शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • बझाङ्गमा अज्ञात समूहद्रारा जीपमा आगजनी

बझाङ्गमा अज्ञात समूहद्रारा जीपमा आगजनी

  • सोमवार, साउन ११, २०७८
बझाङ्गमा अज्ञात समूहद्रारा जीपमा आगजनी

अर्थ जङ्ग शाही/ बझाङ्ग — बझाङमा गएराती अज्ञात समूहले सहकारी संस्थाको जिपमा आगजनी गरेका छन् । जयपृथ्वी नगरपालिका ६ नौरामा रहेको आम्धारा नौरा कृषि सहकारी संस्थाको जिपमा अज्ञात समूहले आगजनी गरेको वडाध्यक्ष नरेन्द्र सिंहले बताए ।

गाउँमै पार्किङ गरी राखेको म १ च ७८३ नम्बरको जीपमा गए राति आगजनी भएको छ । वडाध्यक्ष सिंहका अनुसार जीपको अगाडीको सिसा फूटाएर पार्किङ गरेको ठाँउबाट २० मिटर अगाडी ल्याएर आगजनी गरिएको छ ।

आईतवार राति करिब १२ बजे तिर जिपमा आगजनी भएको बझाङ प्रहरीले जनाएको छ । आगजनीबाट जिपको अगाडीको सिट र पछाडिको पूरै भाग जलेर क्षति भएको छ । जीपमा आगजानी कसले र किन गरेको हो भन्ने बारेमा खोज तलासी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खडकाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार