मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सन्तानहरु लाई जातिमा बाँटेर कम्जोर बनायो,

सन्तानहरु लाई जातिमा बाँटेर कम्जोर बनायो,

  • शनिबार, भदौ २६, २०७८
सन्तानहरु लाई जातिमा बाँटेर कम्जोर बनायो,

सन्तानहरु लाई जातिमा बाँटेर कम्जोर बनायो,
बुजुर्वा बिचार सदैभरीनै छाँटेर कम्जोर बनायो।

देखाएर मृत्यु पछिको स्वर्गको सपना अरुलाई,
जनतामा फटाहाले सदै ढाँटेर कम्जोर बनायो।

साशकहरुले जनताको बिस्वास सँग घात गरी,
आफ्नो चत्तुराई स्वार्थनै साटेर कम्जोर बनायो।

यही जातिय राजनीति त फुटाएर राजगरनै हो,
पहिले भुरे टाकुरेमा झैं काटेर कम्जोर बनायो।

अहिले पनि उस्तै उनैका बन्दुभाईछन सत्ता मा,
जनतालाई पसु बनाउँन आटेर कम्जोर बनायो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार