शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हामि ईमान्दार मज्दुर भयौँ जालि हुनसकेनौँ,

हामि ईमान्दार मज्दुर भयौँ जालि हुनसकेनौँ,

  • शुक्रबार, साउन ८, २०७८
हामि ईमान्दार मज्दुर भयौँ जालि हुनसकेनौँ,

हामि ईमान्दार मज्दुर भयौँ जालि हुनसकेनौँ,
आफ्नो देशलाई ओट्ने त्यो पालि हुनसकेनौँ।

कलिलै मा लाहुरे भएर त होला हिंजो आज,
मात्रृत्वभूमिको सशस्क्त रखवाली हुनसकेनौँ।

दलित बन्यौँ बाहुन अनि जनजाति पनि हुँदा,
शहिद विरहरुकै शन्तान गोर्खाली हुनसकेनौँ।

पशिना पोख्यौँ रगत पोख्यौँ संसारका निमित्त,
तरपनि आफ्नै देशको लागि माली हुनसकेनौ।

जन्मिएर हिमाल पहाड र तराई मा हुर्किएका,
कोट कांडामा बस्ने हामि लेकालि हुनसकेनौँ।

बिदेशमा जुनसुकैलाई पनि किन बहादुर भने,
थाहाछैन हामि एकढिक्का नेपाली हुनसकेनौ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार