शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • छोरी जन्मिएपछि परिवारै मिलेर हत्या, ४ जना पक्राउ

छोरी जन्मिएपछि परिवारै मिलेर हत्या, ४ जना पक्राउ

  • बुधबार, असार ३०, २०७८
छोरी जन्मिएपछि परिवारै मिलेर हत्या, ४ जना पक्राउ

बिराटनगरमा एक परिवारले नवजात शिशुको हत्या गरेको छ। प्रहरीका अनुसार जन्मिएको बच्चा छोरी भएकाले परिवारै मिलेर हत्या गरिएको हो।

हत्यामा संलग्न रहेको अभियोगमा आमासहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका–५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन्।

आइतबार राति खुस्वुले छोरीलाई जन्म दिई ब्ल्याङ्केटले घाँटी थिची हत्या गरी उनकै आमा बुवाले सञ्चालन गर्दै आएको रंगेली नगरपालिका–५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको प्रहरीले जनाएको छ।

छोरी जन्मिएपछि जन्मनेवितिकै हत्या गरिएको अनुसन्धानको क्रममा खुल्न आएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरु उपर कर्तब्य ज्यान कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार