शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हामिले सधैँ अन्याय अत्यारको बिरुद्ध लड्यौँ,

हामिले सधैँ अन्याय अत्यारको बिरुद्ध लड्यौँ,

  • बुधबार, असार ३०, २०७८
हामिले सधैँ अन्याय अत्यारको बिरुद्ध लड्यौँ,

हामिले सधैँ अन्याय अत्यारको बिरुद्ध लड्यौँ,
अदुरदर्शियता गलत बिचारको बिरुद्ध लड्यौँ।

भन्नेहरुले के के भन्छन त्यो त छुट्टै कुरा हुन्छ,
तानाशाह प्रतिगामि सरकारको बिरुद्ध लड्यौँ।

लड्दैछौँ हामि लडाईकै मैदानमा हुँनेछौ हामि,
आपसमा हुँने भित्रि तकरारको बिरुद्ध लड्यौँ।

राज नीतिले सदै देशको गरिमा जोगाउँनु पर्ने,
तर यसैमा आएको ब्यापारको बिरुद्ध लड्यौँ।

सदै फर्शि लिएर खसी दिने परमपरा भए पछि ,
त्यस्तो दलाली गर्ने कार्यभारको बिरुद्ध लड्यौँ।

ईतिहाश त लामूछ हाम्रो पनि शंर्घषको देश मा,
देश टुक्रापार्न भित्रिने हथियारका बिरुद्ध लड्यौँ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार