बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • को बन्न सक्छ नेपाली काँग्रेस बाजुरा प्रदेश (क) को सभापति ?

को बन्न सक्छ नेपाली काँग्रेस बाजुरा प्रदेश (क) को सभापति ?

  • सोमवार, भदौ १४, २०७८
को बन्न सक्छ नेपाली काँग्रेस बाजुरा प्रदेश (क) को सभापति  ?

बाजुरा — बाजुरामा नेपाली काँग्रेसको १४ औँ महाधिबेशन तथा ७ औँ जिल्ला अधिवेशन नजिकिदै गर्दा बाजुरामा पनि महाधिबेसनको माहोल तात्दै गएको छ ।
नेपाली काग्रेस भित्र गुटबन्दीले गर्दा कसलाई कुन ठाउँमा लडाउने भन्ने होडबाजी पनि चलिरहेको हो । अधिबेशन केन्द्रीत भएर जिल्ला बाहिर बस्ने नेता तथा कार्यक्रताहरु पनि जिल्लामा आउने भित्रीने क्रमसंगै अधिबेशनको चुनावी माहोल तात्दै गएको नेपाली काग्रेसका नेताले बताए ।
संस्थापन र प्रजातान्त्रिक काँग्रेस बिच गुट उपगुटको अंक गणीतीय खेल चलिरहेको र कसले कसालाई कुन पदमा उम्मेद्धारी दिन लगाउने भन्ने बिषयमा होडबाजी चलिरहेको काग्रेस बाजुराका नेताहरु जोड घटाउमा लागेका बताउने गरेका छन ।
यसै क्रममा जिल्लाको पूर्वीउत्तर प्रदेश निर्बाचन क्षेत्र (क) मा अंक गणितीय खेल सामाजिक संजालमा बहसको बिषय बनाईएको छ । बाजुराको प्रदेश क क्षेत्रमा सभापति कसलाई दिने भन्ने बिषयको बहसले सामाजिक संजालले तताएको छ । जसमा गोबिन्द्र बहादुर मल्ल, पदम कुमार गिरि, नारायण पाध्याय, नरेन्द्र कुमार रोकाया, रामबहादुर वोहोरा, मोहोनसिहं कार्की, शुभर्दा पाण्डे र छत्र बहादुर मल्ल गरी आठ जनाका नाम सार्बजिनक गरिएका छन ।
नेपाली काग्रेसका बिद्यार्थी नेता रबिन्द्र रोकायाले माथि उल्लेखीत नेताहरुको नाम सामाजिक संजाल मार्फत सार्बजनिक गरेका छन । सामाजिक प्रयोगकर्ता तथा नेपाली काँग्रेसका नेता कार्यकर्ताले आ आफ्नो बिचार कमेन्ट बक्समा राखेका छन् । आफ्नो बिचार अन्य बार्टीसंग आस्था राख्ने नोता कार्यकर्ताहरुले समेत राखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार