शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • तालिवानको कब्जामा अफ्गानिस्तान!

तालिवानको कब्जामा अफ्गानिस्तान!

  • बुधबार, भदौ २, २०७८
तालिवानको कब्जामा अफ्गानिस्तान!

सुरेशकुमार पान्डे —  अहिले फेरी अर्को पटक अमेरिकी प्रसाशनले तालिवानको अगाडि घुंडा टेकेकोछ।तर कति दिन सम्म तालीवानको अधिनस्त रहन्छ अफगानिस्तान त्यसबारे अहिलेनै केहि भन्न सकिदैन।तर अमेरिकी साम्राज्यवादले उनिहरुलाई सजिलरी सरकार चलाउँन दिनेछैनन।कुनैन कुनै बहानामा फेरि उल्झाउँने शड्यन्त्र रच्नेछन।
अर्को तर्फ तालिवान एकप्रकारको ईश्लामिक कटर पन्थिहरु हुन।यिनिहरुको बिगतको कार्यप्रणालि बाट संसारभरीका देशहरुनै असन्तुष्ट भएका थिए।
अफगानिस्तानमा अमेरीकि नेतृत्ववाला सैनाले तालीवानलाई सन२००१मा सत्ता खोसेको थियो।अहिले करिब दुई दशक पछि फेरी अफ्गानिस्तान तालिवानको कब्जामा आएकोछ।यसबारेमा अमेरिकाको कट्पुत्लि सरकारको प्रसाशनले पहिलेनै जानकारि गराई सकेको थियो।तालिवान संग अब लामू समय सम्म शंघर्ष गर्न गारोछ भनेर जानकारी समेत गराएको थियो।अमेरिकी सैनालाई ११सितम्बर २०२१सम्म सबै ईलाकाहरु बाट हटाउँने जानकारी गराएका थिए।तालिवानले अमेरिकि सैना सँग सन२०१८देखि बार्ता सुरुगरेको थियो।फरवरी २०२०मा दोहामा यसबारे बार्ता पनि भएको थियो।दुबै पक्ष बिच सम्झौता पनि भएको थियो।अमेरीकाले आफ्नो सैनिक हटाउँने र तालिवानले पनि हमला गर्न बन्द गर्ने बारेमा।अल कायदा र चरम पन्थिहरु समेतलाई आफ्नो प्रभाव वाला क्षेत्रबाट हटाउँने लगायतका सम्झौता भएका थिए।
तालिवानको छोटो जानकारी यसप्रकारकोछ–सन९०को दशकमा जब सोभियत सँघले अफगानिस्तान बाट आफ्ना सैना लाई फिर्ता बोलाउँदै थियो त्यहि बेला देखिनै तालिवानको उभार आउन सुरुभयो।भनिन्छ पश्तों आन्दोलन पहिलि धार्मिक मदारसोंमा बिस्तारै उभार आयो।यसको लागि सहुदि अरबले फंडिंग गय्रो।यो आन्दोलनमा सुन्नि स्लामको कटर मान्यताको प्रचार गरिन्छ।तालिवानीहरुले स-साना बालखहरुलाई पनि बम बारुध सँग खेल्न सिकाउँछन गोलि बारुद्ध बन्दुक आदी उनिहरुलाई सामन्य जस्तोहो।”हाम्रा बालबालिकाहरुले घाँस दाउरा गरेको जस्तै।”
सन१९९५मा ईरानको सिमा नजिकै सटेको हेरांत कब्जागरे।त्यसको ठिक बर्षदिन पछि अफगानिस्तानको राजधानी काबुल कब्जा गरे।त्यो बेला अफ्गानिस्तानका राष्ट्रपति बुरहानुद्दिन रब्बानि लाई सत्ताबाट हटाए।सन१९९८आउँदा आउँदै करिब ९०%अफगानिस्तान उनिहरुको कब्जामा आयो।सुरु सुरुमा तालिवानिहरुको स्वागत पनि खुब भयो।उनिहरुले आफ्नो नियन्तरण भएका ठाउँहरुमा भ्रष्टचारमा नियन्तरण र बिकास पनि गरे।जनतालाई आधारभुत सुबिधाको ब्यबस्था पनि गरे।सडक बनाउँने ब्यबस्थामा सुधार गर्ने काम गर्दै गए।तर त्यसपछि उनिहरुले स्लामिक धर्मनुसारका कानून् हरु बनाएर त्यहि अनूसार भ्रष्टचारीहरु लाई खुलेआम झुण्डाएर मार्ने बलत्कारीहरुलाई गोलि ठोकेर मार्ने चोरहरु लाई अँगभङ गराएर छाड्ने जस्ता काम खुले आम गर्न थाले।उनिहरुले पुरुषहरु लाई दारि राख्न र महिलाहरुलाई बुर्काले पुरैसरिर लाई ढाक्ने नियमलाई कडाईका साथ लागु गरे।त्यो मात्रैहोईन केटीहरु लाई दश बर्ष भन्दा माथिका लाई स्कुलमा समेत जान रोक लगाउँने जस्ता अमानविय ब्यबहार गर्न थाले।यसरी तालिवानीहरु केहि दुई तिन मूश्लिम देशहरु बाहेक अरु देशको आलोचना खेफ्नु पय्रो।पछि सन२००१मा११सितम्बर न्युयोर्क बोर्ल्ड ट्रेडमा भएको हमला पछि दुनियाभरिको ध्यान तालिवान तिर खिचियो।हमलाको मुख्य संदिग्ध ओसामा बिन लाधेन र अलकायदाका लडाकुहरुलाई शंरक्षाण दिएको आरोप समेत तालिवानलाई लाग्यो।यसै द्वौरान सात अक्टुवर२००१मा अमेरिकी नेतृत्वमा सैनिक गठबन्धनले अफगानिस्तानमा हमला गय्रो र दिसम्वरको पहिलो सातामै तालिवानको साशन खतम गरेर अमेरिकाले आफ्नो कटपुत्लि सरकार गठन गय्रो।तर यो द्वौरान अमेरिकी सरकारले लगातार शंघर्ष गर्दै आउँनुपय्रो।तालिवानिहरुले लगातार आकार्मण गर्दै आएका थिये।बिस्तारै उनिहरुले एति ठुलो शक्ति तैयार पारेकि अमेरिकालाई घुंडा टेकाएर छाडे।राष्ट्रपति जोवईडिनले अप्रेल२०२१मै ऐलान गरिसकेका थिए कि ११सितम्बर२०२१सम्म अमेरिकि सैनिक फर्किनेछन।नेटोले अनुमान लगाएकोछ तालिवानिहरु सँग करिब ८५हजार पुर्णकालिन लडाकुहरु छन।यसरि यो संगठन दुनियाको शक्तिसालि संगठन भएको भन्निन्छ।अमेरिकाको कट्पुत्लि सरकारका राषँट्रपति असरफ गनि र उनको ठुला ठुला नेता र प्रशासनका आफिसर हरु भागेर गैसकेकाछन।पछिल्लो तिन मैना देखिको लडाईमा करिब सबैजसो ईलाकाहरु तालिवानका कब्जामा परेकाछन।यसरी अफगानिस्तानमा फेरी आर्को पल्ट तालिवानले कब्जा जमाउँने प्राय निश्चितछ।
सवाल त्यो कति सम्म टेक्न सक्छ त्यो उसको कार्यपर्णालिमा पनि काफिहद सम्म निर्भर रहनेछ।अहिले त्यसबारेमा केहि भन्न सकिदैन।तर पनि तालिवानि जनताले अमेरिकी साम्राज्यावादलाई दुईदशक सम्म सातो खाएर घुँडा टेकाएकाछन।अब त्यँहा भएका प्रवाशिहरु मध्य करिब साडे सात हजार भारतिय र करिब दुई हजारको हाराहारिमा रहेका नेपाली कामदारहरुलाई छिट्टै आ-आफ्ना सरकारले उद्धार गर्नु पर्ने देखिन्छ।भारत सरकारले त त्यसबारे कुटनैतिक पहल गरिसकेको बताएकोछ।नेपालिहरुको भने नेपालको सरकार अहिले पनि मोनछ।नेपालीहरु त्यँहा बढि हुनसक्छन उनिहरु भारतको बिजा बाट गएका पनि कयौं नेपालीहरु हुनसक्ने अनुमान गरिन्छ।
अहिले पनि अन्तराष्ट्रीय नेपाली एकता समाजले नेपाली कामदारहरुको उद्धार गर्न नेपालको सरकारलाई अपिल गरेकोछ।नेपालीहरु निडर र विर हुन्छन उनिहरु स्वयमले पनि प्रयास गर्नेछन।तर नेपालको सरकार सँग हामिले जोडदार आग्रा गर्छौं नेपालीहरुको अबिलम्बन उद्धार गरियोश।

चर्चामा

सम्बन्धित समाचार