शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • रुखबाट लडेर घाईते भएकी बमको धनगडीमा उपचार हुदै, आर्थिक सहयोगका लागि गुहार माग्दै

रुखबाट लडेर घाईते भएकी बमको धनगडीमा उपचार हुदै, आर्थिक सहयोगका लागि गुहार माग्दै

  • शनिबार, असार २६, २०७८
रुखबाट लडेर घाईते भएकी बमको धनगडीमा उपचार हुदै, आर्थिक सहयोगका लागि गुहार माग्दै

बाजुरा — बाजुराको त्रिबेणी नगरपालिकाकी रुखबाट लडेर घाइते भएकी पुस्पान्जली बमको धनगडी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको छ । त्रिबेणी नगरपालिका वडा न ८ निबासी खडक बमकी २३ बर्षिया श्रीमती गाउँ नजिकै घाँस काट्न गएको बेला घाईते भएकी थिइन । उनको मरुदण्डको दुई ठाउँमा टुटेको निसर्ग अस्पतालका हाडजोर्नी बिषशेज्ञ डाक्टर श्रीराम खातीले बताएका छन ।

असार २२ गते गाउँ नजिकै डाले घाँसको रुखमा चढ्न लाग्दा चिप्लीएर घाईते बमको शुक्रबार धनगढि स्थित निसर्ग अस्पतालमा अपरेशन भएको उनका श्रीमान खडक बमले बताएका छन । घाइते बमको उपचारमा खटीएका चिकित्सकहरुलाई पुस्पान्जली बमले धन्यबाद दिएकी छन ।
उपचारको क्रममा धेरै पैशाको आबस्यक पर्ने भएकोले उनले आर्थिक सहयोग लागि अपील समेत गरेकी छन । आफु उपचाररत रहेको र आर्थिक स्थिती कमजोर भएकोले सबैले आर्थिक सहयोग गर्न आग्रह समेत गरेकी छन ।

चर्चामा

सम्बन्धित समाचार