शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • ओलि ज्युले बाटो बिराएकालाई माफ गर्ने!

ओलि ज्युले बाटो बिराएकालाई माफ गर्ने!

  • शुक्रबार, साउन ८, २०७८
ओलि ज्युले बाटो बिराएकालाई माफ गर्ने!

सुरेशकुमार पान्डे — जब मानिश धेरै अग्लो आकासको उडान भर्छ उस्ले तलका मानिशहरु लाई मात्रै होईन ठुला ठुला हात्थि समेतलाई भुशुना जस्तै देख्छ।जब सम्म त्यो भुँईमा आउँदैन वा पच्छारिँदैन उस्लाई आफ्नो हैसियत थाहा हुँदैन।अहिले निवर्तमान प्रधान मन्त्रीको हालत त्यस्तै भएकोछ।भर्खर उनि भुँईमा आएकाछन अहिले बल्ल साथिहरुलाई एकताको आवहान गर्दैछन।अंझै पनि ” हिन्दीमा ‘भनिन्छ जिउरो पोलियो तर त्यसको बल गएन’त्यस्तै प्रकारले ओलिले घमौरो प्रकारले साथिहरु लाई बाटो बिराएका भन्दै माफि दिने बताएकाछन तर आफुले अंझैपनि माफि दिने कुरा गरेर एकताको बहानामा फुटको बिउ छर्दैछन।
अहिले ओलिले आफ्ना कार्याक्रता सँग मात्र होईन सारा देशका जनता सँग गद्धारी गरेकाछन र उन्ले देश र जनता सँग आत्मलोचाना गर्नु पर्दथ्यो।त्यसो गरेको भए बरु एताको आधार बिस्तारै तैयार पनि हुन सक्दथ्यो।तर उन्ले अंझैपनि आफुलाई पानीमाथिको ओवानो देखिरहेकाछन।
अहिले जनताको ठुलो आशा समेत उनैको अहेंकारको सिखार हुन पुगेकोछ।जनतालेहरु हामि सबैले ओलि सँग धेरै आस गरेकाथ्यौँ। हामिलाई लागेको थ्यो ओलि ज्युले अब यो आफ्नो जीवनको अन्तिम द्वौरममा कम्तिमा पनि देशको लागि केहि गर्छनहोला।
हामी प्रवाशी नेपालीहरुले त झनै ठुलो आश गरेका थ्यौँ आफु बसेको ठाउँ बाट मतदान गर्ने सर्वोच्चको फैसला लाई ओलि सरकारले भारतमा आएको बेलामा पनि लागु गर्ने भनेका थिए।तर त्यो उन्को उखान मात्र भयो।देशको आधा जनसंख्या बिदेशमाछन ,भारत लगायतका कयौँ देशहरुमा उनिहरुको पक्षमा कुनैपनि काम गरेनन्।बिदेशमा अहिले लाक डाउँनको समयमा युवाहरु खानमा मात्रै भयपनि काम गर्न बाध्य भएकाछन।उनिहरुलाई कोरोना महामारिको डोज कस्ले दिने?उनिहरुको हितमा दुई शब्द बोलिनन्।बिदेशमा काम गर्ने क्रमचारिहरु बुढेशकालमा पिन्सिनको लागि भौतारिनु पर्छ त्यो मात्र होईन उन्का बिधुवाहरु लाई बिदेश गएर पिन्सिनको लागि ठोक्कर खानुपर्छ।कम्तिमा नोकरी बाट अबकास पाएका कर्मिहरुलाई स्वदेशमै पिन्सिन पाउँने ब्यबस्था गर्नपहल गर्नु पर्थ्यो।यस्ता कयौँ बिदेशमा बसेका श्रमजीवीहरुको सरकारले केहि पहल गर्छ कि भन्ने आशा निराशामा बदलियो।
देशलाई पानी जहाज र रेलका कुरा पनि उखानमा मात्र सिमित भयो।
काला पानी लिपु लेख लिम्पिया धुराको त्यो आफ्नै पहलमा दुई तिहाईको बहुमतले पारित गराएको निशान छापलाई एउटा आदेश गरेर पाठ्यापुस्तक बाट हटाए।देशमा ठिक सँग चलेको दुई तिहाई बहुमतको सरकारलाई बिघटन गरेर पुरै देशलाई प्रतिगामि बाटामा ढेकले,जनतालाई झुट बोलेर आफु सँग १५३जनाको समर्थन छ भनेर दाबा गरेका ओलिले राष्ट्रपतिलाई संसद बिघटन र आम निर्वाचनको मीति तोकेर आधिरातमा सिफारिश गरे संसदलाई भंग गराए।जनमको आधारमा नागरिकाता बितरण गरेर अब उनैका बंशजलाई पनि नागरिकता दिने अध्यदेश जारि गरे बिदेशिहरुलाई देशको सर्वोच्चमा ल्याएका ओलिले अहिले अरुलाई आम माफि दिएर एकता गर्ने कुरा हाश्यास्पदनै हो।उन्का कयौँ असम्बैधानिक ,अप्रजातान्त्रीक र स्वच्छचारिताका
यस्ता याबत घटनाहरुले उनि यतिबेला पुरै देश राजनीतिक पार्टी र देशका जनताका एउटा दोशिको रुपमा जन अदालतको कठगेराम उभिएकाछन।त्यो कुरा साहिद उनलाई अंझै पनि अहेशास भएकोछैन।
अहिले सात दसक पछिको सम्बिधानले देशलाई गणतान्त्रीक धर्मनिरपक्षियता नेपालको रुपमा स्थापित गरिसकेता पनि उन्ले आफुलाई देशको सर्वोच्च शासक ठानेर जुन प्रकारको तानासाहि गर्दै देशलाई प्रतिगमको डिलमा पुराए त्यसको लागि उनि मात्रै दोशि त नहुँन सक्छन तर पनि त्यतिबेला उनि प्रधान मन्त्रि भएकोले त्यो सबैको श्रेय उनैलाई जान्छ।
देशभित्र सबै नागरिकहरुलाई आ-आफ्नो हक अधिकारको आवाज उठाउँने छुट हुन्छ।देशलाई कुनै कसैले खतरामा पुराउँन खोज्छ भने त्यसको बिरोध गर्ने भण्डाफोर गर्ने अधिकार हुन्छ।तर जो देशको प्रधान मन्त्री,मन्त्री वा राष्ट्रपति बन्यो उसैले आफुलाई सर्वमान्य ठानेर सम्बिधान भन्दा पनि आफुलाई माथि ठान्छ भने त्यो देश र जनतालाई असहनिय र अमान्य हुन्छ।त्यो अहिलेको ओलि जी को सरकारले गय्रो,संसारले पनि देख्यो। कम्युनिष्टहरु बेलगाम हुन्छन,तानाशाह हुन्छन भन्न समेत प्रतिकृयावादीहरु पछि परेनन्।निवर्तमान पर्धान मन्त्रीले कम्युनिष्टको आबरण भित्र स्वायम कम्युनिष्टका जरा काट्ने काम गरेको जग जाहेरछ।
उन्लाई के लाग्थ्यो भने म कम्युनिष्ट भएपछि अरु झिना मसिना दलका कम्युनिष्टहरुले मैले जेगरेपनि समर्थन गर्नेछन भनेर उन्ले आफ्नो अहेंकार देखाएका थिए।तर पासा पल्ट्यो गलत कामको नतिजा गलतनै हुन्छ।झिना मसिना पार्टीहरुले मात्रैहोईन उनैका सासंदहरु मन्त्रीहरु समेतले उन्को साथ छोडेर प्रतिगमनको बिरुद्धमा उभिए।
देशभक्त र गणतान्त्रीक शक्तिहरु कसैका बाँधा हुँदैनन् भन्नेकुरा पुष्टी गरेर देखाए। जतिबेला उस्ले उठ भन्यो उठ्ने र बस भन्यो बस्ने।कुनै पनि देशभक्त गणतन्त्रवादी शक्ति देश र जनताको हितमा अगाडि बढ्छ भन्नेकुरालाई प्रष्ट सँग बुझ्नुपर्छ।
देशका जनताले सात दसक देखि लडेर बलिदान दिएर ल्याएको यो गणतन्त्रलाई जोगाउँन देशका जनताले अर्को पल्ट शंघर्ष गर्नु पय्रो भने त्यो शंर्घष अत्यान्तै निर्मता पुर्वक परिस्थितिलाई चिरेर अगाडि बढ्नेछ।यो सबैलाई जानकारि हौश र आफुलाई जनप्रतिनिधिको रुपमा जवाफदेही बनाउँने आजै बाट बानि बसालौँ।जनताले देश र गणतन्त्रको रक्षा र जनजीवीकाको लागि पहल गर्न चुनेर पठाएपछि जनताले दिएको जीम्मा ईमानदारी सँग बहनगर्ने संकलप गर्नु पर्छ।
अहिले पनि देशका सबै देशभक्त शक्तिहरुको एकताको नितान्त खाँचोछ।देश यस पटक प्रतिगामि डिल बाट फर्किए पनि देशमा प्रतिगमन र एमसीसीको खतरा बरकरार छ।जो सुकै बाट पनि गलति भयकोलाई सच्चाएर देशलाई बलियो बनाउँन देशभरीका देशभक्त गणतान्त्रिक शक्तिहरुको एकता अपरिहार्यछ।

चर्चामा

सम्बन्धित समाचार