शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • शंघर्ष बिना संकट टलदैन!

शंघर्ष बिना संकट टलदैन!

  • बिहिबार, भदौ २४, २०७८
शंघर्ष बिना संकट टलदैन!

सुरेशकुमार पान्डे — मानिसहरु आज एति धेरै उल्झनमा फस्दै गयो उस्लाई आफु कँहा पुग्यो आफैलाई थाहाछैन।जँहा पैसा प्रधान हुन्छ त्यँहा मानवता र रिस्ता नाता यि सबैको यहमियत घट्दै गएको हुन्छ।अहिले यस्तोछ पुँजिवादको बिरुद्धमा शंघर्ष गर्दा पनि पुँजी चाहिन्छ।कसैले कसैलाई निकासको मार्ग सित्तैमा बताउँदैन।

गरिब बेरोजगार र असाय ब्याक्तिहरुको बल्झिएको समस्या सुल्झिँदैन त्यसैमा उल्झेर उस्ले दमतोड्छ।न्याय निसाब त मिल्नै सक्दैन।तरपनि जन्मिएपछि बाँच्नै पर्छ,आत्महत्या पनि अप्राधहो यँहा हत्या गर्नेहरु त उम्किन्छन तर आत्महत्या गर्नेको परिवार उम्किन सक्दैन।यि सबै खाले समस्याको हल कसरी गर्ने?आजको बिषय बस्तु यहि हो।
असाय कम्जोर गरिब मानिस सँग मुख्य रुपमा दुईवटा बाटाहरु हुन्छन।एउटा त्यो बाटो जो हामि सदैभरी दबिएर,कुल्चिएर नारकिय पसु तुल्य जीवन जिउँने।आर्को भिद्रोह गर्ने।बिद्रोह गर्ने तौर तरिका पनि दुई प्रकारका हुन्छन एउटा संगठित रुपमा एउटा असंगठित रुपमा।असंगठित रुपमा बिद्रोह गर्नुको मत्लब एकप्रकारको आत्महत्या जस्तै नैहो।संगठित बिद्रोह गर्नेहरुले जीत्न सक्छन।यो एउटा राजनीतिनैहो हामिले जन्मिएपछि गर्दै आएको राजनीति।यसमा हार भयपनि अन्तत्वगत्व विजय नै हुन्छ।ईतिहाशका कयौं कालखण्डमा हामिले देखेकाछौँ संगठित शंघर्षकै परिणाम जीत हुन्छ।त्यसको अर्थ यो पनि होईनकी तत्काल फाईदा मिल्छ।कयौँ पल्ट हारेपछि एकपल्ट जीत हुन्छ।हामि सबैको लडाई सए प्रतिसतको हो तर कहिलेकाहीँ एक प्रतिसतमा टेकेर उनान्सौ प्रतिसतको लागि शंघर्ष गर्नुपर्ने हुन्छ।
मानिदेउँ नेपालमा सतिप्रथाको लागि लामू समय सँग शंघर्ष भयो।कयौँ निर्दोशहरुको ज्यान गयो पनि तर जब जीत भयो त्यसपछि समाज बाटनै त्यो कलंक बिस्तारै हराउँदै गयो।यो हाम्रो देशको एउटा प्रतिनिधि मुलक घटनाको उधारण हो।
जब देशमा १०४बर्ष सम्म राणाहरुले राज गरे त्यो द्वौरानमा सैकडौंले त्यसको बिरोध गरे हजारौँ संगठित आन्दोलनमा खटे कयौँ ब्याक्तिहरुले आफ्नो जीवन लिलानै समाप्त गरे।राणा कालिन दमनमा जनताहरुलाई राणाले बर्बरता पुर्वक दमन गरेर बिभत्स हत्या गर्थे।शुक्रराज शास्त्री, धर्मभक्त माथेमा,गंगालाल श्रेष्ठ, दशरथ चन्द लगायतका राणा कालिन ब्यबस्थामा घटाईएका यिनि प्रतिनिधि मूलक घटनाहरु हुन।कसैलाई गोलि ठोकेर माय्रो,कसैलाई सिफिलमा झुण्डाएर मारियो उनिहरुको शंघर्षको परिणाम राणाको साशनको अनत्य भयो।त्यो एउटा ऐतिहाशिक उधारणहो।राजतन्त्रको खिलाफ शंर्घष गरेर देशमा गणतान्त्रिक ब्यबस्था ल्याउँदा पनि धेरै मानिसहरु मारिए।तरपनि अन्तिममा जीत सत्यको भयो।यो संगठित आन्दोलनहरुले गरेको शंघर्षको परिणाम हो।हामिले देश र जनाताको हितमा गर्ने लडाई वा न्यायप्रेमि आन्दोलनहरु बाट क्षाणिक रुपमा हार भयता पनि अन्तिममा जनताको जीत हुन्छ।
