शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • यस्तो पनि हुँनेरैछ! लघुकथा!

यस्तो पनि हुँनेरैछ! लघुकथा!

  • मङ्लबार, साउन १२, २०७८
यस्तो पनि हुँनेरैछ! लघुकथा!

सुरेशकुमार पान्डे — अन्याय अत्याचारको बिरुद्धमा मानव अधिकार कर्मिहरुको भारतको नयाँ दिल्लि स्थित जन्तरमन्त्रमा जुलुशको कार्यक्रम थियो।म पनि दिल्लि गएको बेला उनिहरुको आमसभालाई सुन्न एकछिन उभिएकै थिएं मेरो अगाडि एकजना बुजुर्ग करिब साठि पैंसठ्ठि सालकाले हात थापेर उभिएको देखें।झर्लक्क हेर्दा कतै देखे देखेको जस्तो पनि लाग्यो।अलि बेर निदार खुम्चाएर दिमाखमा जोड दिन थालें आखिर कां देखे भ्याउ भैन।
देख्दा हिस्टपुष्ट लुगापनि राम्रै लगाएको हेर्दा भिखारी जस्तो लाग्दैनथे तर उन्ले भिखनै माग्दै थिए।उन्ले खानाको लागि भन्दै एउटा मेरो नजीकै उभिएको सँग मागे उस्ले एक टक त्यो ब्याक्तिलाई नियाल्यो र खोल्टि बाट दश रुपिया नेकालेर उस्को हातमा थमायो।त्यस्तै उ क्रमसै माग्दै अगाडि बढ्यो।
मैले पनि अब भाषन तिर ध्यान दिन छाडेर त्यही ब्याक्ति तर्फ ध्यायन दिन थाले दिमाखमा आएन कां देखे तर देखेकै हो भन्ने लाग्छ।मेरा आंखा त्यो ब्याक्ति बाट हट्न मानेनन्।
अब उस्को हातमा केहि रुपिया जम्मा भैसकेका थिए।म नजिकै गएर’अब त खाना खाने पैसा जम्मा भयो खाना खाउ गएर!मैले उस्लाई गिंजाएझैँ गरेर भने।त्यो मसँग बोलिन किन कि उस्लाई मैले पैसा पनि दिएको थिएन त्यसैले होला त्यो मेरो कुरालाई त्यति गोर नगरि अगाडि बढ्न लाग्यो।
त्यँहा मानव अधिकारहरुको कार्यक्रम भन्दा पनि मेरा लागि उस्लाई चिन्ने बिषय प्रमुख र गम्भिर भएर ठिङ्ग उभिएकोथियो।अब मैले आफै पनि गोजामा हात हाले उस्लाई भिक दिनु भन्दा पनि उसँग कुरागर्ने बहाना खोजेको थिएं।सांच्चै भन्दा मैले भिख माग्नेहरु लाई भिख दिदैन पनि उस्को अबस्था अनुसार उ अपाहिजछ,वा बढिनै असाएछ भने परिस्थिति अनुसार दिने गर्छु।साना बालबालिका र हट्टाकट्टा ब्याक्तिहरुलाई त भिख दिने मन लाग्दै लाग्दैन।
मैले गोजामा हात घुमाएको देखेर उ म सँग नजिक आयो।भिखारी जस्तो त लाग्दैनौँ कतै देखे जस्तो पनि लाग्छ?दश रुपियाको सिक्का निकालेर उस्लाई थमाउँदै भने।हो म पनि भिखारी होईन तर अहिले मज्बुरीमा भिख माग्दैछुँ! भन्दै त्यो दश रुपिया राख्यो।उस्को बोलिले झनै उस्को नजिक पुरायो र संकालु बनायो तरपनि चिन्न सकिन।साहिद मैले तिमिलाई देखेको छुँ कतै?मैले हतास भयर सोधें!हुँन सक्छ!उस्ले भन्यो र एउटा परिचय पत्र निकालेर देखाए पछि बल्ल दिमाखमा आयो।आखिर यो हालत कसरि भयो तिम्रो मैले आचार्य हुँदै सोधें!उ कुनै बिभागमा सरकारी कर्मचारी थियो।राम्रो नोकरी आफ्नै घर भयको केहि बर्ष पहिले सकुसल रिटाएर्ड भएको ब्याक्ति थियो।उ सेन्टर गोर्मेन्टको दप्तरमा बाबु कलर्कको काम गर्थ्यो।धेरै बर्ष पहिले कुनै कामको सिलसिलामा म त्यसको आफिसमा गएको बेला हाम्रो देखा भेट भएको रैछ।म त्यो बेला जीवन बिमाको निकासिका लागि त्यो सँग भेट भयको मलाई शंझना भयो।
उस्को राम्रो परिवारमा तिन छोरा र दुईबैनी छोरीहरु थिए उस्ले सबैलाई सक्दो शिक्षा दिलायो बिबहा पनि सबैको गरायो।छोरा छोरीलाई अति मायाँ गर्दथ्यो कुल मिलाएर त्यो बेला शुन्दर परिवार थियो।
अब यस्तो कसरिभयो त्यसबारे मैले त्यो ब्याक्ति सँग सोधें!यति बेला हामि एउटा नजिकैको रोटीको ढाबामा बसेका थियौं।मलाई पनि खाना खानु थियो मैले त्यँहा दुईटा खाना मगाएं यो धेरै बर्ष पहिलेको कुराहो त्यो बेला उस्ले बिस रुपियाको थालि भन्यो जस्मा दाल रोटी र सब्जि पनि थियो।मैले दुईटा थालि लगाउँन ढाबा वाला लाई आग्रा गरें।
मैले छोरा छोरीलाई जरुरत भन्दा पनि बढि मायाँ गरे काम गर्दा गर्दै एउटा घर बनाएको थिएँ लोन ल्याएर।प्लाट ल्याउँने बेला छोराको नाममा ल्याएं त्यसैमा राम्रो घर बनायौँ त्यो बेला केथा थियो हामिले सबै सँगै बस्छौँ भन्ने थियो त्यसपछि रिटायर्ड भएं त्योबेला सम्म सबै राम्रो थियो।केटाहरु कसैले काम गर्थे कसैले खालि बसेर मोवैल चालुँथे।
रिटायर्ड भए अनि लोनको पैसा पनि तिरें पिन्सिन पनि मिल्न थाल्यो।
छोराहरुले जे जति पैसा मागे उनिहरुलाई दिएं।बुहारीहरु ना नातिना सबै सँग नराम्रो थिएन।आखिर यिनैको त हो योसबै हामि अब कति बाचौला भन्ने सोचेको थिएँ।
बाबा मलाई गाडि किन्दिनुस!एक्कासि जेठो छोराले भन्यो मैले कसरि गाडि किन्न सक्छु पैसात सबै घरमा लाग्यो।अब मलाई मिल्ने पिन्शिन पनि त तिमिहरुलाई दिन्छु आधा!मैले भने भनेर उस्ले मं सँग भन्यो।
अचानक कुरागर्दा गर्दै उस्को आखां रसाउन थाले! एक छिन त्यो रोकियो रोटी खांदा खादै प्लेटमा राख्यो।भैग्यो घरको कुराहो सुल्झिन्छ नरोउ!मैले सम्झाउँने उदेश्यले भने।कास घरको कुरा हुँन्थ्यो!उस्ले ठुलो स्वास फाल्दै भन्छ।उनिहरुले मलाई भुट्टन कुनै कसरछाडेनन्!मेरो खातामा भएको केहि रकम पनि आफ्नो खातामा सिफ्ट गरेछन अनि मलाई यो घरबाट निस्किहाल भनेर भने!रात झमक्क परेको थियो बिस्तारै सिमसिमे पानी परेको थियो,त्यो अबस्थामा मलाई घरबाट निकाले।उ फेरी आफ्ना आखा बाट छल्किने आँशुलाई रोक्न सकेन!उ फेरी खाना छाडेर बस्यो।छोराले तिमिलाई निकाल्दा अरु कोई बोलेनन् कसैले बिरोध गरेन?मैले फेरी सोधे!कस्ले गर्थ्यो जीवन संगिने समेतले मेरो साथ दिईन!पहिले त मर्छु भनेर रेलको लाईन सम्म जान थालेको थिएं अनि त्यो बेला रेल पनि आएन अलि बेर पछि टेशनमा गएर सुते।साहिद काल न आउँदा सम्म आफै मर्न सकिदो रैनछ!उस्ले फेरी आफुलाई सम्हाल्दै भन्यो।
एउटा बाउले आफ्ना पाँच भैना छोराछोरीको पालन पोषण गर्न आफ्नो साराजीवन लगायो उनिहरुलाई हुर्कायो पढायो लेखायो अहिले तिनै छोराछोरीले उस्लाई घरबाट बेघर बनाएका थिए।उसैको श्रीमतिले भिख मागेर खाएस भन्दै एउटा बटुको फ्याँकिदिएको उस्ले बताउँछ।के यस्तो पनि हुनसक्छ वा सच्चै भएहोला?मैले उस्को कुरा सुनेर अपत्यारीलो मनस्थिति बनाए तर सोंचे आखिर किन यस्तो भयो?के त्यो बुढाको गलति थियो!आखिर खलतिनै भयपनि बिमार बाउलाई छोराछोरीले आफ्नै जीवन साथिले घरबाट कसरी निकालेर सडकमा पुराए?यो आजको सामाजिक अबस्थाको ऐनामा कहालिलाग्दो प्रतिबिम्ब देखिन्छ।मेरो मनमा अनेक बिचारहरुको ज्वाहार भाट आउँने जाने गर्यो।अलि बेर सम्म मैले केहि सोधिन रोटी खान थालें मलाई पनि भोक लागेको थियो तर यो ब्याक्तिको कुरा सुन्दा आफै पनि झसिङ्गिय।
उस्ले रोटी खाँदै थियो उठेर ढाबावाला लाई चालिस रुपियाँ तिरें अनि त्यो आमा सभा तिर लागें।मेरो रेल रातीको नौबजेको थियो मलाई नयादिल्लि बाट त्यो रेल छोप्नलाई बसमा बसें।तर मनभित्र अनेकौँ खयाल आउँने जानेगरी राखे।

चर्चामा

सम्बन्धित समाचार