आइतवार, जेष्ठ १३, २०८१

साइनो

  • शुक्रबार, साउन २२, २०७८
साइनो

पूर्वी अाभा छर्नु छ
चेतना दिव्य भर्नु छ
देशनिम्ति कर्म गर्नु छ ।

शब्दमाला सिउँछु
स्वाभिमानले जिउँछु
अमृतरुपि काव्य पिउँछु ।

फैलियो ज्ञान ज्याेति
जिन्दगी सिँगार्छ माेती
चेत फुल्छ बगैंचा छाेपी ।

उचाे बन्दै छ शिर
सत्कर्ममा छैन पिर
मानवता प्रिय अाखिर ।

पुर्खाकाे नासाे देश
जाति, भाषा छन् अनेक
संस्कृति हाम्रो छ विशेष ।
✍️सीता सुवेदी पन्थी

अध्यक्ष साइनो वाङ्मय प्रतिष्ठान

चर्चामा

सम्बन्धित समाचार