बुधबार, बैशाख १२, २०८१

कति असमानता !!

  • शुक्रबार, अशोज १, २०७८
कति असमानता !!

जनक बिसि  — विश्वकर्मा पुजा जुन समाजले दलित वर्गलाई अछुत ठान्दछ विश्वकर्मा पुजा भनेर ढुङ्गा र माेटर गाडी देवता मान्दछ।

विश्वकर्मा पुजा अहिलेसम्म पनि संविधान प्रदत्त मानव समाज समान छ , दलित भनेर भेदभावको सिकार गरि ऊ समाजमा असमानताकाे सिकार छ ।

विश्वकर्मा पुजा समाजमा हेरिरहदा अहिले पनि दलित साँमन्ती युगको बर्बर अन्यायमा छ दलित नै भनेर कथित उच्च जातिले उनिहरुलाई “दिशा” खुवाईएकाे छ ।

विश्वकर्मा पुजा ढुङ्गालाई पाति लगाई पुजेर विश्वकर्मा दलित वर्ग मुक्ति पाउदैनन्
समाजमा छाउपणि प्रथा दलित विभेद अन्त्य त समानता देऊ दलित वर्ग मुक्ति पाउदछन ।

विश्वकर्मा पुजा याे नक्कल नगरिदेऊ दलित समस्या वर्गीय समस्या भएकाले वर्ग मुक्तिमोर्चा कसिदेऊ पुजा अर्चनाले कसैले मुक्ति पाउदैनन् ।

विश्वकर्मा पुजा कति असमानता कति विभेदपुर्ण कति अन्यायपुर्ण छ ।
उठिदेऊ सम्पुर्ण दलित वर्गहरु असमानता समाजमा वर्गीय समानता कायम गर्नु छ ।

चर्चामा

सम्बन्धित समाचार