शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा मोटरसाइकलको ठक्करबाट गाईकाे मृत्यु, ३ जना घाइते

कैलालीमा मोटरसाइकलको ठक्करबाट गाईकाे मृत्यु, ३ जना घाइते

  • बुधबार, साउन १३, २०७८
कैलालीमा मोटरसाइकलको ठक्करबाट गाईकाे मृत्यु, ३ जना घाइते

धनगढीमा —  कैलालीमा मोटरसाईकलको ठक्करबाट गाई मरेको छ।

गोदावरी नगरपालिका वडा नम्बर २ गेटास्थित मोहनापुल अत्तरिया ६ लेन सडकमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट गाइ घटनास्थलमै मरेको प्रहरीले जनाएको छ।

धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से १ प ८९९५ नम्रको मोटरसाईकल गाइसँग ठोक्किँदा मोटरसाइकल चालकसहित ३ जना घइते भएका छन्।

गोदावरी नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय रोशन कठायत, ३८ वर्षीय खेम भट्ट र ४५ वर्षीय लोकराज भट्ट घइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

मोटरसाइकल भने इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार