शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जनताको आफ्नो सरकार नभएपछि

जनताको आफ्नो सरकार नभएपछि

  • बिहिबार, असार २४, २०७८
जनताको आफ्नो सरकार नभएपछि

जनताको आफ्नो सरकार नभएपछि,
कुल्लि कर्मिहरुको घरवार नभएपछि।

मान्छे मान्छे जस्तो भएर बाच्न सकिन,
नागरिकको हातमा औजार नभएपछि।

नफरतको ज्वाला दन्किन्छ मन मुटुमा,
जातिहरुमा समान ब्यबहार नभएपछि।

हिमाल पहाड तराई एकढिक्का हुँन्थ्यो,
यो देश भित्र बिदेशी गद्धार नभएपछि।

सजिलो हुन्छ भन्न युवाहरु देश न छाडे,
केगरौँ त रोजगारको आधार नभएपछि।

भन कसरी बन्छ देश सोधेकोछ सते ले,
नेताको देशसँग साँचो प्यार न भएपछि।

चर्चामा

सम्बन्धित समाचार