शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • फुटेर होईन जुटेर लडाई जीत्तिन्छ!

फुटेर होईन जुटेर लडाई जीत्तिन्छ!

  • सोमवार, असार २८, २०७८
फुटेर होईन जुटेर लडाई जीत्तिन्छ!

सुरेशकुमार पान्डे — देशभित्र अत्याचारछ,असमानताछ,महेङ्गि र भ्रष्टचारछ आदि यित्यादि समस्यले हामि सबै जेलिएकाछौँ।यो खास गरेर कुनै एउटा जातिमा मात्रै सिमित छैन सर्वजातमा यो समस्याछ।त्यसैले गर्दा हामिहरुलाई बर्गशंर्घषको नितान्त आबस्याकताछ।कतिपए साथिहरूले भन्नुहुन्छ “बर्ग शंर्घष ले जातिय मुक्ति हुँदैन त्यसको लागि दलित जातिले बाहुन क्षेत्रि सँग शंर्घष गर्नुपर्छ”यसो भन्दा उँहाहरुले स्वयम आफ्नै बर्गको समस्यलाई बिर्शिनु हुन्छ।कुनैपनि धनी ब्याक्ति शोषण नगरिकन हुँदैन त्यसो भए दलित र जनजातिहरुमा धनी ब्याक्ति पनिछन।बाहुन र क्षेत्रिमा पनि गरिब मान्छेहरु प्रसस्तैछन।के धनी बाहुनले गरिब बाहुनलाई शोषण गर्दैन अबस्य पनि गर्छ।त्यस्तै गरिब बाहुन क्षेत्रीलाई धनी दलित वा जनजातिले पनि सोशण गर्छ।त्यसकारणले हामिले हाम्रो समस्यलाई बर्गिय रुपमा हेर्न सक्नुपर्छ नत्र हामिले आफ्नै जातिभित्रपनि न्याय गर्न सक्नेछैनौँ।
आखिरीमा राजनीति भनेको त अहिलेपनि बर्गिएनैछ हामिले हेरौँ गरिब मानिश अहिले सम्म शिर्ष पदमा को पुग्यो?अहिले सम्म कुनै पनि गरिब मान्छे कुनै ठुलो पदमा पुग्न सकेकोछैन सेवाए कम्युनिष्ट।कम्युनिष्ट पार्टी बाट गरिब नेता मन्त्री बनेपछि बिग्रिएर गएको त पक्कैछ तर गरिबहरु बुजुर्वा प्रतिकृयावादी पार्टीमा लागेर मन्त्री बन्न सकेको भए अपवादनै होला।कम्युनिष्ट पार्टीमा लागेका गरिब चौकिदार कुल्लि कर्मिहरु लाहुरेलाई गरिब जनताले सहयोग गरेर नेतृत्वमा पठाउँछन।बिड्मबना त्यो नेतृत्व सम्म पुगेपछि त्यो सुख भोगि बन्दै जान्छ र अन्तत्वगत्व त्यो पुँजिवादी रङ्गमञ्चमा पौडिन थाल्छ र आफ्नो जिम्मेवारी लाई भुल्छ,आफ्नो बर्गलाई भुल्छ अनि त्यो धनी नभयपनि धनीको केटागिरिमा रम्नथाल्छ।
त्यसैले कम्युनिष्टहरुले आफ्ना कार्याक्रता र नेताहरुलाई सर्वहारा करण गर्ने निर्देशन गर्छन।पार्टीले त्यसो गरेर बैचारिक रुपबाट कम्युनिष्टलाई पुँजिवादी बुजुर्वा पार्टीको भन्दा अनुसाशित मिलिटेन्स,बनाउँछन।ताकि कम्युनिष्ट पार्टीले सर्वजात,सर्वधर्म आदिको सम्मान गरेर बिना भेदभाव देश र जनताको लागि रक्षकको रुपमा उभ्याउँन सकुन।
भारतको पश्चिम बंगालमा करिब पैँतिस बर्ष भारतिय कम्युनिष्ट पार्टी( मार्क्सवादी)ले राज गय्रो त्यो एउटा संसोधनबादी पार्टी भएपनि उस्ले भारतका अरु राज्यहरु भन्दा बिशिष्ट प्रकारको सरकार चलायो र त्यसमा बसेका नेताहरुलाई कसैले पनि भ्रष्टचारमा सलङ्गन भएको प्रमाणित गर्न सकेन।बिजेपिले जीतेपछि त्यँहा बाट लेनिनहरुका सालिकलाई ढाल्ने काम गरे।तर कम्युनिष्टहरुले अंबेड्करलाई पनि सम्मान गरेका थिए।उनिहरुले नेरु गाँधी लगायत कसैका पनि सालिकहरु लाई नोक्सान पुराएनन्।कम्युनिष्ट पार्टीमा काम गरेका मानिसहरुको छुट्टै प्रकारको पृष्ठभूमि हुन्छ भन्ने कुरा प्रष्ट हुन्छ।हामिले अहिलेको बुजुर्वा समाजमा भएका तमाम गलत कृयाकलापलाई फ्याँकेर नयाँ राज्य ब्यबस्था ल्याउँने आँट गर्छौँ भने सबैभन्दा पहिले आफ्नो बर्ग चिनौँ र आफ्नो बर्ग सँग मैत्रिपुर्ण ब्यबहार गरौँ।अनि हाम्रो बिचको एकताले दुश्मनलाई परास्त गर्न सक्किन्छ।
बिगतमा दश बर्ष सम्म जनयुद्धको नाउँमा बन्दुक पड्काउँनेहरुले कस्को लागि लडाई लडे त्यो उनिहरुलाई अहिले पनि थाहाछैन।हजारौँ ईमान्दार युवाहरु मारिए उनिहरुको प्रतिनिधित्व गरेका नेताहरु सरकारमा पुगे तर उनिहरुले केको लागि गोलि खाएर शहिद भएका हुन त्यो उनिहरुको आश्रृतलाई अहिले पनि थाहाछैन।नौलो जनवादी क्रान्तिकानारा लगाउँदै प्रतिकृयालादीहरुको तातो गोलिले छातिलाई छियाछिया पाय्रो तर अहिले उनिहरुको आश्रृतलाई माछो माछो भेगुतो गराईयो।सर्वहारा सुकुमवासी,भुमिहिन किसान,मज्दुर कर्मिहरुको अबस्था उस्तैछ।
अहिले त्यो क्रान्तिकारी बिधि बिधानलाई दरबारमा बुझाएर बहुदलिए प्रतिशप्रधामा रमाउँदैछन।शहिदको रगतको दाग अंझै मेटिएकोछैन तिनै सहिदको सपना आकंक्षा सँग गद्धारी गरिएकोछ।हिँजो झापामा युद्ध गरेका पसुपतिमा पुजा गर्न थाले,दशबर्ष जनयुद्ध गर्नेहरुले भैँशिको पुजागर्न थाले।
यस्तो अबस्थामा गरिब सर्वहारा, सुकुमबाशी,श्रमजीवीहरुको एकताको नितान्त आबस्याकता भएको बेलामा साथिहरु बिभिन्न बहाना बनाएर एकले आर्कालाई मैलो प्रमाणित गर्न दिन रात एक गर्दै हुनुहुन्छ।जो स्वायम प्रतिकृर्यावादीले खोजेकै थिए।
हामिले यो अमूल्य समय बर्गिय एकताका लागि लगाएको भए धेरै फाईदा हुनेथियो।अहिलेको अबस्था बन्दुक पड्काउँने छैन त्यसकारण अहिले जनशंघर्षनै प्रमुखहो भन्ने थाहा भएका मित्रहरुले एकमना एकता गरेर जानुपर्छ।नत्र भाई फुट्यो गवार लुट्यो हुनेछ।हामिले समय छँदै एक आर्कालाई गालि गलौचमा समय खेर नफालेर जनताको बिचमा प्रतिकृयावादीहरुको भण्डाफोर्ड गरेर जानु समयको माग पनि हो।
अहिले साथिहरु लाई लाग्ला प्रतिगमन भैसकेकोछैन प्रतिगमन भै सक्यो भनेता सक्किगोनी प्रतिगमन तर्फ जाँदै गर्दा त्यसको बिरोध गरेर त्यो दिशतिर जान दिनुहुँदैन।हाम्रो एकता भयो भने प्रतिगमन हुनैसक्दैन एदि हाम्रो एकता भएन भने प्रतिगमन हुन्छ।अहिले ओलि सरकारले असम्बैधानिक र तानाशाही प्रकारले नाङ्गो रुपमा भारतको सेवागर्दैछन,र राजावादीहरुको पनि उनि नजिक्किदैछन। त्यसैले हामिले भन्दै आएकाछौँ
अहिले प्रधान मन्त्रीले गर्दै आएको ब्यबहारले प्रतिगमनको मात्र संकेत गर्दैन देशको सम्बिधानलाई ठुलो खतरापनिछ।देशमा हिन्दुधर्मको लागि धर्म निरपक्षियताको हत्या गर्ने सडयन्त्रपनिछ।यस्तो जटिल अबस्थामा हामि जातिय क्षेत्रिय वा निजि स्वार्थमा ताना तान गरेर न उल्झिम बरु एकताको महान र ऐतिहाशिक सिधान्तलाई जोगाउँ बर्ग शंर्घष मा आस्था राखौँ र राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको लागि शंर्घष गरौँ।
यस्तो नहौश हाम्रो खिचा तानिमा राष्टीयता गणतन्त्र र धर्म निरपक्षियता धरापमा पर्यो भने हामिसबैलाई फेरी त्यसैको बिरुद्धमा शंर्घष गर्नुपर्ला।

चर्चामा

सम्बन्धित समाचार