शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • भालुको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

भालुको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

  • बिहिबार, साउन ७, २०७८
भालुको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

चितवनको माडी पाण्डवनगरमा जंगली भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

माडी नगरपालिका वडा-१ पाण्डवनगर निवासी अन्दाजी वर्ष ४६ का राजकुमार बोटको जंगली भालुको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार विहान तामाको मुना खोज्न गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा बिहीबार बिहान माडीको देउता खोलाको किनारमा शव भेटिएको हो ।

मृतकको बायाँ आँखामाथि ठूलो चोट लागेछ । शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक पौडेलले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार