मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • अस्पताल बाजुरामा महिला चिकित्सक द्धारा स्वास्थ्य सेवा

अस्पताल बाजुरामा महिला चिकित्सक द्धारा स्वास्थ्य सेवा

रोग लुकाउदै आएकि महिला पहिलो पटक खुल्दै

  • शुक्रबार, भदौ २५, २०७८
अस्पताल बाजुरामा महिला चिकित्सक द्धारा स्वास्थ्य सेवा

लक्ष्मीराज पाध्याय — जिल्ला अस्पताल बाजुरामा महिला चिकित्सक द्धारा स्वास्थ्य सेवा शुरु भएको छ । अस्पताल बाजुरामा डा. निमा महर्जनले बिरामीको उपचार गरिरहेको अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जैशीले वताएका छन् । अस्पताल बाजुरामा महिला चिकित्सकको सेवा प्रभाबकारी बन्दै आएको छ । बर्षौदेखी रोग पालिरहेका महिलाले अहिले उपचार सेवा पाईरहेका जैशीले वताएका छन् ।
डा. निमा महर्जन स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटले जिल्ला अस्पताल बाजुरामा पठाएको थियो । उनि बाजुरा अस्पतालमा ३ हप्ता देखी बिरामीको सेवामा रहेकी छन् । निमा अहिले दुुर्गमका बिरामीको सेवा दिनमा ब्यस्त छिन् । बिरामीलाइ चेक जाँच मात्र नभइ परामर्श सेवा समेत दिइरहेको अस्पताल प्रमुख डा. जैशीले वताए ।
दुर्गममा चिकित्सक नआउने समस्या त छदै छ, अझ महिला चिकित्सक आउनुले पनि डा. निमामा बिरामीको सेवा गर्ने भाबना रहेको पाईएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले वताएका छन् । बडिमालिका नगरपालिका ८ बस्ने धनजला रावलले भनिन्, अस्पतालमा महिला डाक्टर आएपछि महिलाहरुका स्वास्थ्य समस्या खुलेर राख्न पाएको वताईन् । पुरुष हुदा कुरा राख्न अलि ग्राहो हुने गरेको थियो, अहिले भने त्यस्तो समस्या नभएर खुलेर महिलाहरु स्वास्थ्य समस्या राख्ने गरेको अस्पताल ब्यबस्थापन समिति सदस्य गिता रावलले वताए ।
निमा भन्छन्, म पैसा भन्दा पनि सेवा गर्नुुपर्छ भन्ने भावनाले दुुर्गममा सेवा दिन आएको वताउँछन् । पहिला किताबमा दुुर्गमका समस्या र कथा ब्यथाका बारेमा पढने गरेको थिए, त्यहि भएर पनि यहाँ सेवा गर्न पुगेको उनले वताईन् । आफ्नो पहिलो एउटै लक्ष्य थियो, दुर्गममा आर्थिक अभाबमा सेवा नपाएका बिरामीको उपचारका लागि पुग्नु थियो, त्यहि अनुुसार पहिलो रोजाई बाजुरा बनेको वताईन् । महिला चिकित्सक अस्पताल बाजुरामा सेवा दिन पुग्दा बर्षौदेखी रोग लुकाउदै आएका महिलाहरुले पहिलो पटक खुलेर उपचार गर्न पाएका छन् ।
निमाले दैनिक २५ भन्दा बढि बिरामीको उपचार गर्ने गरेकी छन् । धेरै जसो पेट दुखेको बिरामी, महिलाको पाठेघर सम्बन्धि समस्या, चिलाउने, प्रजनन स्वास्थ्य सम्बन्धि समस्या ल्याएर आउने गरेको उनले वताईन् । महिलाहरु शुरुमा रोग लुगाउने गरेका छन्, बिस्तारै परामर्श दिदै जाँदा समस्याका बारेमा खुल्ने गरेका छन् । निमा आकस्मिक प्रसुति सेवा दिने चिकित्सक पनि हुन् ।
जिल्ला अस्पताल बाजुरामा पहिलो पटक ६ जना मेडिकल अधिकृतले सेवा दिइरहेका छन् । एकजना डेन्टल सर्जन डा. राजकुमार रोकाया समेत रहेका छन् । अस्पताल बाजुरामा एमडिजिपि चिकित्सक राख्नका लागि लागिरहेको तर बाजुरा आउन नमानेका कारणले समस्या रहेको व्यबस्थापन समिति अध्यक्ष भरत थापाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार