मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बिधुत प्राधिकरणले लिएको निर्णय स्वागत योग्यो हो!

बिधुत प्राधिकरणले लिएको निर्णय स्वागत योग्यो हो!

  • बिहिबार, साउन २१, २०७८
बिधुत प्राधिकरणले लिएको निर्णय स्वागत योग्यो हो!

सुरेशकुमार पान्डे — कुलमान ज्यु लाई महा निदेसक बनाएर ल्याउँनु लाई न राम्रो मानिदैन राम्रै मानिन्छ।प्रयाजसो जनताको पनि माग थियो देशभित्रको बिधुत्त सुचारु रुपबाट चलाएका अनुभवी मध्यका कुलमान हुन भन्ने आमा जनताको भनाई पनिछ।तर के कुलमानले बिधुतमा लगानि लगाएर मात्र बिधुत्तमा ईजाफा आएको हो?बिधुत उत्पादन र त्यसको सिस्टममा भर पर्दैन?त्यो सिस्टम एकजना बाहेक आर्कोजनाले सुधार्न नसक्ने कारण केहो?त्यसबारेमा पनि नियाल्नु पर्छ।
हामि धेरै जोसो नेपाली नागरिकहरु ब्याक्तिबादी बनेका हुन्छौ र सिस्टमलाई अनदेखा गर्छौँ।बिधुत यस्तो चिजहो जसको रखरखावा पनि लामूसमय सम्म हुँदैन उत्पादनमा मात्रै निर्भरहुन्छ।यदि बिजलि उत्पादन भैन भने कुलमान ज्युले कसरी पुरागर्न सक्नुहोला?उत्पादनमा आम मिहेनति क्रमचारीको पसिना लगनसिलतालाई जनताले किन उपक्षा गर्छन।जनताले क्रमचारीलाई प्रोत्वशान गर्न नसक्दाको अबस्थाहो यो।जनताले काम गर्नेलाई सम्मान प्रोत्वशान दिएको हुनुपर्छ।बर्षामा बिजलीको काम गर्ने क्रमचारीले आफ्नो प्रणा हत्केलामा रखेर काम गर्नुपर्छ।
कुलमान ज्युले सहर बजारमा ब्यबस्थित लाईट पुराएपछि कुलमानको वाह-वाहछ-किन?गाउँमा कैयौँ दिनसम्म बत्ति नआएका पनि त गाउँथिए त्यसको प्रचार त कसैले गर्न सकेनन् किन भने हामि दुखि किसान गरिब मज्दुरहरु जीवन भरि सल्लाको दियालोमा गुजारा गरेका लाई एकमैना बिधुत नआए पनि खासै फरक पर्दैन मात्र अहिले मोवेल लाई चार्ज गर्दा सम्झिने गर्छन।कोई अगाडी सरेर कम्पैलेण्ड दर्ता गर्दैनन्।त्यसैले पहाडि भेगमा सुचारु देखिन्छ।अब त बिधुतिय मोटरबाट पानि निकालेर सिँचाईको ब्यबस्था गर्नुपर्छ निसुल्क सरकारले पहाडि भेगमा त्यसो भएपछि पहाडि जमिनमा उत्पादन बढ्छ र त्यो बञ्जर जमि हरियो भरियो हुन्छ।
आखिर कुलमान ज्यु आएपछि कति बिधुत्त उत्पादनका लागि थर्मल प्रोजेक्ट निर्माण भए,कति डिफाल्टरको अशुलिभयो?कति पाहाडि भेगमा मिटर कनेक्सन पुगे कति बिधुतका ट्रान्सफार्मर लगायियो?र कति ट्रखन्सफार्मरको क्षामतामा बृधि गरियो यो त्यता पनि ध्यान पुराउँनुपर्छकि? भबिश्यको बिषयहो।
हाम्रो देशमा कति बिधुत उत्पादन भयो र त्यसलाई निर्यात गरियो?कति बिधुत बिभागमा नयाँ युवाहरुलाई रोजगार मुहाईया गरायियो।यस्ता बिषयमाथि पनि हामिले बिचार पुराउँनुपर्छ।जनताको सुबिधा क्रमचारिको रक्षा शुरक्षा र ज्यालामा महंगिनुसार बृधि आदि समग्र बिषयमाथि बिचार पुराउँनुपर्छ।
कुलमान जिका पालामा हौश वा अरुकुनैको पालामा हौश हेर्नुपर्छ बिधुतमाधिको उनिहरुले अप्नाएको ब्यबहारलाई गम्भिर भयर बुझ्नुपर्छ।
