बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • प्रतिगमन र एम सिसिको खतरा उस्तैछ।

प्रतिगमन र एम सिसिको खतरा उस्तैछ।

  • शनिबार, साउन २, २०७८
प्रतिगमन र एम सिसिको खतरा उस्तैछ।

शुरेशकुमार पान्डे — अमेरीकी साम्राज्यवाद विस्वमा आफ्नो जाल फैलाउँनमा प्रयासरतछ।एसैको अर्को कढि एम सीसी पनि हो,संसारका कयौँ देशहरुलाई आफ्नो ऐसानको तल दबाएर त्यो देशको सार्वभौमिकता र अखण्डतामाथि कब्जा जमाएर त्यँहाको सार्वभौमिक्तालाई पंगु बनाउँने उदेश्यले एम सीसी बोर्ड आँफ डारेक्टरको सन २०१७ अगस्तको मैनामा बसेको बैठकले नेपाल लाई पनि लगभग५० अर्बको अनुदान सहयोग गर्ने प्रस्ताबलाई स्विकृत गरेको थियो।यस अनुसार एमसीसी र नेपाल सरकारको बिचमा २०७४भाद्र२९गते”मिलेनियम च्यालेञ्ज कम्प्याक्ट”सम्झौता सम्पन्न भैसकेको थियो।त्यो सम्झौतामा तत्कालिन अर्थ मन्त्री ज्ञानिन्द्र बहादुर कार्कि र अमेरिकि एमसीसी कार्यक्रमका कार्यबाहक प्रमुख कार्यकारि अधिकृत जोनाथन नासले हश्तक्षर गरिसकेकाछन।त्यो सम्झौता अनुसार अमेरिकि सरकारले ५००मिलियन अमेरिकि डाँलर अनुदान स्वरुप उपल्बध गराउँने निरणय भएपछि नेपालको राजनीतिमा एउटा अनिश्चित घुम्ति भुईचाल आयो।यो रकम लाई कसरी हात पार्ने भन्नेमात्र नेताहरुलाई चिन्ताछ।तर यो रकम ल्याएपछि हाम्रो देश रणक्षेत्र बन्छ भन्नेबारे यि ठुला पार्टिका नेताहरुलाई थाहाछ वा छैन तर पनि त्यो लागु गराएरै छाड्ने यिनिहरुको शड्यन्त्रहो।
त्यो हिँजो ओलिको पालामा पनि थियो र त्यो खतरा अहिलेपनि जस्ताको तस्तैछ।अहिले यो एम सीसीलाई अमेरिकाले अल्वानिया,अरमेनिया,जर्जिया,जस्ता युरोपिएन देश का साथै अमेरिकाको पेरु ग्वाटेमाला,गुएनाका,लगायत एसियाका मंगोलिया फिलिपिन्स,श्रीलंका,ईणँडोनोसिया,आदि देशहरुमा लागु गर्न जोड दिएकोछ।पेरु नेपाल र श्री लंका जस्ता देश र ल्याटिन अमेरिका लाई अंग्रेज साम्राज्यावादले बिषेश जोड दिएर यो एम सीसी लागुगराउने प्रयात्न भएकोछ।नेपाल एउटा असलङ्गन राष्ट्र भयकोले पनि यो सम्झौताले नेपाललाई नोक्सान पुराउँनेछ।
हाम्रो देश भारत र चीन ठुला ठुला देशको चपेटमा परेकोछ।पूर्वमा मेची देखि पश्चिम महाकालि सम्म र उत्तरमा चीनको तिब्त देखि दक्षिण भारत सम्म फैलिएकोछ।जस्को तिन तिरबाट भारत र एकतिर बाट चीनको सिमाना परेकोछ।दुबै देशको बिचमा रहेको भएपछि हाम्रा छिमेकिहरु पनि यिनै दुई देशहुँन।हामिले शमुन्दर बाट समान ओसार पसार गर्नको लागि पनि भारत वा चीन भएर आउँनुपर्छ।हाम्रो देश आर्थिक रुपमा कम्जोर त छँदैछ त्यसमाथि भूपरिबेष्ठित अबस्थामाछ।
हामिले साँच्चै भन्दा यि दुबै देश सँग राजनीतिक वा कुट्नैतिक सम्बन्धमा सन्तुलन मिलाएर राख्न सकेनौ भने हाम्रो देश विस्वको नक्सामा नभेट्टिन सक्छ।त्यसकारण हामिले यि दुबै देश मध्य कुनै एउटा सँग मान्त्र घनिष्ट ब्यबहार गर्नु हाम्रो लागि खतरा हुनेछ।त्यसैले पनि हाम्रो लागि असलङ्गन नीति बरकरार राख्नु पर्दछ।हामिलाई भारत र चीन दुबै देशको सहयोग चाहिन्छ।
हामिले सबैको लागि लडाई लडेर जीत हासिल गरेपनि हामिले भारत वा चीन सँग ससस्त्र लडेर जीत हासिल गर्न सक्ने क्षामता छैन।यि साम्राज्यावादी देशहरुलाई यिनिहरुको आधुनिक हथियारको सामना गर्न सक्ने श्रोत हामि सँग छैन।हामि सँग भएको मात्र जोस र जाँगर हो।हामि लडेर मर्न सक्छौँ तरपनि त्यो अबस्थामा देशलाई जोगाउँन धेरै कठिन हुनेछ।अहिले अंग्रेजी साम्राज्यावादले ल्याएको एम सीसी हाम्रो देशको लागि आत्माघति हो त्यो कुनैपनि हालतमा पारित गर्नु हुँदैन। भोलिका दिनहरुमा चीन र भारतको बिचमा कुनै युद्ध हुँनथाल्यो भने हाम्रो देशमा बसेर अंग्रेजी सेनाले चीनलाई आकार्मण गर्न सजिलो गराउँनलाई पनि यो एमसीसीले छुट दिनेछ।यि यावत कमिकम्जोरिका बाबजुद पनि अहिले एमसीसी लाई पासगराउँन भित्रभित्रै ठुलो शड्यन्त्र हुँदैछ भनेर बुझ्नुपर्छ।ओलिको पतन पनि एमसीसी र निशान छाप चुच्चे नक्सा हो भनेर पनि बुझ्नुपर्छ।ओलिलाई लोलिपोप दिएर भारतिय खुफिया एजेन्शिका प्रमुखले उन्लाई नाङ्गाए।ईमानदारि सँग भन्छन भने ओलिले त्यो कुरा पुष्टि हुनेछ तर त्यो हैशियत ओलिले राख्न सक्दैनन्।उन्लाई ठुलो मौका मिलेको थियो देश र जनताको लागि राम्रो काम गर्ने तर त्यो उन्ले गवाए।आफ्नो हैकमवादी र तानाशहि सैलिबाट देशलाई प्रतिगामि बाटोमा डोराउँन थाले त्यो एम सीसी लाई पारित गराएर टनकपुरको सम्झौतामा जस आफुले लिएको जस्तै एमसीसीको पनि जह आफुले लिनलाई गरेको शड्यन्त्रमा आफै फसे।
हामिले धेरै कुरा भन्नु भन्दा एउटा वास्तबिक घटनालाई यादगरौँ त्यो खलङ्गाको नाला पानीमा भयको युद्ध र सन१८१५-१६को सुगौलिमा भएको सन्धि।हिजो त्यो ब्रिटिश हुकूमतले भारत बाट नेपाललाई समेत कब्जा गर्यो र भारतको बिहारमा राज्यको सुगौलिमा भएको त्यो घृणित र लज्जास्पत एकलौटे सन्धिले गर्दा आजपनि हाम्रो सन्तान जमिन सँगै भारतमा गाभियो।हिँजो टिष्टा देखि सतलज सम्मको भुभाग गुमाएर पनि हजारौँ होनहार नागरिकहरु गुमाएर पनि शिक्षा लिन नसक्नु ठुलो बिड्म्बनाहो।
अहिले पनि बिस्तारै हाम्रो देशमा हश्तक्षेपको बाताबर्ण तैयार पार्नलाई एम सीसी जस्तो औजार फालेकोछ।त्यो जालबाट मुक्त हुनसक्ने मानसिकता भैन भने देशमा फेरि राष्ट्रघाति शड्यन्त्र हुने निश्चितछ।यसको सक्यासम्म बिरोध गरेर देशलाई जोगाउँने जिम्मा पनि हामि सबै जनताहरुको काँधमाछ।दलालि मानसिकता बाट माथि उठेर पार्टी भन्दा पनि देशलाई जोगाउँन सच्चा देशभक्त बनेर अगाडि बढ्ने समयको मागहो।तर आफ्ना नेताहरुको पिछ्लग्गु र अन्धभक्त भएर हातमा दहि जमाएर बस्यौँ भने देशलाई खोज्न आउँने पडिलाई अपठ्यारो हुनेछ।

चर्चामा

सम्बन्धित समाचार