बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • के अमेरीकाले दया गरेकै होत?

के अमेरीकाले दया गरेकै होत?

  • बिहिबार, साउन १४, २०७८
के अमेरीकाले दया गरेकै होत?

सुरेशकुमार पान्डे — नेपाललाई ५५करोड अनुदान दिएर नेपालमाथि अमेरीकाले दयागरेकै हो,वा हाम्रो देशका नेताहरुको बुद्धि भुटेको हो?अहिले यसैमा छलफल चलेकोछ।संसारलाई सखाफ पारेर सर्वशक्तिमान भएको देशले नेपाललाई किन दया र मायाँ गर्छ भन्नेकुरा प्रष्ट हुँदा हुँदैपनि बुच पचाएर बसेकाहरुलाई पछि अबस्य पछुताउँन पर्ला।अमेरीका अहिले शर्वशक्तिमान देशछ।भने चीनले उस्लाई प्रत्येक बिषयमा चेलेञ्ज गर्दै आएकोछ।हाम्रो भाग्य भनौ वा दुर्भाग्य भनौँ दक्षिण तिर एसियाको सबैभन्दा प्रजातन्त्र मानिने देश भारतछ भने आर्को तिर पश्चिम भेगमा संसोधनवादी भएपनि कम्युनिष्टको सरकारछ।भनि रहनु नपर्ला चीनमा पनि सन१९७६मा माओको नीधनपछि प्रतिक्रान्ति भयो र त्यहापनि पुँजीवादी प्रकारको राज्य ब्यबस्थाछ।त्यसकारणले अमेरीकालाई चीनको जुन गतिले बिकास हुँदै आएकोछ त्यो भबिस्यमा अमेरिकाको लागि ठुलो खतरा साबित हुनेछ भन्नेकुरा बुझेको अमेरिकाले त्यो दिन आउँनुभन्दा पहिलेईनै त्यसलाई अटेक गर्ने उदेश्यले ल्याएको एम सीसीहो भनेर भनिन्छ।
एमसीसी चीनलाई घेर्ने योजनाअनुसार नेपालमा प्रवेश भएकोले यो अमेरिकाको योगदान होईन यो अमेरीकाले नेपाललाई सैनिक आखडा बनाउँनका लागि दिएको सुपारीहो।नेपालको धर्तिलाई प्रयोग गरेर अमेरीकाले भारतको सहयोगमा चीनमाथि धावा बोल्ने रणनितिक हो यो एमसीसी।त्यस कारणले अमेरिकी एजेञ्सीलाई यस बारेमा प्रष्टै थाहाछ।एउटा विस्वको सक्तिसालि देशले कुनैपनि गरिब देशलाई सहयोग गर्ने केहि उदेश्य त जरुर हुन्छ होला।अमेरिकाले ईरानलाई,ईराकलाई लडायो पछि सद्धाम हुशेनलाई उन्को पुरै खानदानलाई खतम पाय्रो।अमेरीकाले ओसामा बिन लादेनलाई पाकिस्तानमा घुसेर मार्यो।बिस्वमा नियम कानून बनाउँने अमेरिकानैहो।कुनैपनि देशलाई आतङ्गबाद घोषित गरेर त्यो देशलाई आक्रामण गर्ने अमेरीकानै हो।त्यहकारण अमेरिकाले कसैलाई अनुदान दियो भनेर त्यसको नियति बारे छलफल नगर्दै एमसीसी पारित गरायौँ भने त्यो भन्दा ठुलो बिड्मबना अरु केहोला?
हाम्रो देश एउटा असलंगन राष्ट्रहो दुबै शक्तिसालि देशहरुको बिचमा रहेको गरिब देश जस्का जनताहरु रोजगारीको लागि बिभिन्न सहरमा भौँतारिएकाछन।भारतमा पनि दुई प्रकारका नेपाली कार्यरत छन।एउटा त्यो जो सन १९१५/१६को सुगौलिमा भयको सुगौलि सन्धिको तहत जमिन सँग आएका नेपालीहरु।देशको यस्तो दुरगतिछ हामिले हाम्रै छिमेकि बाट पिडित हुँदा पनि कतै आवाज उठाउँन सक्दैनौँ।हिंजो सुगौलि सन्दिबाट खोसिएको जमिन सम्बैधानिक रुपमा खारेजहुँदा पनि फिर्ताल्याउँने शक्तिछैन।
भने भोलिका दिनहरुमा अमेरीकाले देशलाई सैनिक आखडा बनायो भने के गरौँला?अहिले ५५करोड लाई नहेरौँ बरु अमेरिकाको नियतिलाई हेरौँ मुल्याङ्कन गरौँ।
अमेरीकाले दया गरेर ,होईन बरु हाम्रो काँधमा बन्दुक राखेर चीनलाई निशाना बनाउन खोजेकोछ।हाम्रो देशलाई लुट्ने योजना बनाएकोछ।देशका लाछि नेताहरुको बुद्धि भुटेर देशलाई रणभूमि बनाउँन फालेको यो जालहो एम सीसी।
एउटा दुई ठुलाठुला देशको चपेटमा परेको देशले कुनैपनि बिदेशि नीति आएमा ब्यापक छलफल गरेरमात्र त्यो लागु गर्नुपर्छ।यँहाका नेताहरुले सदैभरि बिदेशीहरुको ईसारमा जेसुकै काम पनि आत्तिएर लागु गर्न हतार हुन्छन।त्यसैको परिणाम आज देशमा बिकाश हुनुको सट्टा देशको उल्टै भैदोहन हुँदैआएको देशमा बिनाश हुँदैआएको प्रष्टछ।
अमेरीका अहिलेको विस्व शक्तिसालि देशहो महा साम्राज्यबाद जस्लाई सर्वशक्तिमानको रुपमा हेरिन्छ त्यो देशले आफैले अर्काको देशमा आकारमणगर्नुछ भने त्यो देशलाई भँदै नभयको आरोप लगाएर भएपनि सखाफ पारेको एउटा ईराकले मात्रै पनि पुष्टि गरेकोछ।त्यँहा आंणविक हथियारको आरोपमा शद्धाम हुसेनलाई उस्को पुरै खानदानलाई मराएर देशलाई नियन्त्रणमा ल्यायो संसारले बिरोध गरेपनि उस्ले आफ्नो मिसन पुरागरेर छाड्यो।एउटा देशलाई खतम पार्न अमेरिकालाई कुनैपनि शक्तिले रोक्न सकेन।अहिले उस्ले धेरै देशहरुलाई आफ्नो कब्जामा लिन अनेक चाल चलेको अबस्थाछ।
अमेरिका आफैले पालेको अन्तरराष्ट्रीय आतङ्कवादी ओसामा बिन लादेनले अमेरीकी सरकारलाई चेलेन्ज दिएपछि उस्लाई पाकिस्तानमा घुसेर मरायो।भोलिका दिनहरुमा कयौँ देशहरुलाई झुट्ठा आरोपमा आफ्नो सिकार बनाउनेछ।नेपालले अहिले यस्ता अनुदानको लालचमा नपरेर आफ्नो देशलाई असलंगन राष्ट्रको रुपमा दरिलरी उभ्याउँन जहिले सम्म सक्छ न त प्रत्यक्ष भारतले न चीनले हमला गर्नेछन बरु देशलाई जोगाउँन मद्त गर्नेछन।अहिले पश्मिमा चीन र दक्षिणमा भारतको माझमा नेपाल भएको ले दुबै दिश बिच आपसमा तनातनि भएकोले पनि नेपालमा कुनै एउटा देशले झ्यास्सै आकार्मण गर्न सकेकोछैन।हाम्रा लागि यि दुबै देश भबिश्यमा खतरा हुँनेछन।तर अहिले भारतले जसरी चीनले हश्तक्षेप गरेको छैन तर भारतले दिनौदिन नयाँ नया बहाना बनाएर हस्तक्षेप र अति क्रमण गर्दै आएकोले एम सीसी लागु गरिएपछि स्वायम अमेरीकाको ईसारामा नेपाललाई भारतले नियन्तरण गर्नेछ त्यो बेला चीनले रोक्न सक्नेछै।चीनको बिरुद्धमा नेपाली जमिन प्रयोग कसैले गरेपनि चीनको लागी नेपाल स्वयम आफैपनि दुश्मन हुनेछ।दुश्मनको दुश्मन दोस्त हुन्छ भने दुश्मनको दोस्त दुश्मन पनि हुन्छ।नेपाली नेताहरुले एमसीसीलाई लागु गरेपछि देशलाई खरानि पार्ने योजना भित्र पस्यो भनेर बुझ्नुपर्छ।एम सी सी र नेपाल सरकारको बिचमा २९भाद्र२०७४मा भयको मिलिनियम चैलेञ्जर,कम्प्याक्ट”सम्झौतालाई खारेज गरेर देशलाई जोगाउँनुपर्छ।यो अनुदान नै भएपनि हाम्रो देशको हितमाछैन देशलाई आफ्नै बलबुतामा आत्मनिर्भर बनाउँ र देश बलियो बन्नेछ।कसै सँग अनुदाननै भ एपनि लिएर हामि झन अर्काको ऐसान मुनि दबिनेछौँ।तर एमसीसी खालि अनुदान नभएर चीनलाई घेर्न नेपाली भुमि प्रयोग गर्ने अमेरिकाको मिसन हो भनेर बुझ्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार