आइतवार, जेष्ठ १३, २०८१

साइनो

  • बिहिबार, साउन २८, २०७८
साइनो

१ .
आमाको आशीर्वाद
नशामा तातो रगत
झुक्दैनन् वीरका सन्तान ।

२.
अाहा! सुन्दर बोक्रो
स्वाङ ठुलो, गिदी खोक्रो
लुटे ढुकुटी पारे रित्तो ।

३.
मातृभूमिको माया
नपरोस् दुष्टको छाया
घ्याम्पे भुँडी गरे कति आँ?
४.
न्यायको नहोस् बिक्री
क्षतविक्षत छन् व्यथा
सुनिदेऊ अामाको कथा ।

५.
चेतना शून्य कला
कसरी उन्छौ त माला ?
बुझ्ने गर सृष्टिको गाथा ।

६.रक्षार्थ मातृभूमि
चिर्नु छ प्रलयकाल
मनाउनु छ दीपोत्सव ।

शान्तिदीप
कोषाध्यक्ष
साइनो वाङ्मय प्रतिष्ठान ।

चर्चामा

सम्बन्धित समाचार