सवाल लडाई लड्ने संगठनको नियत ठिक हुनुपर्छ।यदि २०४६सालको जन आन्दोलनमा सबै पाल्टीले सम्बिधान सभाको लागि शंघर्ष गर्थे भने त्यो बेला सम्बिधानको निर्वाचन हुनेथ्यो।देशले बिकासमा फड्को मार्थ्यो।तर बिभिन्न पार्टीहरु आ-आफ्ना स्वार्थमा उल्झिए त्यसैको फाईदा राजतन्त्रले उठायो।सम्बिधान सभाको माग गर्ने एउटा नेकपा मसाल मात्र भयो।उस्को त्यो बेला पनि उपहास गरे स्याल हुईया भने आदि यित्यादी यि सबैले सत्ताको लोभमा आफ्नो जिम्मेदारीलाई भुतुक्कै बिर्शिए।आखिर त्यो लामूँ शंघर्ष पछि हजारौँ मानिसहरुको चिहान पछि त्यहि सम्बिधान सभा सबैको मिलन केन्द्र भयो।त्यसले के बुझाउँछ भने गलत बिचारको बिरुद्धमा ठिक बिचारको शंघर्षले विजय प्राप्त गर्नेरैछ।
त्यसपछि पनि अन्तरिम सम्बिधानमा संघियतालाई लाई घुशाउँन सफल भए पछिको यो अबस्था त्यहि संघियताको ईर्दगिर्द फन्को मारिरहेकोछ।देशले अहिले पनि निकास पाएकोछैन।त्यो संघियताको बिरुद्धमा उभिएको एक्लो धुर्व पार्टी पनि नेकपा मसालनै थियो।
तर अहिले त्यो संघियताको बारेमा जनमत तैयार हुदैछ त्यसलाई नफाल्दै देशमा सान्ति शु ब्यबस्था आउँन सक्दैन भन्ने बुझि सकेपछि एकदिन सबै पाल्टीको त्यो पनि मिलन केन्द्र हुन्छ र त्यसलाई फाल्छन।यसरि क्रमिक रुपमा शंघर्ष चल्दै विजयको मार्ग तिर अग्रसर हुँदै आएको हुन्छ।
हाम्रो देशमा बिदेशीहरुको तिखो नजर रहिरहेकोछ।छिमेकी देशले सुस्त सुस्त देशको सार्वभौमिक्ता र अखण्डता माथि अतिक्रमण गर्दै आएको यो सम्बेदनसिल बस्थामा।देशलाई स्वतन्त्र राख्न ठुलो शंघर्ष को खाँचो रहिरहनेछ।त्यहि प्रकारले अहिले आईपरेको एमसीसी समेत हाम्रो देशको लागि जटिल बनेर उभियकोछ।
राष्ट्रीयताको शंघर्ष त्यो बेला बढि जटिल बन्न जान्छ जुनबेला देशभित्रका अग्रणिय नेताहरुले त्यसलाई स्विकारगरेर साम्राज्यावादको नाङ्गो दलालि गर्न थाल्छन त्यो बेला अबस्था झनै पेचिदा भयर उभिएको हुन्छ।अहिलेको अबस्था भनेको ठिक त्यस्तैहो।अहिले देशका सबैजसो जनता एकतिर छन।उनिहरुले रातोदिन एमसीसीको बिरुद्धमा देशबिदेशमा शंघर्ष गरिरहेकाछन।भने कयौँ पार्टीका कयौँ ठुला नेताहरुले स्वयाम सरकारमा बसेका पार्टीका ठुलो नेताहरुले त्यसलाई पारित गराउँन जोड लगाएकाछन।यो सत्ताको दुर्पयोगपनि हो जो देश र जनताको खिलाफको कार्यक्रमलाई पारित गराउँन यसरि जोड लगाएकाछन।
यस बारेमा जनताले बुझ्दै जान्छन र यि देशमा प्रवेशपाएका कथित नेताको ओटमा राष्ट्रघाती सन्धि सम्झौताहरु पनि खारेज गर्दै जानेछन।देश जनताको हो मात्र यि मुठ्ठिभर नेताहरुको होईन।हाम्रो कहिले गुलाम नभयको र एउटा असलंगन राष्ट्रलाई चीनको बिरुद्धमा उभ्यायर देशलाई विस्वकै मानचित्र बाट हटाउँने ब्रिटिस इण्डियाको यो योजनालाई लागु गर्न दिनु हुँदैन।यो अमेरिकाको साम्राज्वावादले चीनलाई घेर्न ल्यायको मिलिनियम कार्पोरसन च्यालेञ्जर क्याप्टले हाम्रो देशलाई अनुदानको मिठो बिषमा फसाएर देशलाई आर्को तालिवान बनाउँने योजना बनाएकोछ भनेर बुझ्नुपर्छ।जनताले यस्को बिरुद्धको आन्दोलनलाई सिखारमा नपुराउँने होभने एमसीसीले देशलाई नामेट पार्नेछ।

चर्चामा

सम्बन्धित समाचार