शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • साम्राज्यवाद बे-लगाम हुँदैछ

साम्राज्यवाद बे-लगाम हुँदैछ

  • शनिबार, भदौ २६, २०७८
साम्राज्यवाद बे-लगाम हुँदैछ

संसारभरीमा साम्राज्यवाद बे-लगाम हुँदैछ,
धेरै जसो देशहरुको बिकास नै जाम हुँदैछ।

हेरौँ त अनुदानकै नाउमा कस्तो खेल भयो,
हाम्रा नेताहरु देश धितो राखी गुलाम हुँदैछ।

एमसीसी मिलेनियम चेलेञ्ज बोकी हिड्दा,
आउँने दिनमा यो देश बमको गोदाम हुँदैछ।

गर दमन सरकार साम्राज्यवादको ईसारामा,
तेरो कु-क्रमलेनै जनता अब एक ठाम हुँदैछ।

नेताहरुको मात्रै होईन देश जनताकै पनि हो,
अबको पालो गद्धार नेता फाल्ने काम हुँदैछ।

जाग ज्यामि उठ किसान भरिया र कुल्लिहो,
देश द्रोहीको बिरुद्धमै लडाई धुमधाम हुँदैछ।

चर्चामा

सम्बन्धित समाचार