शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • चाडपर्व आँउछन जान्छन !!

चाडपर्व आँउछन जान्छन !!

  • शुक्रबार, भदौ २५, २०७८
चाडपर्व आँउछन जान्छन !!

जनक बि सि

वार्षिकरुपमा चाडपर्व आँउछन जान्छन ।
परिवार समाजलाई र सिङ्गो देशलाई नै उत्तेजित बनाई खर्चीलाे बनाई दिन्छ ।

चाडपर्व आँउछन राताराता सारी चाेलिले छाेरि वर्गलाई चमत्कार ल्याई दिन्छ
घाटिमा जेठि र माईलि तिल्हरि झुन्डयाएर समाजलाई झनै खर्चीलाे बनाई दिन्छ ।

चाडपर्व आँउछन लाउने र खानेमा प्रर्तिशपर्धाले तछाड कि मछाड छन तर आफुलाई परिवर्तन गर्ने कुरामा पछाडि छन ।

चाडपर्व आँउछन ठाँटबाँठ भाेगबिलासमा दिनचर्या बिताउँछन समाजमा हत्या बलात्कारले सिमा नाघेका छन न्यायकाे आवाज ओझेलमा परेका छन ।

चाडपर्व आँउछन पुरानै साँमन्त सैलिमा अगाडि बढाउछन तर क्रान्तिका मार्ग दर्शन अनुरुप आफुलाई परिवर्तन गर्न पछाडि परेका छन ।

चाडपर्व आँउछन जान्छन तर साँमन्त पुँजिवादि संस्कार अन्त्य गर्न आफुलाई परिवर्तन गर र २१ आै सताब्दि युग सुहाउँदो संस्कारकाे बिकाश गर ।

चर्चामा

सम्बन्धित समाचार