शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • समस्य सँग शंघर्ष गर्ने कि समस्य सँग भाग्ने?

समस्य सँग शंघर्ष गर्ने कि समस्य सँग भाग्ने?

  • शनिबार, भदौ ५, २०७८
समस्य सँग शंघर्ष गर्ने कि समस्य सँग भाग्ने?

सुरेशकुमार पान्डे — मानिसलाई जब कुनै समस्य आईलाग्छन त्यसपछि मुख्य दुईवटा बाटा हुन्छन।पहिलो बाटो आई परेको समस्यको बिरुद्धमा शंघर्ष गर्ने,दोस्रो बाटो समस्य सँग भाग्ने।यि दुबै बाटा मध्य एउटा बाटो चुन्नैपर्छ।कुन बाटो चुन्ने ?त्यो हाम्रो हातमा हुन्छ।
एक जना क्रान्तिकारीले पहिलो बाटो चुन्छ किन कि क्रान्तिकारीको परिभाषानै शंघर्षहो त्यसकारणले उस्ले समस्य सँग शंघर्षको बाटो चुन्छ।जीत हार त्यो छुट्टै बिषयहो जीत पनि हुन्छ हारपनि हुन्छ तर अन्तिममा जीत हुन्छ।समस्य सँग लड्नेहरुको हार भन्दा जीतको सम्भावना बडिहुन्छ।जो लड्दै लड्दैन आत्म सम्पर्ण गय्रो वा समस्य सँग भाग्यो त्यो जीवनभरि भागि रहन्छ।समस्य भनेको त हाम्रो प्रछाईहो हामि जति भागेपनि समस्यले हामिलाई छाड्दैन त्यो हामि सँग सँगै भाग्छ।उधारणको लागि”हाम्रो समाजमा जातिय बिभेद सदियौँ देखिछ।हामिले बाहुँन क्षेत्रि, दलित र जनजातिहरुको बिच थुप्रो बिभेद देख्दै आएकाछौँ।त्यहिप्रकारले स्वयम यि जातिहरुको बिचमा पनि उप जातिहरु छन।जो आपसमा पनि बिभेदछ हाम्रो समाजको यो यथार्थ हो।जातिय बिभेदको समस्य बाट पिडित भएका कयौँ ब्याक्तिहरुले त्यो समाजिक बिभेद बाट जोगिन आफ्नो जाति परिवर्तनको बाटो पनि छोपेकाछन,कयौँले आफ्नो जातलाई लुकाएर समाजमा मानवता बराबरीको सम्मान पाउँने प्रयात्न गर्छन भने त्यो गलत प्रबिति हो।
त्यसो त उनिहरुले समाजमा शंघर्ष गर्न नसकेर भागेका हुन्छन।के त्यसले उनिहरुको समस्य समाधानहोला?पक्कै पनि हुँदैन त्यो क्षाणिक आत्मसन्तुष्टि मात्रैहो।अन्तत्वगत्व उनिहरुलाई शंघर्ष गर्नैपर्छ।
कसैलाई दलित भनेपछि रिस मान्छन भने उनिहरुमा पनि सामन्ति संस्कारले घर जमाकैछ भनेर बुझ्नुपर्छ।सार्की कामि दमाई, आदि दलित जातिहरुले बाध्यताले जातिलाई लुकाएको भएपनि त्यो गलतहो।जाति हुँनुलाई हामिले गलत मान्दैनौँ जातिय भेदभाव गर्नुलाई गलत ठान्दछौँ।बाहुन क्षेत्रिलाई बाभुन क्षेत्रि भन्निन्छ भने कामि सार्कि वा दमाई लाई त्यहि भन्नुपर्छ।मगरलाई मगर भन्नुपर्छ।तर जुनसुकै जातिका मानिस भयपनि सम्मान गरेर सम्बोधन गर्नुपर्छ।जातिय आधारमा बिभेद गर्नु गलतहो,जातिय छुवाछुतलाई सम्बिधानमा अप्रध भनियकोछ।सम्बिधान बमोजिम जातिय आधारमा कसैलाई अपमानित गरिन्छ भने त्यो अदालतको दैलो खटखटाउँन सक्छ।तर दलितलाई दलित किन भन्यो भनेर कसैले कसैलाई भन्नु मिल्दैन किनकि दलित बाहुन र जनजाति यो हाम्रो पहिचाननै हो।
आफ्नो जात लुकाउँनु कायर्ताहो।हामि कामिहौँ तर कामि भयकै नाताले हामिमाथि बिभेद नगरियोश छातिखोलेर भन्नुपर्छ।आफ्नो जाति लुकाउँने अथावा जाति परिवर्तन गरेर आफ्नो समस्य समाधान हुनुको सट्टा बढ्छ।”
हामि सबैले हाम्रो समाजिक नजरियालाई बदल्नु पर्ने आबस्याकताछ।समाजमा भयको जातिय बिभेदको अनत्य गर्न समाजलाई सचेत गर्नुपर्छ।मात्र सम्बिधानमा लेखेर समस्य हल हुँदैन त्यहि अनुसारको ब्यबहार गर्नुपर्छ।यसबारेमा दलितहरु नै बढि सचेत र संगठित हुँनुपर्ने आबस्याकताछ।दलित भित्र पनि उपजातिहरुको बिचमा अहिलेपनि छुवाछुत ब्रकरार छ।त्यसको पहिले अनत्य गर्नुपर्छ।त्यसको अनत्य बिना दलितहरुको बिचमा गाडा एकता हुँन गारोछ।
हामिले कुनै जातिय आधारको हिंशक आन्दोलनको उठान गरेर समस्य बाट छुट्कारा पाउँन सक्दैनौँ।समाजलाई सचेत गरेर थाईरुपमा यो समस्यबाट बिस्तारै छुट्कारा पाउँनेछौँ।
अहिले कतिपय साथिहरुले दलितको समस्य बाहुँन सँग लडेर समाधान हुन्छ भन्छन।यसबेरामा उनिहरुको भन्दा पनि बिगतको माओवादि आन्दोलनको गलतिछ।किन कि त्यो बेला दलित र बाहुनको बिचमा लडाई गराउँने गरियो।बाहुनको जनाई छिंडाल्ने टुप्पि काट्दिने,जवर्न घरमा घुस्ने जस्ता अराजक प्रकारका काम गराईयो।आखिर त्यसले समाजलाई सचेत होईन बरु झन आर्को खेमालाई दलितको बिरुद्धमा एकजुट बनायो,परिणाम सुन्य।त्यो ढुकढुकि अहिलेपनि ब्यापक भेटिन्छ।
वास्तबिक रुपमा जातिय मुक्तिका लागि स्वायम पिडित जातिहरुले संगठित भएर समस्यलाई गम्भिर रुपमा बुझेर बर्गियकृत गरेर जानुपर्छ।किन कि कयौँ क्षेत्रि र बाहुँनहरुले पनि जातिय बिभेदको बारेमा आजिवन शंघर्ष गर्दै आएकिछन।जातिय हिंशा बाट देश सखाफ हुन्छ तर जातिय आगो पालि सल्कियो भने त्यो सितियिति निभ्नेछैन।
हाम्रो समाज अहिले पनि अर्ध सामन्ति प्रकारकोछ त्यसले गर्दा कयौँ बाहुँनमा आफ्नो जातिय अहेंकार अबस्य पनिछ।त्यसको अर्थ जातिय शंघर्ष गर्दा समस्य समाधान हुन्छ भन्ने कसैलाई लागेपनि त्यो गलत बिचारहो।हामिले बर्गिय आन्दोलनमा जोड दिएर जानुपर्छ।
हाम्रो बिचमा आएका दमाम समस्यहरु सँग हामि शंघर्ष गरेर मात्र सहि लक्षमा पुग्न सक्छौँ भागेर होईन।भागेर क्षाणिक रुपमा आत्मसन्तुष्टी पाएपनि समस्य झनै बढेर गएको हुन्छ।

चर्चामा

सम्बन्धित समाचार