बिग्रिएको एक साता सम्म पाहाडि भेगमा बिधुत दुरुस्त हुँदैन।भाँचिएको पोल ठिक हुँदैन छिनेको तार जोडिदैन काठाका मक्किएका पोल लगाएर बत्तिबाल्ने बनाएको छिनेर पोल भाँचिएर गाई बस्तुहरु मर्छन त्यसको जवाफ देहि कोहो?बोल्टेज कम भएर पानीको मोटर चल्दैन र घरको छानामा रहेको पानीको टंकि गर्मिमा रित्तो हुँन्छ।बिधुत्तको न्युटलले काम काम गर्न छाडेर बोल्टेज डिम माईनस पल्स हुँदा कयौँ भिधुतिय उपकर्णहरु सडेका हुन्छन यि याबात बिषयलाई पनि हामिले मुल्याङ्कन गर्नुपर्छ।
आर्को मुख्य कुरा केहो भने पहिले कुलमान ज्युले राम्रो काम गर्दा गर्दै पनि उँहालाई किन हटाईयो अहिले किन ल्याउँन थालियो त्यसबारे पनि त नियाल्नु छानबिन र मुल्याङ्कन गर्नु पर्दछ।
कुनै एकजाना ब्याक्तिले चाहेर मात्रै केहि हुँदैन तर मुख्यपदमा बसेका मान्छे बेदाग भएर आफ्नो जिम्मेदारी पुरागर्छ भने त्यो सकारत्मक बिषयनै हो।कुलमान जि को नियुक्तिहुँनलाई ठिक नभन्ने खासै भेट्टिदैनन् त्यसले उँहाको कार्यकुसलता प्रति जनताको भरोसालाई प्रतिबिम्ब गर्छ।यो धेरैराम्रो कुरा हो त्यो भन्दा झन राम्रो कुरा सिस्टम को हो जसलाई दुरुस्त गर्न तमाम क्रमचारी हरुको पनि लागत लाग्नेहुन्छ।
सरकारको भुमिकामा पनि त्यो निर्भर हुन्छ।अहिले कुलमानको नियुक्ति पछि देशभित्रको बिधुतिय ब्यबहारले त्यसलाई पुष्टी अबस्यगर्छ।
पहिले ओलिको नेतृत्वमा बनेको सरकार ठिक थियो।उनैले संघियतालाई बाख्राको टाउकोमा भैँसिको सिहँ भनेपछि सरकार खस्यो।पछि उनै ओलि देशको प्रधान मन्त्री भएपछि,संघियतालाई खारेज गर्छन कि भनेर जनताले आस गरेका थिए तर त्यसो भएन।ओलि आफै भारत प्रस्त हुनपुगे,हिन्दुधर्मको बकालत गर्नथाले तानासाही र अधिनायकवादी बने असम्बैधानिक र प्रतिगामि जस्ता के के बने जनताको अगाडि प्रष्टछ।नेपालमा सरकार जस्को आएपनि त्यो कैले प्रतिगामि कहिले भारत परस्त भयर आफ्नो कुर्चिलाई जोगाउँन थाल्छ।सरकारले त्यसो गरेन भने त्यो ढल्छ कि त्यसो गर्दा उग्रहुनथाल्यो भने देशका जनताले ढाल्न थाल्छन ढाल्नुपर्छ।
अहिले परमादेशको सरकार आएकोछ जनताको अधिकार कुण्ठित हुनथालेपछि त्यसको बहालिको लागि ओलिलाई पाखा लगाउँन अति आबस्याक भएको थियो भन्नेमा कसैको अर्कोमत नहोला।तर त्यो तानासाह भयो,असम्बैधानिक भयो र प्रतिगामि भयो पनि भन्ने त्यसलाई नफालेर क्वाप्प परेर बस्नुपनि त हुँदैन थ्यो।राजमोले आफुअगाडि सररे त्यो सरकारलाई समर्थन दिने निर्णय गय्रो जस्ले गणतन्त्रको र सम्बिधानको रक्षागर्न अगाडि सर्यो।
अब उस्लाई समर्थन गय्रो त्यो गैर कम्युनिष्ट थियो हामिले त कम्युनिष्ट नाम सँगमात्र नाता जोड्नुपर्छ त्यो असम्बैधानिक भएपनि अप्रजातान्त्रिक भएपनि भनेर भन्नेहरु पनिछन।हाम्रो बिचारमा र उन्को बिचारमा मेल नखाने बिषय पनि यहिनै हो।नामले मात्र केहि हुँदैन ब्यबहार सगष्टमले अग्रगति लिनु पर्छ त्यो जोसुकैको नेतृत्वमा भएनि त्यसलाई राम्रो भन्नुपर्छ।आबस्याकता अनुसारको बिधुत प्रसखरण भयो भने बितरण भयो भने चुआवत रोकियो र लाखौँ डिफाल्टरहरुको बिलको भुक्तान भयो भने बिधुतमा बिकास र त्यसको सदपयोग भयो भने त्यहि सबैभन्दा राम्रो हुनेछ।नेपालमा बुधुतको उत्तपादनमा बृदि भयमा पावर प्रोजेक्टहरु बनेमा थुप्रो युवाहरुले राजगार पाउँछन।कुलमान जिले त्यता तिरपनि ध्यान पुराउँनु पर्छ भन्ने मलाई लाग्छ।

चर्चामा

सम्बन्धित समाचार