मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • असमानता-लघुकथा!

असमानता-लघुकथा!

  • मङ्लबार, भदौ २९, २०७८
असमानता-लघुकथा!

सुरेशकुमार पान्डे — हाम्रो समाजमा एक्काईसौँ सदिमा पनि छुवाछुतको चलनछ भाई के गरौँ?म सँग सँगै एउटै रुममा बसेको मेरो साथि बिर्खे र म भारतमा कहिं कतै गए पनि छुट्टेनौँ।एउटै रुममा बस्यौँ सँगै एउटै थालिमा खयौँ।अहिले हाम्रो भेट घाट पनि अलि पातलो हुँन थाल्यो।किन घरमा बोलाउँदा एकदिन मेरो हजूर आमाले उस्लाई भाईर दलानमा पनि आउँन नदिएर पेटीमै बसेर मलाई कुरेको थियो।मलाई घर पुग्न अलि ढिला भयो बिचरा बाहिरै बस्यो कसैले चिया पानी पनि सोधेनन्।मैले त्यो दिन देखि उस्लाई बोलाएकोछैन,बोलाउँ पनि कुन मुखलिएर बोलाउँ मलाई कति नराम्रो लागेकोछ।
सागरले नरे सँग आफ्नो आपबिति भन्छ।हो हाम्रो देशमा सारै खराब रितिरिवाज र परमपराहरु जीवीतनैछन आज पनि नरे ले पनि आफुलाई लागेको कुरा भन्दै सागरको समर्थन गर्छ।
हामिले बिकास भयन हाम्रो देशमा भनि रहन्छौँ तर बिकास नहुँने कारण पनि केहि हदसम्म जातिय बिभेद पनि जिम्माछ जस्तो लाग्छ मलाई त!सागरले भन्छ।नरेले सागरका कुरालाई खुबै ध्यान लगाएर सुन्दै थियो अहिले बिकासका कुराले केहि शंम्रण गरेझैँ गरेर! हुँन सक्छ”मात्रै भन्छ।
यार एउटा कुरा सोधम?नरेले एकछिन सोंचे जस्तै गरेर सोध्छ।
भन यार जति पनि!सागरले उस्को मुखमा ट्वाल परेर हेर्दै भन्छ।उनिहरु दुबैमा घनिष्ट मित्रता थियो।यो जात जाति कस्ले बनायको होला?नरेले सोध्छ!ठगले!सागरले सटिक उत्तर दिन्छ।हा-हा कति छिट्टो अनि फटाक उत्तर मिल्छ यार मलाई लाग्छ जस्तो कम्पुटरनै होला तेरो दिमाखमा त!नरेले उसको प्रसंसा गर्छ।होईन फेरी पनि कुनैले बनाएकै होला यो जात जाति को चलन मैले त कुनै धार्मिक नेता मनुले चलाएको भन्ने सुनेको थिएं!नरेले भन्छ।
यार जस्ले बनाएपनि मानिस मानिस लाई बाँटेर जातिय आधारमा भेदभाव गर्नु भनेको त कुनै ठगले गर्ने कामनै हो।आजको यो विज्ञानिक युगमा पनि मान्छे र मान्छेको बिचमा यसरी जातिय बिभेद हुँनुलाई कहिले सहि भन्न मिल्दैन!सागरले फेरी भन्छ।त्यो त ठिकहो सागर हाम्रो हाम्रो बिचारमा जातिय बिभेद गलत हो भन्ने कुरा हामिलाई थाहाछ तर तिम्रो हजूर आमालाई त्यो ठिक हो भन्ने लाग्छ।उनिहरुको समयमा त्यो बिभेदको शिक्षा दिक्षा दिएर समाजलाई तेतै तानेका थिए अहिले उनिहरुले कसरी बिस्वास गर्छन?
अहिले पनि हाम्रा जिजु बाजेहरुले त्यो जाति धर्मलाई पालना गर्छन।जस्तो उनिहरुले सिके त्यहि गर्छन।जस्तो तिमिले र मैले सिकिम हामिले ठिक त्यस्तै गर्छम आउँने पढिको पालामा हाम्रै बिचार पनि उनिहरुको लागि पुरानो हुन्छ।नरेले सागरलाई भन्छ।
अनि कसैले त बिद्रोह गर्नै पर्छ बिद्रोह नगरेर कसरि समाजमा परिवर्तन आउँला?सागरले फेरी पनि बिद्रोहको गर्नको लागि भन्छ।सागर बिद्रोह को सँग गर्ने ति जो सहत्तरि नागेका बृद्धाहरु सँग?वा सामाजको नजरिया सँग?हामिले बिद्रोह गर्नु भन्दा पनि जनतालाई शिक्षा दिएर आफ्नो पक्षमा ढालेर मात्र जातिय बिभेदको अनत्य गर्न सक्नेछौँ।
अंरे के गरेको यँहा तपाईँ हरु दुई जनाले?लाँबे ले नमस्ते गर्दै नजिक आउँछन।के ल्याईउ लाँबे दाई?सागरले सोध्छ।हजूर अब खेतिपातिको बेला हासी, फाला, कोदालाहरु छन बराजुहरुको!भनेर त्यँहा बाट लाँबे निक्लिन्छन।सागर तिमिले लाँबे दाई लाई चिनेका छौँ?रनेले सागरलाई सोध्छन।किन नचिन्ने लाँबे हाम्रै गाउँका त हुँन!सागरले फटाक सँग भन्छ।ति बुजुर्ग थिए अनि तिमिले उमेरको लिहाज पनि नगरि तिमि भनेर बोलायु किन?उनि आर्ने हुँन त्यहि भएर।सागरले तुरुन्त उत्तर दिए।तर अहिले भर्खर तिमिले आफ्नो साथिलाई हजूर आमाले पेटिमा बसालेको कुरा बताएका थियौँ अहिले आफै पनि त बाउ समानको ब्याक्तिलाई तिमि भनेर बोलायु त्यो पनि त बिभेद होईनर?कस्ता कुरा गर्छौ नरे भाई मैले त छुवाछुतको पो कुरागरेको त!सागरले भन्छ।अनि यँहा त बिभेदका कुराहरु चलेकाछन हाम्रो बिचमा!जब सम्म हामि आफैले आफुलाई सुधार गर्दैनौ तबसम्म बिभेद रहिरहन्छ!नरेले भन्छ।
हाम्रो समाजल अहिले पनि यहि कारण बाट बिभेदको चक्रब्युलाई पन्छाउँन सकिरहेकोछैन।
जातिय समानतालाई सम्बिधानमा कोरेर मात्रै पुग्दैन सामाजलाई सचेत गराएर मात्रै हामिलाई जातिय बिभिद बाट मुक्ति मिल्छ।
जब सम्म हाम्रो समाज अर्ध सामन्ति खालको रहिरहन्छ देशभित्र यो जातिए बिभेद पनि रहिरहन्छ।अहिले हाम्रो समाज पुराना रुढिवादी बिचार बोकेकोछ।जस्लाई आमुल परिवर्तन गरेर मात्र हामिले यो जातिय बिभेदलाई समाप्त पार्नु पर्छ!भन्दै नरेले आफ्नो बिचारको बिट मार्छ।आहा कति चित्त बुझ्दो कुरा नरे भाई मलाई हजूरका कुरा खुबै मन पय्रो।
हामि जुन सुकै जात भएपनि पहिलो हामि मान्छेको नातोले गर्दा त्यसपछि बर्गिय नाताले गर्दा हामि सबैको क्रतब्य बन्छ सबैभन्दा पहिलि यो रुढिवादी समाजको अनत्य गर्ने र एउटा प्रगतिशिल बस्तुवादी बिचारलाई समाजमा फैलाउँ ताकि जना आफै सचेत भएर अगाडी बड्नेछ।त्यो बेला यो जातिय बिभेदको शाङ्गलो टुक्रिनेछ।

चर्चामा

सम्बन्धित समाचार