शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • वृक्षारोपण सहित ३९ औं बिपि स्मृति दिवस खप्तडछान्नामा सम्पन्न

वृक्षारोपण सहित ३९ औं बिपि स्मृति दिवस खप्तडछान्नामा सम्पन्न

  • बुधबार, साउन ६, २०७८
वृक्षारोपण सहित ३९ औं बिपि स्मृति दिवस खप्तडछान्नामा सम्पन्न

पुष्पराज रोकाया — जन नायक बिपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसर पारी नेपाली कांग्रेस खप्तड छान्नाले आज बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

खप्तड छान्ना गाउँ पालिका वडा न ४ पसलबगरमा रहेको बिपी स्मृति भवनको आगनमा र भवनको वरिपरि विभिन्न जातका फलफूल तथा बोटविरुवा गरी करिब दुई सय भन्दा बढी विरुवा रोपिएको हो ।

नेपाली कांग्रेस खप्तड छान्ना गाउँ पालिकाका सल्लाहकार समिति संयोजक एवं गाउँ पालिका अध्यक्ष वर्क बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा महा समिति सदस्य जगत प्रसाद जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा ने वि संघ पूर्व केन्द्रीय सदस्य लोकेन्द्र बहादुर रोकाया, जिल्ला कमिटी सदस्य उत्तम रोकाया, नेपाली कांग्रेस खप्तड छान्ना सल्लाहकार समिति सदस्य विश्नुभक्त जोशी तथा जगत बहादुर थापा एबं वडा न. ४ वडाध्यक्ष भीम बहादुर रोकाया, वडा न. ४ वडाध्यक्ष मंगल सुनार, १३औं महाधिवेशन प्रतिनिधि डम्बर बहादुर रोकाया लगायत गाउँ पालिका भरिका अधिकांश नेता, कार्यकर्ता र तरुण दल तथा नेपाल विद्यार्थी संघका विद्यार्थी नेता एबम् पार्टीमा आस्थावान शुभेच्छुक गरी करिब १४५ जनाको सहभागिता रहेको थियो ।

पसलबगरमा हालसालै निर्माण सम्पन्न भएको बिपी स्मृति भवनका लागि जिल्ला कमिटी सदस्य उत्तम ब रोकाया ज्यूले १३० वर्गमिटर जग्गा निशुल्क उपलब्ध गराउनु भएको थियो । बिपी स्मृति दिवसको अवसरमा आयोजना भएको उक्क्त वृक्षारोपण कार्यक्रम एक औपचारिक समारोहका बीच समापन भएको थियो । कार्यक्रममा जन नायक बिपी कोइरालाको तस्विरमा अविर र फूलमालाले माल्यार्पण गरी उपस्थित सम्पूर्ण महानुभावहरुले श्रदान्जली व्यक्त गरेका थिए भने जग्गादाता उत्तम बहादुर रोकायाका बुवा वीर बहादुर रोकायालाई हार्दिक बधाई एबम् धन्यवाद ज्ञापन समेत गरेका थिए ।

साथै, उक्त विपी स्मृति भवनको कार्यालय व्यवस्थापनको लागि २६ जना महानुभावहरुले ५५ थान कुर्सी, एक थान दराज, एक रोल कार्पेट गरी नगद रु. ६७१२५/- स्वैच्छिक सहयोग समेत गर्नुभएको थियो भने जिल्ला पार्टी कार्यालय सञ्चालनका लागि नन्दराम जोशीले रु ११००/- समेत सहयोग गर्नुभएको थियो । बिपी कोइरालाको ३९ औं स्मृति दिवशमा आज सम्पन्न भएको वृक्षारोपण कार्यक्रमको संयोजन र व्यवस्थापन नेपाली कांग्रेस खप्तड छान्ना गाउँ पालिका ४ नम्बर वडा कार्यसमितिका सभापति जीवन बहादुर रोकाया र सचिव बाजिलाल रोकायालेले गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार