शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिका ४ मा पहिरोले एक घरमा क्षेति, दर्जनौँ घर जोखिममा

खप्तड छेडेदह गाउँपालिका ४ मा पहिरोले एक घरमा क्षेति, दर्जनौँ घर जोखिममा

  • सोमवार, भदौ २१, २०७८
खप्तड छेडेदह गाउँपालिका ४ मा पहिरोले एक घरमा क्षेति, दर्जनौँ घर जोखिममा

बाजुरा — बाजुराको खप्तड छेडेदह गाउँपालीका वडा न ४ मा आइतबार राति आएको अबिरल बर्षाका कारण पहिरो जाँदा एक घर भत्किएको छ । खप्तड छेडेदह गाउँपालीका वडा न ४ गुइबन स्थति नाउली टोलमा पहरिोले वीर बहादुर धामीको घर भत्किएको हो ।
आइतबार राति गएको पहरिोले धामीको घर भत्कीनुको साथैै २२ घर परविार बिस्थापति भएको रुपेश धामीले बताएका छन । लगातारको वर्षापछि गएको पहरिोले गर्दा घरमा भएको खाद्यान्न, भाँडा कुडा लगाएत जम्मा ३ लाख ४६ हजार ८ सय भन्दा बढीको क्षेति भएको प्रहरीले जनाएको छ । साेही घरमा रहेका एक जना घाइते समेत भएका छन । घाइते हुनेमा घर धनी वीर बहादुर धामी र उनकी श्रीमती सामान्य घाइते भएकाे स्थानिय रूपेश धामीले बताएका छन ।

No description available.
खप्तड छेडेदह गाउँपालिका वडा न ४ गुईबनका १ सय २० परिवार बिगत २३ बर्षदेखी पहिरोको त्रासमा लडीबुडी गरीरहेका छन । खप्तड छेडेदह गाँउपालिकामा मात्र दर्जन बस्ति पहिरोको जोखिममा रहेको रहेका छन । सो मध्यकै सबै भन्द बढि पहिरोको जोखीममा रहेको गुइवन बस्ती हो । २०४८ सालबाट सामान्य चिरा परेको गुईबन गाउँको मूनीको भिर भासिदै गएपछि १ सय २० परिवार पहिरोको उच्च जोखीममा रहदै आएका छन ।
खप्तड छेडेदह गाउपालिका ४ गुईबनको गाँउ माथिबाट २०५६ साल देखी गाउँ नजिकै पहिरो पुगेको स्थानीय कृष्ण बहादुर धामीले बताए । २०५६ साल देखी हामी निरन्तर यही पहिरोसंग लडीरहेका छौँ उनले बताए । उनले भने बर्षतको समयमा कहिलै राम्रोसंग न खाना खान पाउछाैँ न निदाउँन पाएका छौ रातदनि जागाराम बस्ने गरेको उनले बताए । बाजुराका दर्जनौ बस्ति अहिले पनि पहिरोको उच्च जोखीममा रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार