बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा मास्क नलगाई हिडडुल गरेवाफत २२ हजार भन्दा बढि जरिवाना संकलन

बाजुरामा मास्क नलगाई हिडडुल गरेवाफत २२ हजार भन्दा बढि जरिवाना संकलन

  • आइतवार, भदौ १३, २०७८
बाजुरामा मास्क नलगाई हिडडुल गरेवाफत  २२ हजार भन्दा बढि जरिवाना संकलन

बाजुरा — बाजुरामा कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्ने उदेस्यका साथ तपाईको मास्क खोई अभियान संचालन पश्चात जिल्लामा जरिवानामा परेकाबा २२ हजार ६ सय रकम संकलन भएको छ । मास्क लगाउन अनिवार्य गरे पनि सर्वसाधारणले अटेर गर्दा एक सय रुपियाँ जरिवाना लगाइएको थियो । भदौ १ गते देखी संचालन भएको सो अभियान अन्तरगत १२ गते सम्मको तथ्याङ्क अनुसार २२ हजार ६ सय रुपैया संकलन भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बजार अनुगमनका क्रममा मास्क लगाउन अटेर गर्नेलाई एक सय रुपियाँ जरिवाना गराइएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन । भदौ १ गते देखी गरिएको सो अभियानमा ४ गते ६ गते  कोही पनि कार्बाही नपरेको तथ्याङ्क रहेको  छ ।

No description available.

जिल्लामा प्रजिअको नेतृत्वमा भदौ एक गते देखी मास्क लगाउन आग्रह गर्दै जनचेतना कार्यक्रम थालिएको थियो । ‘एक सातादेखि सचेतनामूलक कार्यक्रम गर्‍यौं तर पनि नागरिकले अटेरी गरेपछि सचेतनासँगै दण्डको व्यवस्था गरेका छौं,’ प्रजिअ अधिकारीले भने, ‘मास्क नलगाई बजारमा हिंड्नेलाई अन द स्पट जरिवाना गर्दा कुनै दिन बढि मान्छेहरु पनि कार्बाही स्वरुप जरिवानामा परेका छन ।’ जरिवानामा पर्नेहरूमा धेरै जसाे मास्क लगाउनु पर्छ भन्ने थाहा पाएकै हरू परेकाे जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,उद्योग वाणिज्य संघ गैरसरकारी संघसंस्थाहरुले कोरोनाबाट बच्नका लागि मास्क अनिवार्य लगाउन आग्रह गर्दै प्रचारात्मक कार्यक्रम गर्दै आएका छन ।
यति गर्दा पनि सर्वसाधारणले मास्क लगाउन अटेर गरेपछि बाध्य भएर जरिवाना लगाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । मास्क नलगाई हिँडेकालाई जरिवाना काट्दै मास्क दिंदै गरिएको छ । १ गते देखी १२ गते सम्म २ सय २६ जनालाई जरिवाना गराइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार