बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • साम्राज्यवादको लागि जनआवाज दबाउँदैछ सरकार

साम्राज्यवादको लागि जनआवाज दबाउँदैछ सरकार

  • सोमवार, भदौ २८, २०७८
साम्राज्यवादको लागि जनआवाज दबाउँदैछ सरकार

सुरेशकुमार पान्डे। बिड्मबना नै भनौँ हाम्रो देशको सरकारले साम्राज्यवादका प्रतिनिधिहरुलाई खुसि पार्न देशका महान देशभक्त जनता जस्ले अमेरिका लआई आफ्नो एमसीसी फिर्ता लैजा भन्दै आन्दोलन गरेकाछन उनिहरु माथि सक्यासम्मको दमन गर्दैछ।
हाम्रो देशमा गणतान्त्रीक ब्यबस्थाछ गणतन्त्रमा जनताले आफुलाई गलत लागेको खण्डमा आवाज उठाउँन पाउँने अधिकार शुरक्षित हुन्छ।तर अहिले देशमा साम्राज्यवादको कथित अनुदानको बिरोध गर्दा जनताहरुमाथि लाठि बर्साउँने धम्काउँने,र झुठा आरोपहरु लगाएर उनिहरुलाई गीरफतार गर्ने जस्ता असम्बैधानिक पाईला चालेर सरकारले साम्राज्यवादीलाई खुसि पार्ने कोसिशमा तल्लिनछ।
अहिले भर्खरै बिरबारका दिन देखि फातिमा सुमार लगायतका अमेरिकि प्रतिनिधिहरु देशमा चार दिवसिय भ्रमणमा आएकाछन।उनिहरुले बेग्ला बेग्लैरुपमा देशका शिर्ष नेताहरु सँग भेट बार्ताको अभियानमाछन।पहिले देशका पूर्व प्रधान मन्त्री केपि शर्मा ओलि सँग भेट बार्तामा ओलि आफु चोखो हुँन “मेरो सरकारको पालामा मैले एमसीसी अगाडि सारिसकेको गृह मन्त्री लगायतका फलाना फलानाले बिरोध गरेका कारण अगाडि बढ्न सकिन”भनेर आफु साख्खै हुँन पुगे।एमसीसीको बारेमा कयौँ नेताहरुको दोहोरो भुमिकाले गर्दापनि उनिहरुलाई जनताले चिन्न सकि रहेकाछैनन् ।खुद ओलिले केहिदिन पहिले एमसीसी लाई पास नगर्ने भन्दै पनि हिंडे।मेरोपालामा एमसीसीको सम्झौता भएको होईन पनि भनेर जनताहरु सँग नजिक्किने प्रयात्न पनि गरे।उनै ओलिले प्रचण्डले रोक्न सक्दैन मैले एमसीसी पारित गराएर छाड्छु पनि भन्छन।एता प्रधान मन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गराउँछु भनेर फातिमा सुमारलाई आस्वासन दिएकाछन।जनताले एमसीसीको बिरोध गर्दा देउवा प्रसाशनले लाठि बर्साएको समाचारहरुमा आएकोछ।जसरी भएपनि यो राष्ट्र घाति एमसीसी लाई पारित गराउँन अमेरिकि प्रसाशनले दवाब दिएकोछ।फातिमाले तिम्रो देशले एमसीसी लाई स्विकार्दैन भने यो अनुदान अन्य देशलाई जान्छ भनेर वार्गेनिङ गर्दै नेताहरुलाई बारमबार दवाब दिनेकाम भयकोछ।
देशभित्रका सबै जसो जनता यो कथित एमसीसीको बिरोधमाछन।के यो देश मुट्ठिभर दलाल नेताहरुको मात्रै हो वा देशका बहु संख्यक जनताको?यो सवाल अहिले नेताहरुको रबैयालाई नियाल्दा उठ्छ।हाम्रो देशमा सदैभरी उल्टा काम हुन्छ।पहिले बिदेशि सँग नेताहरुले करार गर्छन त्यसपछि त्यो जनताको बिचमा आउँछ।हुँनुपर्ने सबैभन्दा पहिले बिदेशीहरु सँग सम्झौता गर्दा जनतामा त्यो सम्झौता गर्न खोजिएको बिषय ब्यापक छलबलका लागि पठाउँने र जनताको प्रतिकृया अनुसार त्यसलाई फिल्टर गरेर अगाडि बढ्ने।तर यँहा त्यसको ठिक उल्टो काम हुन्छ पहिले नेताहरु बिदेशी सम्झौतामा एग्रि हुन्छन अनि हश्तक्षर गरेपछि त्यो कतैबाट जनतामा चुँन्छ र त्यसबारेमा बल्ल छलफल हुनेगर्छ।चाहे त्यो अहिलेको एमसीसी हौश वा बिगतमा गरिएका टनकपुर परियोजना,बिप्पा सम्झौता लगायतका अन्य जुनसुकै सन्धि सम्झौतापनि देशको लागि गरिन्छ त्यसबारे देशका जनतालाई बिस्वासमा लिएर लागु गर्ने गराउँने गर्नुपर्छ।
जब देश भित्रका जनताले बिरोध गर्छन त्यो कार्यक्रम लागु कस्का लागि गर्नेहो?यसबारेमा नेताहरु गम्भिर बन्नुपर्छ।
हाम्रो देशमा लाछि अशिक्षित र दलाल मनोबृर्ति भएका नेताहरुले गर्दा देशलाई समय समयमा यस्ता दुर्घटनाहरु आई पर्छन।अहिले एम सीसी लाई संसद बाट पारित गराउँन देशका नेताहरुको ब्यबहार हेर्दा लाग्छ यि यो देशका नेतानै होईनन्।यिनि अमेरिकि साम्राज्यवाद र छिमेकिका रखेलहरु हुन।जस्लाई साम्राज्यवादले आफ्नो उदेश्य स्वार्थ पुरागर्न किरायमा राखेकोछ।यस्तो अबस्थामा देशको कसरि बिकास हुन्छ देशले कसरि निकास पाउँछ?एउटा स्वतन्त्र देश कसरि शुरक्षित हुन्छ?
एका तिर देशलाई गणतन्त्र सँगसँगै संघियता ल्याउँनाले आज देशको अबस्था जटिल भएकोछ।आर्थिक र भुगौलिक हिसाबले पनि देशमा संघियता मेल नखाने बिषयहो।अहिले त्यो महेंगो मारलाई देशले झेल्नुपरेकोछ।
अहिले आर्को बिष यो एमसिसी अनुदान लिएर देशलाई अफगानिस्तान बनाउँनु भन्दा संघियतालाई खारेज गरेर खर्चमा कटौति गर्ने र देशमा आफ्नै लगानिमा स-साना उद्दोग कल कारखाना खोलेर देशका युवाहरुलाई रोजगार दिन सकिन्छ।सरकारले त्यो दिशा तर्फ पाईला नचालेर किन साम्राज्यवादको कलो पाउँनलाई आपसमा एउटै सन्तान भित्र खिचातानि गर्दैछ।आफ्नो सन्तानलाई दमन गरेर अमेरिकि साम्राज्यवादको सेवा गर्दैछ?त्यो अंग्रेज जस्ले गर्दा हाम्रो देशको ठुलो भुभाग मात्रै होईन हाम्रा सन्तानहरु देशबिहिन भएर आर्काको देशमा बाँच्न बिबस भएकाछन। टिस्टा देखि सतलज सम्म नेपालि जनताहरु आज सन १८१५/१६को सुगौलिमा भएको सन्धि बाट टुक्रिएर बिदेशि भएकाछन।तिनै जनता मध्याका कयौँ अहिले न भारतियछन न नेपालीनै छन।आसामको मेघालय बाट सन१९८६मा त्यँहा सदियौँ देखि बसोबास गर्दै आएका जनताहरुलाई त्यँहाका बासिन्दाहरुले अमानविय यातना दिएर भगायो।त्यो बेला उनिहरु नेपाल फिर्ता गएपछि त्यो बेलाको नेपालको सरकारले तिमिहरु नेपालीनै हौ भन्ने केप्रमाणछ भनेर उल्टै झपाय्रो।हाम्रा देशका नागरिकहरुको यस्तो दर्दनाक अबस्था स्रिजना गराउँनेहरु यिनै ब्रिटिश हुकुमत थिए।देशमा निहत्यामाथि दमन गर्ने अन्याय र अत्याचार गरेर आर्काको अधिकार र ज्यान लिने साम्राज्यवादले हाम्रो देशलाई किन सित्तैमा अनुदान दिन्छ?यसबारेमा कसैलाई सफाई दिनु भन्दा एमसीसीलाई अस्विकार गरेर स्वतन्त्र राष्ट्रको गरिमालाई जोगाउँन बरु ज्यान गएपनि हांसिहाशि मर्न सकिन्छ तर अपमान सहेर बाँच्नु हाम्रो रगतमा पनि अंश भेटिदैन।हाम्रा पुर्वज हिंजो खलङ्गाको नालापनी युद्धमा मारिए,दिनौ आर्काको देश जोगाउँन समेत मारिएकाछ हुन्छन।के हामि आफ्नो देशको लागि मर्न सक्दैनौँ?अब एमसीसी मात्रै होईन एमसीसी ल्याउँने दलाल समेतलाई फाल्नुपर्छ।संघियता पनि फालेर अखण्ड देशको निर्माण गर्न सबै देशभक्त अगाडि बढ्नु बिक्लपछैन।

चर्चामा

सम्बन्धित समाचार