शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • बेला बखतका कुरा!

बेला बखतका कुरा!

आज सञ्जोगले गुरु पुर्णिमा पनि परेकोछ।

  • शनिबार, साउन ९, २०७८
बेला बखतका कुरा!

सुरेशकुमार पान्डे — हामिले लामू समय प्रवाशमा बितायौँ त्यो पनि एउटा श्रमजीवी नेपालीको हैसियतले।जब हामी सुरु सुरुमा अर्काको देशमा आयौँ त्यो बेलाको अबस्था नेपाली श्रमजीवीहरुको अत्यान्तै दयानिय,अशुरक्षित थियो।नेपाली नेपाली को बिचमा दिनौँ झग्डा हुने गर्थ्यो।त्यसको मुख्या कारण हामि भित्र रहेको गलत बानि ब्यहोरानै बढि जिम्मेवार थियो।जुवा तास,रक्सि जाँड सिनेमा आदी त न प्नाउँने लग भग अपवादनै देखिन्थे।सन १९७९को नोभेम्वरमा अखिल भरत नेपाली एकता समाजको गठन भएपनि त्यो सन १९८१मा हाम्रो बिचमा आयो।त्यो बेला सरकारी क्रमचारीहरु छुट्टिको दिन भयो भने कि त जुवा कि फिलम कि रक्सि मासुको ब्यबस्था वा यि सबै एकसाथ पनि गर्थे।त्यस बाहेक अन्य लाटरी सत्ता मट्का आदी यित्यादी गलत लतहरुका सिकार भएका प्रवाशि श्रम जीवीहरुको बिचमा जब अखिल भार नेपाली एकता समाजको आगमन भयो बिस्तारै त्यो बानिहरु छुट्न थाल्यो तर जस्ले त्यो बानि ब्यहोरा छोड्न चाहेन उस्ले एकता समाजका कार्य क्रताहरुलाई चेलेञ्ज गर्ने कार्यक्रमहरु बिथुल्दिने गर्नथाले।उनिहरुले आकार्मण गर्दा पनि हाम्रा साथिहरुले आफै सम्झाएर बुझाएर फर्काउँथ्यौँ तर पुलिस प्रसासनमा उनिहरुलाई बुझायनौँ।त्यसैको परिणाम कयौँ आकारमण गर्न आएका पनि संगठित भए।
सन १९८१मा संगठित भैसकेपछि पनि हामिले भजन कृतन गर्यौँ।तासको ठाउँमा क्यारमबोट ल्याएर खेल्न थाले कसैले भालिबल,कसैले गीत नृत्य सिक्ने गर्न थालेपछि बिस्तारै संगठनको पनि बिकाश हुँदै गयो। जस्ले गोजामा चाकु राखेर हिँड्थे उनिहरुले पनि अब बाँसुरी मादल लिएर नाजगान गर्नथाले।नेपाली एकता शंदेश लिएर हिंड्न थाले यो ठुलो उपलब्दि थियो।
मैले आफ्नो संगठनको सुरुवात सन१९८१को अन्तिममा गरें तर त्यो भन्दा पहिले केहि धार्मिक संगठनको सम्प्रकमा पनि आयौँ तर त्यसको पुस्तक किन्ने चन्दा दिने बाहेक हामि संगठित भएर उनिहरुको सदस्यता लिएनौँ।त्यो बेलाका ओमप्रकास,बेदप्रकाश र कविराज भन्ने साथिहरुले पुल बनाउँने नेपालीहरुको मन्द्रिर बनाउँने र भारतमा धर्मसाला बनाउँने भनेर कहिले कसो चन्दा लिन आउँनु हुन्थ्यो हामिले दिन्थ्यौ।पछि एकता समाजको हामि सम्प्रकमा आएपछि क्रमसै उँहाहरु आउँन छाड्नुभयो वा उनिहरु सप्रक बिहिननै भय।एकता समाज हामिलाई राम्रो किन लाग्यो भने एकता समाजले त्यो बेला युवाहरुलाई खेलकुद प्रोढ शिक्षा सांस्कृतिक कार्यक्रम जस्ता रोचक कार्यक्रम अगाडि सारेको र आपसमा हुने ससाना झै झग्डालाई आपसि समज्दारी बाटनै समाधान गर्ने जुन ब्यबहारहो त्यसले गर्दानै हामि संगठित भयौँ।त्यो बेला राजनीतिको ‘रा’पनि हामिलाई थाहा थिएन।निर्दल र बहुदल केहो त्यो मैले पछि लाहुर बाट घर गएको बेला बिध्यार्थिहरुको आन्दोलनमा उनिहरु सँगै पुलिसको हिरासतमा भरतपुर चौरमा थुनामा परेपछि बल्ल थाहा पाएको हुँ।
हामिले भजन कृतन गर्ने बेला पछि पनि”रुख भन्छ पात भन्छ भन्छन आकास पत्थर”भन्दै भजन कृतन गर्थ्यौ।त्यो गीत मोहनजीले रचना गरेको गीत थियो।
पानीपोतमा आठ मौल्ला ६४०एल मा पहिले जुवाको अड्डा थियो त्यँहि हामिले कार्यलय बनायौँ।त्यँहा हामिले साँस्कृतिक कार्यक्रम पनि गय्रौँ।सन १९८१देखि ८६ सम्म पानीपत बस्ने बेला हामिले सम्मेलन गय्रौँ।नाटक बनायौँ त्यो बेला पहिले फरिदाबाद बाट सॉस्कृतिक टोलि सामना परिवार भन्थे साहिद तर कलाकारहरु यिनै मधु क्षेत्रिहरु नै थिए।पछि एकमैना जति बिष्णुहरी शर्मा ज्यु सँग नाटकमा अभिनय गर्ने गर्दा राम्रो लाग्थ्यो।मलाई नाटक लेख्ने र अभिनय गर्ने प्रेणा पनि त्यो कार्यक्रम पछि मिलेको हो।
सन१९८२तिर कयौँ साथिहरु प्रवासि संगमा प्रवेश गर्नु भयो त्यो बेला मलाई किन साथिहरु टुक्रिए भन्ने दुःख लाग्यो।दिन दिनै छलफल गर्थ्यौँ एउटै रुममा बसेका साथिहरु प्रवाशि तिर लाग्दा कतिपय हाम्रा साथिहरुले त्यो पनि उतै गयो भनेर ढुक्क भयकाथिए।म आफैले किनहो कमिटीमा नबोलाउँने भनेर चलाएपछि एकजना अहिले हाम्रो माझमा हुँनुहुँदैन रिषिराम जीले हाम्ले त तपाईँ रामप्रसाद सँगै जानुभयो भन्ने सोँचेका थियौँ हजूर उँहाहरुको सम्मेलनमा जानु भयको प्रत्यक्ष साथिले देखेका रैछन भनेर भन्नु भयो।ओहो के कसैको कार्यक्रममा राम हेर्न पनि जानु मिल्दैन भनेपछि बल्ल मिल्छ तर ..!भन्नु परेको थियो भनेर पछिको क्लासमा बोलाउँनु भयो।त्यो बेला आज भन्दा ४०बर्ष पहिले आफ्नो रुममा तास खेलाउँने र पाँच रुपिया सैकडा ब्याजमा रिण दिने सँग एउटै टोलमा बसेको मान्छे उनि संगठन छोडेर गएपछि बल्ल हाम्रो त्यो टोल स्वास्थ भयो।
रोग भनेको हामि भित्रै पलेको हुन्छ भन्नेकुरा त्यो बेलाको घटनाले प्रष्ट पाय्रो।जसरी तसरी हामिले दोस्रो अखिल भरात नेपाली एकता समाजको संगठनको प्रचार प्रसार गरेर चन्दा काट्दै थियौँ एक जना नेताले हाम्रो सम्मेलन सरेर कलकत्ता पुगेको कुरा सुनाए।अनि हामि एकले आर्काको मुख ताक्ने काम भयो पछि साथिहरुले मलाई ओखला टैङ पठाउँनु भयो सम्मेलन किन सर्यो भनेर पत्ता गर्दा त संगठन फुटेको थाहा भयो।त्यै पनि कयौँ साथिहरु कलकत्ता जानु भयो र हामि दिल्लिमा सम्मेलनमा गयौँ।त्यो बेला सम्म संगठनको सम्पत्ति भन्ने एउटा लेटर पैड पनि थिएन।
संगठनलाई पटक पटक फुटाउँदा हामिलाई नरामाईलो लाग्थ्यो तर कारण भने पार्टीनै थियो।साथिहरुलाई बनाउँन एकजना कार्याक्रता तैयार पार्न कति लगानि लगाउँनु पर्छ?त्यो बेहिशाबछ।फुटेर जाँदा कयौँ ईमानदार साथिहरुपनि संगै जानु हुन्छ।पछि तेस्रो सम्मेलन पछि पनि साथिहरु जानुभयो।चौथो सम्मेलनका अध्यक्ष लिलिनाथ कुसुम पनि केहि मैना असन्तुष्ट पछि जानुभयो।तर पछि उँहा फर्केर आउँनु भयो उँहाले जाँहा पनि भेटघाट हुन्थ्यो सहर्ष आफ्नो गलति स्विकार्नु हुन्थ्यो।त्यो बेला हामि पञ्जाबमा थियौँ।म सन१९८६पछि हिसार जिल्लामा पुगेँ हिसारमा गएपछि संगठनको काम गर्दा खुसिलाग्थ्यो।किन भने त्यँहा त्यो बेलामा पनि अनुसासित मिलन सार साथिहरु मौजुद हुँनु हुन्थ्यो।हाँशि हिसार फतेहाबाद टोहानाले त्यो बेला आसपासका एरिया नगरहरु समेतलाई ब्यबस्थित गर्थ्यो।म टोहानामा लामू समय सम्म बसें ह

हिसार बाट टोहाना७०किमिटर छ।कुनैबेला तिन चारौटा नगरमा पनि त्यँहाबाट आउँने जाने भयो।साथिहरुले सिकाएको अनुसासनलाई सधैभरी फ्लो गरियो।समयमा कार्यक्रममा पुग्ने र दिएको जिम्मालाई पुरागरेर मिटिङ्ममा जाने गर्थ्यौँ।
संगठनमा कयौ साथिहरु जानुभयो कयौँ नयाँ आउँनुभयो।तर संगठनको मूल लाईनबाट हामि कतै टस मस भयनौँ।
हामिले संगठनको एउटा रुपियालाई पनि हिसाब मिलाएर राख्ने र अनाहकमा त्यो खर्च नगर्ने संगठनको समपत्तिलाई जिम्मेवारीका साथ रक्षा गर्ने अनुसाशनको पालना गर्यो।
चित्त नबुजेको बिषयलाई ठाउँमा अन्धाधुन्द उठाउँने तर समितिले पासगरेको बुँदाहरुलाई कार्यान्वयन गर्न नहिचकिचाउँने बानिनै बस्यो।संगठन गठन गर्न जाँदा त्यो बेला बासा बस्ने थाउँ पनि मिल्दैनथ्यो र टेसनमा गएर बस्थ्यौँ।
अहिले पनि मूलप्रवाह अखिल भारत नेपाली एकता समाजलाई कसैले तोड्न खोज्दा हामिलाई लाग्छ त्यो ब्याक्तिले हाम्रो शाझा घर बिस्वविध्यालयलाई टुक्राउन खोजेकोछ।
हामि सबैले यो संगठनमा आर्थिक भौतिक नैतिकको योगदान दिएर हुर्कायौँ।अहिले यो संगठनले संसारमा आफ्नो एकताको प्रेणाको अमिट छाप छोडेको बेलामा कयौँ साथिहरुले आकारमण गर्न खोज्दा हामि सबैको क्रतब्य संगठनको रक्षागर्ने हुन्छ।
यहि संगठनले बाबुराम भट्टराईलाई प्रधान मन्त्री बनायो,यसैले डिलाराम आचार्य, टोपबहादुर रायमाझिलाई सांसद मन्त्री भनायो।सानैबाट लाहुरमा गएर मज्दुरी गरेका साथिहरुलाई नेता बनाएर शंर्घष गर्न सिकायो।आज उनै साथिहरुले संगठनलाई फोर्ने आकारमण गर्ने जस्ता कुरागर्दा कसलाई सहन हुन्छ?हामिले संगठन बाट निस्केर गएका साथिहरुको पनि योगदानको सह्रराना गर्ने गर्छौँ गालि गलौज गर्दैनौँ संगठमा कसैलाई पनि बिचारले बाँधनेहो शाङ्गलाले होईन।कसैको ईच्क्षा छ बस्छ छैन जान्छ।यहि त बेला बखतको कुराहो।हिँजो पनि हामि संगठानिक लाईनमा थियौँ आजपनि त्यँहिछौँ।सञ्जोगले आज गुरुपुर्णिमा पय्रो।भनिन्छ आजको दिन सबेले आ-आफ्ना गुरु सँग प्रेणा पनि लिने गर्छन।मलाई लाग्छ हामिले सिकेर सक्किदैन दिनौ दिन सिकि राख्नु पर्छ।जनम दिने आमा बा र स्कुलमा पढाउँने गुरु देखि प्राकृतिक र समाज पनि हाम्रा गुरुनै हुँन जस्ले नियमित हामिलाई शिक्षा दिने गर्छन।त्यस्तै प्रकारले प्रवाशी नेपाली हरुको गुरु अबिभावक मूलप्रवहा अखिल भारत नेपाली एकता समाज पनि हो।जस्ले निरन्तर प्रवाशी श्रमजीवी बर्गहरुलाई सचेत र संगठित गर्दै आएकोछ।

चर्चामा

सम्बन्धित समाचार