शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • भाडाकै भवनबाट सेवा दिदै बझाङका ५ स्थानियतह

भाडाकै भवनबाट सेवा दिदै बझाङका ५ स्थानियतह

  • बिहिबार, साउन १४, २०७८
भाडाकै भवनबाट सेवा दिदै बझाङका ५ स्थानियतह

अर्थ जंङ्ग शाही/बझाङ, साउन १४ — बझाङका ५ स्थानियतहहरु भाडाकै भवनबाट सेवा दिदै आएका छन । स्थानियतहको निर्वाचन भएको ४ बर्ष वितिसक्दा पनि अझै भवन बनाउन सकेका छैनन् । जिल्लाका १२ वटा स्थानियतह मध्ये जयपृथ्वी नगरपालिका, तलकोट गाउँपालिका, र छविसपाथिभेरा गाउँपालिकाले मात्र आफ्नै भवनबाट सेवा दिइरहेका छन । खप्तडछान्ना गाउँपालिका,थलारा गाउँपालिका र वित्थडचिर गाउँपालिकाको भवन निर्माणाधिन अवस्थामा छन । सुर्मा, साईपाल, मष्टा, दुर्गाथली, केदारस्युँ गाउँपालिका र बुंगल नगरपालिकाले भवन बनाउने तयारी गरेको छैन ।

दुर्गाथली, मष्टा र केदारस्युँ गाउँपालिका साविकको गाविस भवनबाट सेवा दिदै आएका छन । वित्थडचिर गाउँपालिका देउलेख प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवनबाट सेवा प्रवाह गर्दै छ । थलारा, सुर्मा, साईपाल, खप्तडछान्ना गाउँपालिका र बुंगल नगरपालिकाले भाडाका भवनबाट सेवा दिइरहेका छन ।

भाडाका भवनमा सेवा दिदै आएका स्थानियतहले बार्षिक २ लाख २० हजार देखी ९ लाख सम्म घरभाडा तिर्दै आएका छन । साईपाल गाउँपालिकाले बार्षिक २ लाख ४० हजार, थलारा गाउँपालिकाले बार्षिक ४ लाख २० हजार, सुर्मा गाउँपालिकाले बार्षिक २ लाख २२ हजार, खप्तडछान्ना गाउँपालिकाले बार्षिक ३ लाख ६० हजार र बुंगल नगरपालिकाले बार्षिक ८ लाख ४० हजार रुपैयाँ घरभाडा तिर्दै आएका छन ।

भवन लगाउनु भन्दा बढी रकम भाडामा सकिने गरेकाले स्थानियतहले भाडा तिर्ने रकमले आफ्नै भवन निर्माण गर्नुपर्ने स्थानियहरुले बताउने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार