शुक्रबार, बैशाख १४, २०८१

तीज लघुकथा

  • शुक्रबार, भदौ २५, २०७८
तीज लघुकथा

यह के टि किन रोएको?आफ्नो काम धन्दा सम्हाल जा!पंहेला पंहेला आँखा गरेको ठुलो निदार भएको अलि कालो रंगको झण्डै हाफ्सि जस्तो अधेड ब्यात्तिले नुरी तिर पैजंन फ्याँक्दै भन्छ।कालो बर्ण भयको पहेंला आखा त्यसै माथि पान चबाएर राता लालि लगाएका जस्ता ओंठ देख्दै डरलाग्दो थियो।तर नुरी भने त्यो ब्याक्तिको निर्देशनलाई ध्यान नदिएर चुप चाप दैलो तिर नियाल्दै थि!मानौँ उस्लाई कसैको ईन्तिजार थियो।
उ सँग सँगै बसेका महिलाहरु उठेर आ-आफ्नो कक्षामा गए।आज तीज भन्दा पहिलेको शन्ध्या थियो जस्लाई दर खाने दिन पनि भन्छौँ।
मैले के भने सुनिन?त्यो ब्याक्ति फेरी नुरीलाई जिस्काउँदै एउटा फुलको गुच्छा उसै तिर फ्याँक्छ।नुरी उठेर आफ्नो रुम तिर जान्छे।उस्का आँखा बाट बर्षाको मुल फुटेको जस्तै आँसुको भेल बगिनै रहेको थियो।
सबै महिलाहरु उस्लाई सम्झाउँने लहेजामा नुरी किन आँसु बगाई रहेकिछस भन्दै सोध्ने कसै कसैले उस्लाई आफ्नो गला लगाएर थपथपाउँँने गर्दै थिए।मन त हो जस्लाई बितेको हुन्छ त्यसैलाई थाहा हुन्छ।सांझको बेला थियो मानिसहरुको घोंईचो लाग्यो।सबै आ-आफ्नो मन बहिलाउँन आएका सिकारीहरु जस्तै प्रत्येक महिलाहरु लाई नियाल्दै आफ्नो पसंदको रोज्दै थिए।यो बदशाला जिउँदा मान्छेहरुको बद्नाम घर जस्लाई ब्यस्यालय भन्छन।
दैलाको नजिकै एउटा बेञ्चमा कहि महिलाहरु बसेर बाहिर बाट आउँने सिकारीहरु को सिकार गर्न भनेर बसेका पनि थिए।उता एउटा ठुलो कोठामा गीत र नाच चलेको थियो।त्यो गीत र संगितले नुरीको हृदयमा तिखा सुयाले गोभेको जस्तै चसक्क चसक्क पार्दै थियो।उ नयाँ त थिईन केहि बर्ष बिताई सकेकीले बानि परीसकेको थिई। तर पनि कहिले कसो उस्ले आफुलाई सम्माल्न सक्दैन।अरुले पनि उस्लाई सम्झाउँन सक्दैनन्थे।
उ बस्ने रुम त्यही गीत गाउँने कोठाको माथि थियो त्यसलाई ताईखाना भन्थे।उ आफ्नो ताईखानामा गएर धेरै बेर रुन्छे एक्लै।
अनि कतिबेला उस्का आँखा लागे थाहानै भैन।दीदी काँ गईन आज दर पाकाउँने होईन?श्यामले दुधको बाल्टी तिर ईसारा गर्दै भन्छ!नुरी खाउँला भन्याहोलाश दिदिले पकाएको?खितितिति हाँस्दै भन्छे।आज त माईतिले पकाएर ख्वाउँनु पर्छ भाई!नुरीले थप्छे।अनि दर पकाएका हुन्छन।आमा बाको कति लाडलि छिन हाम्रो दिदि मैले त केहि भन्नै हुँदैन!श्यामले भन्छ।”
यो स्वर्ग जस्तो शुन्दर घरमा मिलेको परिवार सबैले माँयाको कोसेली आदान प्रदान गर्ने गर्दा!अचानक जोड्ले
केभयो केभयो?हाहा कार गाना कोठामा कुटाकुट चलेको ले नुरीको त्यो मिठो सपना भङ्ग हुन्छ।अहिले यति बेर त उ साँच्चै भन्दा आफ्नो घरमा थिई।दिन खुलेपछि उस्तै कोठाको जीन्दगी।रात्रि लगभग बाह्र बजेको थियो मूल ढोका बन्द गरेका थिए।भर्खर लडाई गर्नेहरुलाई पोलिसले छोपेर लग्यो।अरु आ-आफ्नो हात-मुख धुने र खानाको तैयारी गर्नमा जुटे।नुरीको निन्द्रा खुलेपछि फेरी उस्तै आँखाको भल बग्न थालेको थियो।आज आमाको हातको दर खाने दिनलाई सम्झेर होला।त्यो अहिले भोकै पल्टिएकि थिई,ज्युँदो लाश जस्तै भएर।ब्यस्यालयमा कालको पर्खाईमा।

चर्चामा

सम्बन्धित समाचार