित्रहो।फैसला जनताको हातमा छ।ईन्तिजार गर्नुहोला अबस्यपनि रिजल्ट आउँनेछ।

चर्चामा

सम्बन्धित समाचार