• होमपेज
  • विचार/ब्लग
  • कुरा भित्रको कुरा!

कुरा भित्रको कुरा!

  • शनिबार, भदौ १२, २०७८
कुरा भित्रको कुरा!

सुरेशकुमार पान्डे —  आखिर कम्युनिष्टहरुको उदेस्य के थियो।
आज देशभित्र धेरै हाँगा बाङ्गा भएका कम्युनिष्टहरु देखिन्छन।संसारमा एउटा मात्र कम्युनिष्ट पार्टी हुँनुपर्ने।घोषणा पत्र र बिधान पनि एउटै हो।तर आ-आफ्ना देशको अबस्था अनुसारको कम्युनिष्टहरु निर्माण गरियो त्यो पनि ठिकैहो।कसैले मार्क्सवाद लेनिनवादी सिधान्तमा टेकेर आफ्नो देशको परिस्थिति अनुसारको न्युनतम कार्यक्रम बनाउँनुलाई पनि बेठिक भन्न सकिदैन।जस्तै रुसमा समाजवादी क्रान्तिको आबस्याकता थियो त्यँहा लेनिनले समाजवादी क्रान्ति गरेर देखाए।चीनमा माओले समाजवादी क्रान्ति एकैसाटो सम्भव देखेनन् उन्ले नौलो जनवादको प्रतिवादन गरेर चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न पारे।
हाम्रो देशमा पनि आर्थिक बिकास भैसकेकोछैन चीनको पुरानो अबस्था सँग मेल खाने भएपछि हाम्रो देशमा मार्क्सवाद -लेनिनवाद र माओ त्सेतुङ्ग बिचारधारा अनुसार देशमा नयाँ जनवादि क्रान्तिको आबस्याकता महेशुर्ष गरेर देशभित्र नौलो जनवादी क्रान्ति गर्ने तर त्यसको लागि आधार तैयार पार्ने तिर कम्युनिष्ट आन्दोलनको सुरुवात भयो।न्युनतम नौलोजनवाद अधिकतम समाजवाद र साम्मवादनै हो।त्यहि उदेश्यले देशमा २००६सालमा कम्युनिष्टको गठन भयो।२०२८सालका क्रान्तिकारीहरुको पतन पाँचौ महाधिबेशन पछि जनताको बहुदलिय जनवादमा पतन भयो।मालेमा बिचारधारा छाडेर उनिहरुले मार्क्सवाद लेनिनवादी पार्टी निर्माण गरे।मदन भण्डारीलेनै जनताको बहुदलिय जनवाद नाम राखेर नौलो जनवादलाई छाडे।त्यसपछि त्यो पार्टी ठुलो त भयो तर सैधान्तिक रुपमा उ पतन भयो।उस्ले कम्युनिष्टको आधारभुत सिध्दान्त बर्गशंघर्षलाई छाड्यो।
कम्युनिष्टको आधार भुत शिधान्त बर्गशंघर्षलाई छाडे पछि त्यँहा बर्ग समन्वयको सुरुवात भयो।उनिहरुले राजा समेतलाई चुनाउँलडेर आफ्नो अस्तित्व जोगाउँने सुझाब समेत दिएका थिए।जव कम्युनिष्ट आफ्नो सिधान्तबाट खस्छ त्यो भित्र सबै तह र तप्काका ब्याक्तिहरुको प्रवेश हुन्छ।अनि उनिहरुको पार्टी ठुलो हुन्छन।एउटा कम्युनिष्ट सर्वहाराले चुनाव चित्ने चान्स धेरै कमहुन्छ।चुनाव जित्नको लागि आजको अबस्थामा धन चाहिन्छ।धन कहाँ बाट आउँछ?मारवाडिहरु बाट भ्रष्टचारिहरु बाट, अनि कालाबजारी तस्कर आदी ब्याक्तिहरु सँग धनलिएर चुनाव लड्नेहरुले कस्को सेवागर्छन।त्यो कम्युनिष्टको (क) बुझेको ब्याक्तिहरुले पनि बुझ्नेछ।
अहिले देशमा कयौँ कम्युनिष्टहरुको गुट उपगुटहरुछन ति गुटहरु कुनै सैधान्तिक मतभेदले टुक्रिएका कम आफ्नो स्वार्थमा बिभाजित भएका धेरैछन।धेरैजसो त कम्युनिष्ट बिचारधारा लाई पचाउँन नसकेर आपसमा टुक्रिएका,आपसमा मनमोटुवा भएर अलग भएकाहरु नै बढिछन।कुण्ठा ग्रस्त भएकाहरुको धेरै गुटहरुछन।कुनै गुटले चर्का र अतिरञ्जित नारा लगाए पछि जनताले यस्ले केहि गर्छकी भनेर सपोर्ट पनि गर्छन त्यसैको परिणाम बिगत का कयौँ उग्रवाम्पन्थि आन्दोलनहरु भए।यि आन्दोलन सस्त्र र अराजक प्रकारका उग्र गतिबिधिहरुले देशको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई धेरै पछि ढेकल्न सफल भयकोछ।यो कस्को ईसारामा भएको हो?के यो स्वासंपुर्त रुपमा भयो वा यसभित्र कसैको ठुलो शड्यन्त्रछ?यसलाई बुझ्नैपर्नेछ।कम्युनिष्ट आन्दोलनलाई सखाफ पार्ने अभियानको रुपमा विस्व प्रतिकृयावादी शक्तिको ईसारामा त यो काम भएकोछैन?किन पटक पटक क्रान्तिकारीहरुको बिचाम यस्तो सदैभरी हुन्छ र हुँदै आएको पनिछ।यो कुराको भित्रको कुराहो।जस्लाई बुझ्न धेरै मिहेनत गर्नुपर्छ होला पार्टीहरुका कृयाकलाप र कम्युनिस्ट आन्दोलनको पृष्ठभुमिको अध्यायनले बिस्तारै प्रष्ट पारेर जानेछ।तर कम्युनिष्ट आन्दोलन पटक पटक फुट्नुले कम्युनिष्ट आन्दोलनलाई नै नोक्सान भयको हुँन्छ भन्नेकुरा स्वायम कम्युनिष्ट बिचारधारालाई चाहाने सच्चा कम्युनिष्टहरुले पनि किन बुझ्दैनन् र आफै पनि फुट गुटमा सामिल हुन्छन त्यो कम्युनिष्टहरुको लागि बिड्मबनानैहो।
कयौँ मित्रहरुले गलत बाटो छोप्दा दुःखलाग्छ सकेसम्म साथि आफ्नै घरमा फर्किए हुँनेथ्यो भन्ने ठुलो सोँच हुँन्छ उनिहरुलाई सम्झाउँने प्रयात्न गर्दा उँहाहरुले हनूमान भनेर उपहाश गर्नुहुन्छ।कयौँले गालि गलौच गर्छन किन?अहिले जहिले कम्युनिष्टहरु फुट्छन उहिले उहिले गैर कम्युनिष्टहरु प्रतिकृयावादीहरु र दुश्मन शक्तिहरुले खुसि मनाउँछन।खुब पार्टी गर्छन हामि कम्जोर भयौँ भने उनिहरु बलिया हुन्छन भन्नेकुरा किन नबुझेको?यो कुरा भित्रको कुरा कसैलाई थाहाछ?

चर्चामा

सम्बन्धित समाचार