शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के नेपालमा कम्युनिष्ट छन?

के नेपालमा कम्युनिष्ट छन?

  • शनिबार, भदौ २६, २०७८
के नेपालमा कम्युनिष्ट छन?

सुरेशकुमार पान्डे — अहिले सोशिल मिडियामा कम्युनिष्ट र भौतिकवादका कयौँ सवाल जवाफ हुने गरेको देखिन्छ।जस्लाई पनि कम्रेड भनेर सम्बोधन गरिन्छ।
बाहिर बाट हेर्दा नेपालमा बहुसंख्यक मान्छे कम्युनिष्ट भएको देखिन्छ।तर के सांच्चैभन्दा जस्तो देखिन्छ सुनिन्छ त्यस्तोछ त ? अलि गम्भिर भएर नियालौं।भनिन्छ कहिले काँहि “आफ्नै आँखाले देखेको र कानले सुनेको पनि सांचो हुँदैन।”
आखिर कम्युनिष्ट सिध्दान्त भनेको केहो?कम्युनिष्ट कुन बर्गको पार्टीहो?यसका आधारभुत श्रोत के हुँन?यस्को बारेमा अलि गम्भिर भएर अध्यायन गर्नु पर्छ।
कम्युनिष्ट बन्नलाई सबैभन्दा पहिलो सर्तहो भौतिकवादी दृष्टीकोण।आखिर यो भौतिकवादी दृष्टिकोण कस्तो हुन्छ?शंक्षिप्तमा भन्नु पर्दा बस्तुवादी वैज्ञानिक प्रकारका हुनुपर्छ।भौतिकवादले यो चराचर सामाजिक जगतलाई पदार्थ अनुसार ब्याख्य गर्छ।मानिसको चेतना पदार्थले उत्पादन गर्छ।उधारणको लागि माटो भएपछि माटोको बस्तु बनाउँने ज्ञानको बिकास भयो।माटो बाट ईंटा बन्छ कांचो ईंटा भन्दा पाकेको ईंटा बलियो हुन्छ पानीमा गल्दैन भन्ने जानकारी भयो।माटोको घैंईटा बन्छ त्यसलाई पनि पोलेर पानी बाट खराब नहुने खालको बनाईन्छ।फलाम लाई देखेपछि त्यसका तमाम औजारहरु बन्छन।,कपास र नाईलोन बाट कपडाहरु बन्छन आदी ईत्यादी हामीले देखेका बस्तुबाट दिमाखको बिकास भएको हुन्छ।जस्ले भौतिकवादी बिचार अगाल्छ त्यो पनि कम्युनिष्ट बनि सकेको हुँदैन।कम्युनिष्ट बन्नका लागि कम्तिमा पहिले भौतिकवादी बन्न सक्नु पर्छ।कम्युनिष्टहरुले अप्नाउँने आधारभुत सिधान्त केहो त?बर्ग शंघर्ष कम्युनिष्टको राजनीति हो।कां कार्ल हेनरिख मार्क्स र फ्रेडरिख एंग्लेस द्वौरा तैयार पारिएको सन१८४८को कम्युनिष्ट पार्टीको घोषणा पत्रलाई अध्यायन गर्दा कम्युनिष्टहरुको राजनीतिक भनेको मुख्य बर्गशंघर्षनै हो।त्यो कम्युनिष्टको बिधान र घोषणा पत्र अनुसार क.ब्लादिमिर ईल्याईच उल्यानोव(लेनिन)ले सन१९१७मा रुसमा बर्ग शंघर्ष समपन्न गरेर प्रामाणित गरेपछि त्यो यो दुनियाको प्रथम नौलो राजनीति जो पुँजिवादी ब्यबस्थाको ठिक बिपरित ब्यबस्था प्रयोगमा आयो।त्यहि कम्युनिष्ट पार्टीको यथार्थ राजनीति फार्मुला थियो।जस्ले दुनियालाई चकित पारेर पुँजिवादी केरेंस्कि सरकारको ठाउँमा कमेरा बर्गको हातमा सरकार ल्यायर देखाए।
त्यसको प्रभाव दुनिया भरिका धेरै देशहरु र संसार भरिका मज्दुरहरुलाई पर्नु स्वाभाबिक हो।भारत चीन जस्तै बिस्तारै हाम्रो देशमा पनि कम्युनिष्टको प्रभाव पय्रो।चीनमा भएको सन१९४९को नौलो जनवादी क्रान्तिले गर्दा नेपालमा बढी प्रभाव परेको थियो।
हाम्रो देशमा सदियौँ देखि धर्म क्रममा बिस्वावास गर्ने त्यो पनि हिन्दु धर्मको प्रभावमा रहेकोले।त्यहि अनुसारको रहन सहन चालचलन र परमपराको ढाँचागत बिकास भयको मानसिकताले गर्दा त्यो रुढीवादी बिचारलाई त्यागन नसकेका तर बर्ग भने काम सँग जोडिएका गरिब श्रमजीवी बर्गका मानिसहरुको बसोबास भएको मुलुकहो। यँहा सबैका छुट्टा छुट्टै देवताहरुछन कुलहरुछन,सबैका देवताले बलि माग्छन।उनै देवाली गर्ने मध्यका हामिहरुले आफुलाई काम्रेड भन्छौँ।अनि जब हामि अलौकिक शक्तिको भक्ति गरिरहेका हुन्छौँ भने हामि कसोगरि भौतिकवादी भयौँ?यदी हामि भौतिकवादी पनि बनिसकेकाछैनौँ भने कसरि कम्युनिष्ट बन्न सक्छौँ?त्यसले गर्दा नेपाल भित्र कम्युनिष्ट नामधारिको बिगबिगि भएपनि कम्युनिष्टको अनिकालछ।कम्युनिष्टको मात्रै होईन भौतिकवादीहरुको पनि अनिकाल परेकोछ।त्यसैले हामि जनता राजनीतिक अवसरबादको चक्रब्युमा फसेका हुन्छौँ।राता राता झण्डा,हंसिया र घन अंकित बोकेर चर्का चर्का भाषण गरेर कम्युनिष्ट भएको मान्नु हुँदैन।बन्दुक पड्काउँने पनि लाल सेना भएको हुंन सक्दैन।बिगतका दिनहरुमा हामिले बन्दुक पड्काउँनेहरुलाई देख्यौँ,उनिहरुले गरेको हत्याहिंशालाई भोग्यौँ।यसबाट हामिले शिक्षा लिनुपर्छ।कम्युनिष्टहरु सबै भन्दा पहिले भौतिकवादी र बर्ग शंघर्षलाई आत्मासाथ गरेका उर्जामान शंघर्ष शिल निडर ब्याक्ति जो आफु जस्तै गरिब श्रमजीवी र सर्वहाराहरुको हमदर्द मसिहा,आत्म त्यागि निस्वार्थ जनताको पक्षमा लड्ने हुन्छ।त्यस्तो ब्याक्ति नेपालमा भेटाउँनु हुन्छ भने त्यसलाई कम्युनिष्टकको मापदण्डले जोख्न सकिन्छ।
अहिलेका कम्युनिष्ट पार्टीका पिबि एम बनेकाले देवाली गर्नु कुल पुजा गर्नुलाई ठिक भन्नु हुन्छ।त्यो परिवराका सबै मित्रहरु सँग भेट घाट गर्ने माध्यायम हो भनेर आफुले सफाई दिनुहुन्छ।किन कि उँहाले आफ्नो त्यो कमजोरीलाई कम्युनिष्टको लोगोले ढाक्ने प्रयात्न गर्नु हुन्छ।
झारफुकमा सलङ्गनछन देवी देवतालाई पुज्छन।अनि उनै कम्युनिष्टको कार्याक्रम नीति निर्माण गर्ने मुखियापनि हुन्छन।त्यसले गर्दा हाम्रो देशको कम्युनिष्ट ब्यबस्था चरमराएकोछ।जब देशभित्र भौतिकवादनै छैनन् कम्युनिष्ट त धेरै टाडाको बिषयहो।जस्ले आफुलाई क्रान्तिकारी कम्युनिष्ट भन्छ सुख सुबिधा लिने बेला त्यो सबैभन्दा अगाडि हुन्छ।झौला भिरेकोछ जनता र देशको लागि क्रान्ति गर्छु भनेर समितिमा मज्दुरहरुले दिएको चन्दालाई फट्के सहयोग भनेर लिन्छ।
वास्तबिक भन्ने हो भने आफुले क्रान्तिनै गर्ने उदेश्यले झोला बोक्छ भने त त्यो बेग्लै देखिन्छ।यि धेरैजसो अल्छिहरु लसलाई कतै काम मिल्दैन कम्युनिष्ट भन्दै झोला बोक्छन।यिनिहरुले पेसाको लागि पेसेवर बनेका हुन्छन।जति बेला पार्टीले यिनको थोरै सहयोग कटौति गर्छ पलाएन हुन्छन।देश र जनक्रान्तिको लागि झोला बोकेकोले अन्तिम समय सम्म छोड्दैन भाग्दैन र लगातार जनताको माझमा आफुलाई धुर्व बनाएर उब्भाएको हुन्छ।नेपालको शन्द्रभमा त्यस्ता क्रान्तिकारी कम्युनिष्ट त छँदैछैनन् बरु अहिले पनि भौतिकवादी धरातलमा उभिएकाहरुको पनि केहि प्रतिसत नहुँन सक्छ।

चर्चामा

सम्बन्धित समाचार