बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अबको पालो कस्को?

अबको पालो कस्को?

  • शुक्रबार, साउन १, २०७८
अबको पालो कस्को?

सुरेशकुमार पान्डे — अहिलेको राजनीति गतीबिधिलाई नियाल्दा अबको पालो काग्रेसको भन्दा अलि छिटो गरेको बिष्लेशण हुँनजाला।तर अहिले त्रुपको पत्ता काग्रेसको पोल्टामा खसेकोछ।भर्खरै देउवाले कार्याकारी प्रमुखको पदभार समालेकाछन तर उन्को प्रवेश सँगै केहि कामहरु भै सकेकोछ।प्रथम कांग्रेसका नेता गच्छेदारको जमानतमा रिहाई,आलम असांरीको रिहाईको वादा र पहल भैसकेकोछ।अनि पुँजिपतिहरु लाई बस को भाडा महेंङ्गो गराएर फाईदा पुराउँने श्रेयपनि उनैलाई जान्छ।अहिले पेट्रोल र डिजलको दाममा नर्मि आएको बेला २८% दामको बृद्धिले गर्दा सनक हुन्छ।
यस्को साथै काँग्रेसमा प्रवेशको लहरले देउवाको गरिमामा चार चान्द लागेकोछ।उन्को पिठभारि भैसक्यो काग्रेसमा।साथै छिमेकिले पनि खुब प्रसंसा गरेको बिभिन्न पत्रपत्रिकाहरुमा आएकोछ”भारतिय पक्षको जीतले चीन लाई ठुलो धक्का लागेको भन्दै आजको कयौँ हिन्दि अखबारहरुले लेखेकाछन।यानिकी भारतले खुलेआम आफ्नो पक्षको नेता मानेकोछ शेरबहादुर देउवालाई।
पार्टीमा अहिले एकिकृत माओवादी बाट कांग्रेसमा प्रवेशको लहर भनेर मिडियाहरुमा समाचार आएकोछ।अहिले जनताको नजरमा के माओवादी के काग्रेस सबै एकैनासे भएपछि जस्को पढ्ला भारि अरु पनि उतैतिर लाग्न थालेको संकेत हुन्छ।
अहिलेको यो परिस्थितिको मुख्य जिम्मेवार स्वायम केपि शर्मा ओली हुँन।किन कि देशमा चल्दा चल्दैको दुई तिहाई बहुमतको सरकारलाई बिघटन गरेर चुनाव गराउँने र आफुले दुई तिहाई बहुमतको सरकार बनाएर मन मर्जि गर्न सक्ने सपना उन्लाई देखाएर ‘रअ’का प्रमुखले ओलिलाई कतैको पनि छाडेन।अँझै पनि ओलिले आफुलाई जनतामा लैजाने बिचार गरेकाछन त्यो अब मुङ्गेरिलालको सपना नै हो।
मलाई अहिलेको ओलिको ब्यबहारले एउटा कथा यादा आयो-एउटा महा अल्छि थियो जस्ले दिनौँ धनि बन्ने सपना देख्ने गर्थ्यो।बिचरा अल्छिलाई दिउसै पनि सपनाले घेर्थ्यो।भोको एउटाको गोठालो बसेको रैछ त्यो दिन घरधनिलाई दया आएछ र उस्ले कुनै गरिबलाई खान दिएपछि पित्रिहरुले पाउँछन भन्ने सोचेर एउटा भुर्कामा खिर लगेर त्यो अल्छिलाई दिएछन।अल्छि खुसि भएर फटाफट खान थाल्यो तर एक गास पनि नखाँदै उस्ले त्यो खिरलाई जस्ताको तस्तै आफ्नो चारपाईको माथि एउटा किलमा झुण्डायो र भन्यो ओहो यो के गर्न लागेको मैले खिर खाएपछि म सँग के रहन्छ?आफै सँग प्रश्न गर्दै भन्यो अब यो खिरलाई बेच्छु त्यो पैसाले कुखुराका चल्ला किन्छु,कुखुरा धेरै हुन्छन तिनिहरुलाई पनि बेच्छु र बाख्रा पाल्न थाल्छु अनि एउटा बाख्राले दुई दुईटा पाठा जन्माएपछि बाख्राको पनि बगाल हुन्छ त्यसपछि मैले बाख्रा पनि बेच्छु अनि भैँसि पाल्छु दुध दहि प्रस्तै हुन्छ बिबहा गर्छु एउटा घोणा पनि किन्छु मेरा बाल बच्चा हुन्छन।कसैले एता बाट तान्छन कसैले उताबाट तान्छन बाबा भन्दै अनि मलाई रिस उठ्छ र यहि लाठि टिपेर ड्यामकि ड्याम लगाउँछु भन्दै लाठि के घुमाएको थियो त्यो लाठिले भुर्कामा लाग्यो अनि त्यो भुर्का पुटेर सबै खिर भुईमा घोप्टियो।अनि बल्ल अल्छिले पछुताउँदै थैई त्यो खिर खाएको भय त पेट भरिन्थियो होला” भन्दै भोकै बस्नु पय्रो।
ओलिले पनि ठिक त्यहि गरेका थिए।उन्ले साम्राज्यवादको एमसीसीलाई जसरी भएपनि पास गराउँन र त्यसको जस आफैले लिने होड्मा आफ्नो बलियो सत्तालाई बिघटन गराए।अहिले लगातार कयौँ पल्ट देशमा नयाँ प्रकारको पप्रतिगामि सड्यन्त्र गरेर देशलाई जटिल बाटामा डोराउँदै थिए।जब देशको कार्यापालिका प्रमुखले तानाहाहि ब्यबहारगर्न त्यहको बिक्लपको रुपमा पहिलो न्यायपालिकाको सरणमा जानुपर्छ,र प्रकृयागत रुपबाट जनताको दरबारमा पनि जानुपर्छ।कार्यपालिकाले लगातार तानासाही प्रबृतिबाट गलति गर्दै जाने र अहेंकार देखाउँदै जाने तर न्यायपालिका मुखदर्शक बनेर बसि रहने कुरा पनि हुँदैन।न्यायपालिकाले स्वायम प्रधान मन्त्री तोक्ने कुरालाई हामिले अध्यायन गर्नुपर्छ तर पार्टीलाई सरकार बनाउँन निर्देश गर्न सक्ने बैधानिक अधिकार न्याय पलिकालाई हुन्छ।
तर यो बिशेष परिस्थितिमा मात्र लागु हुने कुरा ठिकहो नत्रभने लोकतन्त्रको मर्म लाई ठेस पुग्ने टड्कारो देखिन्छ।ओलिले अहिले गरेको कामले देशलाई एउटा गलत ठाउँमा ल्याएर उभाएकोछ।त्यो मात्रै होईन देशलाई प्रतिगामि शक्तिको हातमा सौँप्ने ठुलो शड्यन्त्र पनि थिएन भन्न सकिदैन।
भबिष्यमा हुँने आम निर्वाचनमा ओलि आफैको पनि जमानत जफ्त हुँन बेरछैन।किन कि ओलिले अहिले गरेको कुनै पनि जनहितको काम छैनँ।
आर्को तिर कांग्रेसले बिस्तारै ओलिको खोईरो खन्ने काम गर्नेछन।केपि शर्मा ओलिले देशलाई जुन गलत शंदेश दिएर जनतामा जान्छन त्यहि दिन थाहा पाउँनेछन उन्ले आफ्नो गलतिलाई प्रष्टरुपमा चाल पाउँनेछन।
हाम्रो मक्सद देशको भबिश्य सँग कुनैपनि शक्तिले खेलवाड नगरुस भनेर कामना गर्दछौँ।तर ओलिले साडे तिनबर्षको सरकार चलाउँदा पनि एउटा राम्रो काम गरेको देखिदैन।
काला पनी लेपुलेख र लेम्पियाधुराको बारेमा भारतिए नक्सालाई लिएर जब जनताले बिरोध गर्न थाले ओलिले ठिक त्यहिबेला जनताको आक्रोशलाई देखेर त उनिहरु कतै गएर लूकेका थिए।
जनताले आफै बिद्रोह गरेर राष्ट्रीयताको रक्षा गर्नेछन।त्यो बिसय प्रति ध्यान दिएर अहिलेको यो जटिल बस्थामा देशका शिर्ष नेताहरुकोले देशभक्त र गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँन सक्ने जुझारु मित्रलाई देशको कमान दिनुपर्नेहो।अँझैपनि कम्युनिष्ट पार्टीका लिडरहरुले साथिहरुको समेत ब्यबस्था गरेर जानुपर्दछ।
हामिले भन्दै आएकाछौँ वामपन्थि र देशभक्त कुनैपनि भ्याक्तिलाई हाम्रो सहयोग र समर्थन हुनेछ।तर गलत र प्रतिगामि कृयाकलाप गर्नेको बिरुद्धमा सदैभरी आवाज उठाउँने हाम्रो क्रतब्यहो भनेर बुझ्नुपर्छ।आज देशमा प्राकृतिक प्रकोप बाढि पहिरो र देशभित्र राजनीतिक खिचलोको यो परिबेशमा पनि देश र जनताको हितलाई अनदेखि गर्दै नेताहरुले जुन षप्रकारको ब्यबहार गर्दै आएकाछन त्यो अत्यान्तै घृणाजनक ब्यबहारहो।एकातिर हम्बिधानमा समाबेसि र समानताको कुराहरु उठाईन्छ तर कुनैन कुनै बहानामा आएर त्यहि ब्यबसथालाई औषधि उपचार गरेर कामचलाउँ बनाईन्छ।
अहिले त पाँचौ पटक प्रधान मन्त्रीको रुपमा देउवालाई प्रधान मन
मन्त्री चएन गर्दा समस्या भने ज्युँका त्युँ रहेकोछ।कागलाई बेल पाक्यो हर्श न बिष्मिता भनेको जस्तै हो हाम्रो लागि।

चर्चामा

सम्बन्धित समाचार